काठमाडौं-नविल बैंकको अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले नाफा घटाएको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा तीन अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
कोभिड-१९ का कारण बैंकको नाफामा भारि गिरावट आएको हो। निजी बैंकहरु मध्ये सबैभन्दा धेरै नाफा गर्ने नविलको नाफा घट्नुकासाथै वितरण योग्य मुनाफा पनि १८ प्रतिशतले तल झरेको छ। बैंकको वितरण योग्य मुनाफा तीन अर्ब चार करोड रुपैयाँ छ। यस आधारमा बैंकले न्युनतम ३० प्रतिशत लाभांस दिन सक्ने छ।
नाफामा गिरावट आएसँगै प्रतिशेयर आम्दानी ११ रुपैयाँले घटेको छ। प्रतिशेयर आम्दानी तथा नाफाका हिसाबले सबैभन्दा अगाडि रहेको बैंकको प्रतिशेयर आम्दानी ३५ रुपैयाँमा झरेको छ।
गत वर्ष बैंकले १७.०९ प्रतिशतले निक्षेप बढाएको छ भने १६.२६ प्रतिशतले कर्जा विस्तार गरेको छ। असार मसान्तसम्ममा बैंकले एक खर्ब ९० अर्ब निक्षेप संकलन गरि एक खर्ब ४८ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।
खुद व्याज आम्दानी १.९४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा बैंकले ७ अर्ब २ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको थियो। अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब १५ करोड रुपैयाँ थियो।
कोभिड-१९ का कारण खराब कर्जा ०.२३ प्रतिशत विन्दुले बढेर ०.९७ प्रतिशत पुगेको छ। कस्ट अफ फण्ड र आधार व्याजदर दुवै घटेका छन्।
नविल बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।