काठमाडाैं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो एप टिकटक र वी च्याटमाथि रोक लगाउने एक आदेशमा हस्ताक्षर गरेका छन्।
यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुने छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यी एप प्रतिबन्ध लगाउनुको कारण अमेरिकी सुरक्षा हितमा भएको दाबी गरेका छन्। आदेशमा भनिएको छ, ‘अमेरिकी देशको सुरक्षाका लागि टिकटक मालिकका विरुद्ध आक्रामक कदम चाल्न परेको हो।’
अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटकको कारोबार खरिद गर्न चाहेको थियो। राष्ट्रपति ट्रम्पको आदेशपछि यो सम्झौताका लागि धेरै समय हुने छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले एक अर्को कार्यकारी अर्डर जारी गर्दै चिनियाँ अर्को एप वी च्याटमा पनि प्रतिबन्ध लगाउने आदेश गरेको छ। वी च्याटका मालिक चीनको आइटी कम्पनी टेन्सेन्ट हो। यो आदेशपछि टेन्सेन्टको सेयरको मूल्यमा पनि गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।