काठमाडाैं- त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन कार्यलयले जनप्रशासन क्याम्पस प्रमुख हरिभक्त शाहीसँग पुनः स्पष्टीकरण सोधेको छ।
एमफिल २०७५ को प्रश्नपत्र आउट, प्राइभेटतर्फका विद्यार्थीको प्रोजेक्ट वर्क जाँचमा नियमसंगत नगरेको, एमपिएको प्रोजेक्ट वर्कको प्रतिवेदन हिनामिना गरेको आरोप लागेका शाहीलाई यसअघि पनि स्पष्टीकरण साेधिएकाे थियाे। स्पष्टीकरणकाे जवाफ चित्त बुझ्दो नभएपछि डिन कार्यलयले पुनः स्पष्टीकरण सोधेको हो।
‘एमपिएतर्फको प्रोजेक्ट वर्क चेकजाँचमा एकतर्फी गरेको भन्ने उजुरीका आधारमा सोधपुछ गरिएको हो,’ व्यवस्थापन संकायका डिन डिल्लीराम शर्माले भने, ‘उहाँले एक पक्षीय नगरेको लेखेर दिनुभएको छ।’ यसअघि नेपाल लाइभले जनप्रशासन क्याम्पस प्रमुख शाही एमफिलको प्रश्नपत्र बाहिरनुमा संलग्न रहेकोबारे समाचार प्रकाशित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।