काठमाडौं-सिटिजन्स बैंकको नाफामा २३.७३ प्रतिशतले गिरावट आएको छ। आर्थिक वर्षमा बैंकले एक अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षमा एक खर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो। नाफा एक अर्ब ११ करोड भए पनि शेयरधनीहरुलाई वितरण गर्न योग्य मुनाफा भने ८२ करोड ४० लाख रुपैयाँ छ। यस नाफाबाट बैंकले ९ प्रतिशत मात्रै लाभांस दिन सक्ने छ।
नाफामा गिरावट देखिए पनि खुद व्याज आम्दानी भने ७ प्रतिशतले बढेर दुई अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेको छ। नाफाका आधारमा प्रतिशेयर आम्दानी १७ रुपैयाँबाट झरेर १२ रुपैयाँ कायम भएको छ।
कर्जा विस्तार तथा निक्षेप संकलन २५ प्रतिशतले बढाएको छ। ८८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ। खराव कर्जा ०.३३ प्रतिशत विन्दुले बढेर १.४६ प्रतिशत पुगेकोछ।
सिटिजन्स बैंकको वित्तीय विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।