जेनेभा- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस अधानोम घेब्रेयससले काेराेना महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।
संकटको बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनःविचार हुनसक्ने आशा आफूले लिएको उनले बताए। उनले यदि अमेरिकाले डब्लुएचओसँग कुनै समस्या देखेको भए यसको समाधान संगठनभित्रबाटै हुने बताए। जुनसुकै मूल्यांकनमाथि खुला धारणा राखिरहेकोले अलग्गिनै पर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ थियो।
उनले मेलमिलापयुक्त विश्वलाई ठूला देशबीचको सहयोग र एकता चाहिएको भन्दै ठूलो मुलुकले विश्वको एकता बढाउन आवश्यक भूमिका निर्वाह गर्नसक्ने आशा आफूले लिएको पनि बताए।
(रासस-सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।