काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०५७/७६ को तुलनामा बैंकको नाफा १२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ५ अर्ब ४ करोड रुपैयाँ थियो। कोरोनाको कारणले बैंकको नाफामा गिरावट आएको हो।
बैंकको ब्याज आम्दानीको तुलनामा ब्याज खर्च अधिक हुँदा नाफामा प्रत्यक्ष असर पारेको हो। बैंकले गत वर्ष निक्षेपको ब्याजदर बढाएको थियो। साथै कोभिडका कारण कतिपय कर्जाको ब्याज उठ्न सकेको छैन। त्यसैले गर्दा खुद ब्याज आम्दानी ६.३६ प्रतिशतले गिरावट आएको छ। खुद ब्याज आम्दानी ९ अर्ब ३१ करोड रुपैयाँ गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ९४ करोड रुपैयाँ थियो।
गत वर्ष बैंकले २ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा एक खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ। निक्षेपको तुलनामा कर्जा विस्तार गर्न नसक्दा पनि बैंकको ब्याज खर्च बढेको हो।
पुँजी कोष अनुपात १२.६५ प्रतिशत छ। खराब कर्जा गत वर्षको भन्दा घटाएको छ। बैंकको खराब कर्जा ४.०८ प्रतिशत छ। अघिल्लो वर्ष ४.७९ प्रतिशत थियो। बैंकले खराब कर्जाको लागि १०५ प्रतिशत लोन लस प्रोभिजनिङ गरेको छ। आधार ब्याजदर भने बढेर ५.८० प्रतिशत छ। स्प्रेडदर ४.४६ प्रतिशतबाट घटाएर ४.२६ प्रतिशत छ। प्रतिसेयर आम्दानी ४९ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।