काठमाडौं- प्रभु बैंकले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख रुपैयाँ जम्मा गरेको छ।
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको व्यवस्थाअनुसार गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च नभएको पैसा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार प्रभु बैंकले रकम सरकारलाई हस्तान्तरण गरेको हो।
प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन तथा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अर्थमन्त्री डा युवराज खतिवडालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।