काठमाडौैं– डकैती तथा ठगी मुद्दाम पक्राउ परेका अभियुक्तलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा बैतडीका करणसिंह बिष्ट पक्राउ परेका छन्। आफुले धेरै प्रहरी अधिकारीलाई चिनेको र सेटिङ मिलाएर छुटाइदिने भन्दै उनले ठगी गरेका थिए।
गत वर्ष जेठ २० गते पक्राउ परेका झम बहादुर बोहारालाई छुटाइदिने भन्दै उनका बाबुसँग ५ लाख रुपैयाँ लिएका थिए। बोहोरा म्हैपीमा ३२ लाख रुपैयाँ डकैती गरेको थियो तथा ३० लाख रुपैयाँ ठग िगरेको मुद्दामा पक्राउ परेका थिए। महाशाखाका प्रहरीलाई चिनेको र प्रहरीलाई समेत पैसा खुवाएर छुटाइदिने भन्दै पैसा लिएका थिए।
सस्तोमा सुन बेच्ने प्रलोभनमा बोहोराको समूहले ३२ लाख रुपैयाँ डकैती गरेको थियो।
बिष्टविरुद्ध ठगी मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।