काठमाडौं- नेपाल धितोपत्र बोर्डले अनुमति प्राप्त सम्पूर्ण संस्थाहरुलाई आफ्नो कार्यालयमा उपस्थित नहुन अनुरोध गरेको छ। बोर्डमा आएर गर्नुपर्ने सम्पूर्ण काम विद्युतीय माध्यमबाट गर्न समेत निर्देशन जारी गरेको छ।
कोभिड १९ को महामारीले आक्रान्त पारेको भन्दै बोर्डले यसको जोखिमलाई न्यूनीकरण गर्न सरकारले निर्धारण गरेका मापदण्डअनुरसार बोर्डको कार्यालयमा आएर भीडभाड नगर्न अनुरोध गरेको हो। बोर्डमा आउनैपर्ने भएमा आवश्यक कागजपत्र विद्युतीय माध्यमबाट पठाएर सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न अनुरोध गरेको छ।
बोर्डलाई भुक्तानी गर्नुपर्ने शुल्क विद्युतीय माध्यम आइपिएस, कनेक्ट आइपिएस, इलेक्ट्रोनिक फण्ड ट्रान्स्फरलगायतबाट बोर्डको एनआइसी एशिया बैंकको खातामा जम्मा गर्न निर्देशन जारी गरेको हो। यसरी विद्युतीय माध्यमबाट भुक्तानी भैसकेपछि बोर्डका प्रतिनिधिहरुलाई जानकारी गराउनु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।