काठमाडौं- मानुसी लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। संस्थाले प्राथमिक शेयर निष्काशनका लागि संस्थाले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट एन्ड बैंकिङलाई नियुक्त गरेको छ।
संस्थाको हालको चुक्ता पुँजी ७ करोड रुपैयाँ छ। प्राथमिक शेयर निष्काशन पछि चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ। संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ५२ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। चौथो त्रैमाशको वित्तीय विवरण भने सार्वजनिक गरेको छैन।
संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा भैंसेपाटीमा रहेको छ। संस्थाले नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र रहने गरी अनुमति पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।