इस्लामावाद- पाकिस्तानले जम्मु र काश्मीर क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ। पाकिस्तान र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको तर भारतीय नियन्त्रणमा रहेका जम्मु र काश्मीरसहितका क्षेत्रलाई समेटेर प्रधानमन्त्री इमरान खानले नयाँ राजनीतिक नक्सा जारी गरेका हुन्।
भारतले गएको वर्ष ५ अगस्टमा जम्मु र काश्मीर क्षेत्रको विशेषाधिकार खारेज गरेको वर्ष दिन पुग्नुभन्दा एक दिनअघि पाकिस्तानले उक्त नयाँ नक्सा जारी गरेको हो।
अघिल्लो वर्ष भारत सरकारले जम्मू- काश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको थियो। राष्ट्रपति रामनाथ कोविन्दले जम्मू-काश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ 'ए' खारेज गरेको सूचना जारी गरेका थिए।
पाकिस्तानी सञ्जार माध्यमहरूले जनाएअनुसार जारी भएको नयाँ नक्सामा भारतको गुजरातस्थित जुनागढ क्षेत्रलाई पनि पाकिस्तानले आफ्नो नक्सामा समेटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।