काठमाडौं- विदेशी लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १८.५१ प्रतिशतले घटेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ९८ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थक वर्षमा दुई अर्ब ४३ करोड रुपैयाँ थियो। तर वितरण योग्य मुनाफा भने एक अर्ब ५१ करोड रुपैयाँ मात्रै छ।
यस आधारमा बैंकले सेयरधनीलाई १८ प्रतिशत लाभांश दिन सक्छ। बैंकको खुद ब्याजदर आम्दानीमा सामान्य गिरावट देखिएको छ। गत वर्ष तीन अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी तीन अर्ब ५२ करोड रुपैयाँ थियो।
गत वर्ष निक्षेप संकलन ३० प्रतिशतले बढ्दा कर्जा लगानी भने १.५९ प्रतिशतले मात्रै बढेको छ। बैंकले गत वर्ष ९८ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको पुँजीकोष अनुपात १८.५४ प्रतिशत छ। खराब कर्जा भने ०.२९ प्रतिशतले बढेर ०.४४ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी ५ रुपैयाँले घटेर २४ रुपैयाँमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।