• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

जनप्रशासन क्याम्पस प्रमुखबाटै प्रश्नपत्र 'आउट' भएको आरोप, परीक्षा हलमा वाइफाई र म्यासेन्जर सुविधा

64x64
प्रजु पन्त मंगलबार, असार ३०, २०७७  १८:४९
1140x725

काठमाडौं– जनप्रशासन क्यापसले २०७५ ब्याचको जनप्रशासन विषय एमफिल तहको प्रश्नपत्र परीक्षा अगाडि नै बाहिरिएको खुलेको छ। प्रश्नपत्र आउट गर्ने काममा क्याम्पस प्रमुख हरिभक्त शाहीसमेत संलग्न भएको आरोप लागेको छ। शाही एमफिल तहमा गणित विषय अध्यापन गर्छन्। उनीकै संलग्नतामा प्रश्नपत्र आउट गराउने, परीक्षा हलमा विद्यार्थीलाई फ्री–वाइफाई सुविधासहित मोबाइल चलाउने छुट दिएर फेसबुक मेसेन्जरमार्फत् उत्तर पठाएको प्रमाण नेपाल लाइभले प्राप्त गरेको छ। यो प्रकरणमा तत्कालीन विभागीय प्रमुख टेकनाथ ढकालसमेत संलग्न भएको आरोप छ। 

जनप्रशासन एमफिल पहिलो सेमेस्टरको परीक्षा २०७६ जेठ १ गते जनप्रशासन क्याम्पस बल्खुमा सञ्चालन भएको थियो। परीक्षामा ३० परीक्षार्थी सहभागी थिए। गणित विषयको परीक्षा जेठ ३ गते थियो। स्रोतका अनुसार २ गते बल्खुस्थित स्टार होटलमा केन्द्राध्यक्षसमेत रहेका क्याम्पस प्रमुख शाही र तत्कालीन विभागीय प्रमुख टेकनाथ ढकालले केही विद्यार्थीलाई सम्भावित प्रश्न भन्दै सूची बनाएर दिएका थिए। यसरी शाही र ढकालले केही विद्यार्थीलाई दिएका प्रश्न नै परीक्षाको प्रश्न पत्रमा आएका थिए। 

जनप्रशासन एमफिल पहिलो सेमेस्टर गणित विषयमा ५० पूर्णांकको परीक्षा प्रश्नपत्रमा नै उत्तर लेखेर पठाउनुपर्ने हुन्छ। यसरी पश्नपत्रमा उत्तर लेख्ने खण्डका परीक्षामा आएका प्रश्न भने परीक्षा संचालन हुनुभन्दा एक दिनअगावै बाहिरिएको खुलेको हो। सो परीक्षामा ५० पूर्णांकका लागि मात्र बेग्लै उत्तर पुस्तिका हुने व्यवस्था छ।

जेठ ३ गते निर्धारित समय ११ बजे परीक्षा सुरु भयो। परीक्षा हलमा सिट प्लानिङ गरिएको थिएन। परीक्षा हलमा मोबाइल चलाउन प्रतिबन्ध हुने भएपनि सो परीक्षामा भने मोबाइल चलाउन प्रतिबन्ध थिएन। उल्टै परीक्षा हलमा फ्री-वाइफाईको समेत व्यवस्था गरिएको थियो। जबकी ‘एसपिएसएस’ नामक सफ्ट्वेयरबाट सजिलै हल गर्न सकिन्थ्यो।

नेपाल लाइभले प्राप्त गरेको तथ्यअनुसार फेसबुकमा ‘पार्ट अफ एमफिल ब्याच २०७५’ नामक ग्रुप बनाएर म्यासेन्जर मार्फत् प्रश्नपत्रहरुको उत्तर पठाएको देखिन्छ। ग्रुपमा एक व्यक्तिले प्रश्नपत्र हल गर्दै पठाएका छन्। उनले प्रश्न हल गर्दै फोटो खिचेर म्यासेन्जरबाट विद्यार्थीहरूलाई पठाएको देखिन्छ।

