• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पूजा शर्माका विषयमा भद्दा टिप्पणी गरेपछि टिभी प्रस्तोताविरुद्ध उत्रिए फिल्मकर्मी

64x64
नेपाल लाइभ आइतबार, साउन २५, २०७७  १८:४५
1140x725

काठमाडौं– टिभी प्रस्तोता प्रकाश सुवेदीले नेपाली अभिनेत्रीका विषयमा गरेको टिप्पणीप्रति  फिल्मकर्मीले तीव्र विरोध जनाएका छन्। एक अभिनेत्रीलाई लक्षित गरेर उनले 'महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्किएको अनुहारलाई' भन्दै टिभी कार्यक्रममा टिप्पणी गरेका थिए।

उक्त टिप्पणीपछि अभिनेत्री पूजा शर्मा, ऋचा शर्मा, फिल्मकर्मीहरु प्रदीप भट्टराई, रवीन्द्र सिंह बानियाँ दिपेन्द्र के खनाल, अर्जुन कुमारलगायतले स्टाटस लेख्दै आपत्ति जनाएका छन्।

अभिनेत्री पूजा शर्माले आफूले अन्तर्वार्ता दिन अस्वीकार गर्दा उक्त टिप्पणी गरिएको र आफू लक्षित रहेको बताएकी छन्। कति चुप रहने? कति सहने? भन्दै उनले फेसबुकमा लेखकी छन्, 'प्राइम टिभीमा अन्तर्वार्तामा बोलाइयो गएँ। सामान्य ज्ञानसँग सम्बन्धित प्रश्न गरियो।

अन्तर्वार्ता चल्दाचल्दै मैले पत्रकार प्रकाश सुवेदीजीलाई मैले राम्रो गर्न सकिन प्लिज यो काटिदिनुस् भनें। मान्नु भएन।त्यो प्रसारण भयो। भाइरल भयो। मेरो थुप्रै ट्रोलहरु बने। आफ्नै गल्ति हो भनेर चुपचाप बसें। पछि एपीवन जानुभयो र अन्तर्वार्तामा बोलाउन भयो। म मानसिक तनाब झेलिरहेको थिएँ। त्यसपछि उहाँले कार्यक्रममा 'दाह्रा निस्केकी महानायिका' टिप्पणी गर्नुभयो।'

अभिनेत्री ऋचा शर्माले प्रस्तोता सुवेदीको उक्त अभिव्यक्तिप्रति रोष प्रकट गरेकी छिन्। प्रस्तोताले आत्मसमीक्षा गर्ने बेला भएको भन्दै कटाक्ष गरेकी छिन्। उनको कार्यक्रमलाई व्यंग्य गर्दै भनेकी छिन्, 'मैले बुझेको रजतपटको अर्थ-चलचित्र घरको पर्दा हो। तर हिजोआज मैलो हुँदै गएको छ, सायद धुने बेला आएको छ। सायद फेर्ने बेला आएको छ।'

Ncell 2
Ncell 2

शर्माले एउटा अभिनेत्री र त्योभन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनुपर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, कस्तो लगाउनुपर्ने, कसरी हिँड्नु, बोल्नु, खानुपर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाइदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउने गरेको बताइन्।

उनले भनेकी छन्, 'मेरो शरीरको बनावट उनीहरुले चाहेझैं बनाउँ, म आर्टिफिसियल र देखावटी हुन्छु। नबनाउँ त म मोटी, दाह्रा भएकी, काली, भ्यात्त परेकी हुन्छु। जब-जब मान्छेले आफूलाई संरक्षकलाई अहँकार र अभिमानको बाटो रोजेका छन्। ठूला-ठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नु परेको छ।'

यसैगरी फिल्म निर्माता अर्जुन कुमारले सुवेदीलाई सामान्य नैतिकतासमेत नभएको भन्दै गालीगलोज टिभी कार्यक्रममा गर्नु अनुचित भएको बताएका छन्। फिल्म निर्माता रवीन्द्र सिंह बानियाँले अभिनेत्री फिल्म क्षेत्रका चेली भएको बताउँदै परिवारको सदस्यमाथिको घटिया टिप्पणी गर्नु आफूमाथिको हमलाका रुपमा लिएको बताएका छन्। उनले उक्त कार्यक्रममा अन्तर्वार्ताका लागि नजान र प्रचार सामाग्री नपठाउन फिल्मकर्मीलाई अपिल गरेका छन्।

फिल्म समीक्षक गोकर्ण गौतमले पत्रकारिता दम्भ र कसैको अपमान गर्ने हतियार नभएको बताउँदै सुवेदीले कार्यक्रममा प्रयोग गरेको ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्किएको अनुहारलाई’ वाक्यांशले लज्जाबोध भएको बताएका छन्। उनी भन्छन्, 'मिडियाले तथ्यगत आलोचना गर्न पाउँछ, तर यो अव्यवसायिक गाली हो, बडी स्यामिङ' हो। स्त्रीद्वेषी मानसिकता हो।'

फिल्म निर्देशक दीपेन्द्र के खनालले फिल्म क्षेत्रमा घृणा र रिस बढेको बताउँदै भन्छन्, 'उसले उसलाई घोचेको छ। कस्ले कसलाई पेलेको छ। निचोरेको छ, बटारेको छ, पछारेको छ, चिमोटेको छ, कोतरेको छ। क्षमा माग्ने र क्षमा दिने संस्कृतिको विकास कहिले होला?'

यो पनि पढ्नुहोस्

प्रकाश सुवेदीकाे टिप्पणी छुद्र : केकी अधिकारीआइतबार, साउन २५, २०७७

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्