नयाँ दिल्ली- दुबईबाट केरला आउँदै गरेको विमान केरला एयरपोर्टमा दुर्घटनामा परेको छ। भर्खरै प्राप्त समाचारका अनुसार, एयर इन्डिया एक्सप्रेसको बोइङ-७३ विमान केरलाको क्यालिकटमा दुर्घटना भएको हो।
केरला विमानस्थलमा अवतरणका गर्नै लाग्दा विमान दुर्घटना परेको बताइएको छ। चालक दलका सदस्यहरूसहित दुबईबाट १९१ यात्रुहरू बोकेका विमानले रनवेमा दुर्घटनाग्रस्त भएको हो।
विमानमा रहेका ४० जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको छ। दुर्घटनाको पूर्ण विवरण प्राप्त भएको छैन।
स्थानीय अधिकारीकाहरूका अनुसार विमान दुर्घटना भएपनि आगलागी भने हुन पाएको थिए। हाल उद्धार कार्य जारी रहेको भारतीय मिडिया द हिन्दूस्तान टाइम्सले लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।