नेपाल लाइभले प्राप्त गरेको मेसेन्जरको स्क्रिनसटमा ’अर्को पनि आउँदैछ’ लेखिएको छ। एक जनाले ’खै अर्को आएन नि’ भनेर सोधेका छन्। अर्का व्यक्तिले ‘केसको सोलुसन कस्ले गरेको?’ भनेर सोधेका छन्। लगत्तै एमफिलमका प्रश्नपत्रमा रहेका प्रश्नहरूको उत्तर भटाभट पठाइएको छ। फेसबुक म्यासेन्जरमा परीक्षा हलको तस्बिरसमेत पठाइएको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

घटनाबारे जानकार स्रोतका अनुसार सो परीक्षामा क्याम्पस प्रमुख शाहीले आर्थिक प्रलोभनमा परेर प्रश्नपत्र आउट गराएका हुन्। परीक्षामा उनका केही परिचितहरू समेत रहेकाले उनीहरूलाई सहयोग पुर्‍याउन उनले पदीय मर्यादा भुलेर अधिकार दुरुपयोग गरेको स्रोतको दाबी छ।

क्याम्पस प्रमुख शाही आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गर्छन्। उनले राजनीतिक आस्थाका आधारमा आफूलाई बदनाम गराउन एक पक्ष लागेको दाबी गरे। ’निमित्त विभागीय प्रमुख र क्याम्पस प्रमुख एकै व्यक्ति भएको भनेर केही साथीहरु सुरुदेखि नै मेरो डाह गरिरहेका छन्। उनीहरुले नै यस्तो हल्ला चलाएको हुनुपर्छ,’ उनले भने, ’विद्यार्थीले के के गरे म जान्दिनँ। तर प्रश्नपत्र आउट गर्न मेरो संलग्नता छैन,’ उनको दाबी छ। 

विद्यार्थीको प्रतिवेदन बिक्री
उनै क्याम्पस प्रमुख शाहीमाथि विद्यार्थीको प्रतिवेदन दुरुपयोग गरेको समेत आरोप लागेको छ। पदको दुरुपयोग गरी गत माघमा सम्पन्न प्राइभेट तर्फको जनप्रशासन एमपिए तहको दोस्रो वर्षको परीक्षाअन्तर्गत ५० पूर्णांकको ’प्रोजेक्ट वर्क’सम्बन्धी विद्यार्थीले तयार पारेका प्रतिवेदन जलाएको र बेच्ने गरेको समेत आरोप लागेको छ।

२०७६ माघ अन्तिममा  एमपिए दोस्रो वर्षको परीक्षा सकिएको थियो। उनीहरूलाई फागुन ५ गतेदेखि रिपोर्ट बुझाउन भनिएको थियो। शाहीले मिलोमतो गरी अघिल्लो ब्याचका विद्यार्थीको रिपोर्ट सहयोगीमार्फत् आफ्नो घर पुर्‍याउन लगाएका थिए। रिपोर्ट बुझाउनुपर्ने विद्यार्थीहरूलाई आफ्नै घरमा रहेको फोटोकपी पसलबाट ५ हजारदेखि ८ हजारसम्म लिएर उनले प्रतिवेदन बेचेको स्रोतको दाबी छ।

Xtrem

Xtrem

यस विषयमा नेपाल लाइभले जिज्ञासा राख्दा उनले प्रतिवेदन नबेचेको दाबी गरे। ६ महिनापछि प्रतिवेदन जलाउन पाउने नियम रहेको र सो नियम अनुसार प्रतिवेदन जलाइदिएको उनको दाबी छ। तर हामीलाई प्राप्त सुचना अनुसार विद्यार्थीले प्रतिबेदन बुझाएको ६ महिना पुगेको थिएन। 

