नयाँ दिल्ली- भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा ८ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला रहेका छन्।
अहमदावाद सहरको नवरंगपुरास्थित श्रेय अस्पतालमा बिहीबार बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदावादका अतिरिक्त मुख्य अग्निनियन्त्रक राजेश भट्टले जानकारी दिएकाे बिबिसी हिन्दीले जनाएकाे छ।
अधिकारीका अनुसार अस्पतालका कर्मचारीले पिपिई किट लगाएर काम गरिरहेका थिए, सर्ट सर्किटका कारण आगो लागेको हो। आगो एक घण्टामै नियन्त्रणमा लिइए पनि आत्तिएर बिरामीको मृत्यु भएको बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।