यो पनि पढ्नुहोस्

खस्कँदो जनप्रशासन क्याम्पस : क्याम्पस प्रमुखलाई नियमविपरीत दोहोरो जिम्मेवारीमंगलबार, पुस २२, २०७६

त्रिवि अनुगमन निर्देशानलयमा उजुरी
एमपिए वार्षिक प्रणालीअन्तर्गत दोस्रो वर्षका विद्यार्थीले बुझाएका र बुझाउनुपर्ने प्रतिवेदनमा आर्थिक अनियमितता भएको, बेचबिखन गरी दुरुपयोग भएको लगायतका विषयमा २०७६ चैत ७ मा शाहीविरुद्ध त्रिविमा अनुगमन निर्देशानलयमा उजुरी परेको थियो। सो उजुरीमा बिपिए र एमपिए उत्तरपुस्तिका परीक्षण र सम्परीण एकै व्यक्तिले गरेको आरोपसमेत लगाइएको छ। त्रिविको नियमअनुसार एकै प्राध्यापकले परीक्षण र सम्परीक्षण गर्न मिल्दैन। तर क्याम्पस प्रमुख शाहीले नै परीक्षण तथा सम्परीक्षण गरेको, पदीय दुरुपयोग गरेको, शिक्षक/कर्मचारीको शोषण गरेको लगायत आरोप उजुरीमा उल्लेख छन्। 

उक्त उजुरीका सम्बन्धमा त्रिवि अनुगमन निर्देशनालयले छानबिन अघि बढाएको बताएको छ। निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनालका अनुसार राष्ट्रिय सर्तकता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको व्यहोरा त्रिवि उपकुलपतिको कार्यालय हुँदै निर्देशनालयसम्म आइपुगेको छ।

त्रिविसँग सम्बन्धित उजुरी परेपछि निर्देशानलयमा आउने र निर्देशानलयले छानबिन गरी कार्यालयमा लेखी पठाउने खनालले जानकारी दिए। उनले जनप्रशासन क्याम्पस प्रमुख शाहीसँग पहिलो चरणको बयान लिइसकिएको समेत बताएका छन्। यसका साथै क्याम्पस प्रमुख शाहीमाथि लागेका आरोपका विषयमा छानबिन गर्न प्रा डा ओम बरालको नेतृत्वमा ३ सदस्यीय समिति बनाएर अनुसन्धान भइरहेको जानकारी दिए। ‘निर्देशानलयमा जनप्रशासन प्रमुख हरिभक्त शाहीविरुद्ध उजुरी आएको छ,’ कार्यकारी निर्देशक खनालले भने, ‘जारी लकडाउनको कारण छानबिन हुन सकेको छैन। हामी छिट्टै छानबिन टुंग्याउछौँ।’

मेरो करियर ध्वस्त बनाउने षडयन्त्र भइरहेको छ : क्याम्पस प्रमुख हरिभक्त  शाही
२०७६ जेठ ३ गते भएको एमफिलको परीक्षामा प्रश्नपत्र आउट भएको विषयमा तपाईं पनि संलग्न भएको आरोप लागेको छ। खास कुरा के हो?
विद्यार्थीले उठाएको इस्यू हो। विश्वविद्यालयमा धेरै विद्यार्थी संगठन छन्। उनीहरुको फेभरमा काम गरिएन भने अनेक थरि कुरा उठाउँछन्। प्रश्नपत्र आउट गरेको भन्ने निराधार आरोप हो। परीक्षा हुनुभन्दा २ घण्टाअघि मात्र प्रश्नपत्र हामीलाई आउँछ। कसरी थाहा हुन्छ र आउट गर्नु?

परीक्षाको अघिल्लो दिन स्टार रेस्टुरेन्ट बल्खुबाट सम्भावित प्रश्न भन्दै तपाईंलगायतले भन्नुभएको थियो रे नि? 
भनिहालेँ नि। यो आरोप निराधार हो। म निमित्त विभागीय प्रमुख र क्याम्पस प्रमुख दुवै छु। यहीँ पढाउने प्राध्यापकलाई मैले दुई पद लिएको भनेर रिसइबी भएको छ। उहाँहरूले अखिलका विद्यार्थी उचालेर यस्तो काम गर्नुभएको छ। अनि अर्को कुरा उनीहरुसँग मेरो छलफल भइसकेको छ। कुराकानी मिलिसकेको छ।

के कुराकानी मिलिसकेको भन्नुभएको? 
यिनै आरोपबारे। राजनीतिकरण गरिएको हो। विद्यार्थीले यसै आरोप लगाएका हुन्। यी विषयमा कुराकानी मिलिसकेको भन्ने खोजेको हो। 

अझ बुझिएन के भनेर मिलाउनु भएको?
विद्यार्थी संगठनहरूले चित्त बुझेन भने अनेकथरि कुरा उठाउँछन्। यति बुझ्नुस् विद्यार्थीसँग मिलाएको।  

परीक्षा हलमा वाइफाई पनि चलाएको आरोप लागेको छ। किन अन गर्नुभएको?
पहिलो ५० नम्बरको उत्तरपुस्तिकामा लेख्ने हो। पछिल्लो एसपिएसएस सफ्टवेयरमार्फत् हिसाब गर्ने हो। यो विद्यार्थी आफैँले गर्न सक्दैन। त्यही भएर कक्षामा वाइफाइको व्यवस्था गरिएको थियो। 

यो सफ्टवेयर त अफलाइन पनि चलाउन मिल्छ। किन अन गर्नुभएको?
विद्यार्थीले के के गरे थाहा छैन। मलाई यो सफ्टवेयर चलाउन पनि आउँदैन। 

आफैँ केन्द्राध्यक्ष भएर परीक्षा सञ्चालन गर्नुभएको छ। विद्यार्थीले के के गरे थाहा छैन भन्नुहुन्छ। यो तर गैरजिम्मेवार अभिव्यक्ति भएन र?
एक पक्षको कुरा सुनेर नछाप्नु होला। विद्यार्थीले गर्दा मलाई अख्तियारमा पनि पुर्‍याइयो। यसमा मैले केही गल्ती गरेको छैन। गल्ती गरेको भए डिन विभागले कारबाही गरिहाल्थ्यो नि। मेरो करियर ध्वस्त बनाउने षडयन्त्र भइरहेको छ। यसको करियर राम्रो हुन्छ भनेर वाहियात कुराहरू झिकिरहेका छन्। 

एमिपिए दोस्रो वर्षका विद्यार्थीले बुझाएको प्रतिवेदन जलाएको आफ्नै घरमा लगेर ८ हजारसम्म लिएर बेच्ने गरेको आरोप लागेको छ यो कुरा के हो?
उत्तरपुस्तिका ६ महिना कटेपछि जलाइन्छ। फिल्ड रिपोर्ट विद्यार्थीले बुझाएको अन्य प्रतिवेदन कहिले जलाउने भन्ने उल्लेख गरिएको छैन। विद्यार्थीले मिसयुज गर्छन् भनेर जलाएको हो। मैले बेचेको छैन। सबै हावा कुरा हो। घरबाट बेच्छ कसैले? 

फिल्ड रिपोर्ट त पछिसम्म काम लाग्न सक्छ किन जलाउनुभएको?
पुरानो भएपछि जलाउने हो। नजलाउने भएको भए कति डगुंर हुन्थे हुन्थे फिल्ड रिपोर्टहरू।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, असोज २१, २०८३
पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित बुधबार, असोज २१, २०८३
देउवाको योगदान सम्झिँदै गगनले भने: ‘मञ्चमा दाइहरू हुनुपर्थ्यो’ बुधबार, असोज २१, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट बुधबार, असोज २१, २०८३
अनर ट्रिपल फेस्टः तीन चाडको बहार, उपहारै उपहार, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्