• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

कसको स्वार्थमा त्रिचन्द्र स्थानान्तरणको सहमतिबाट पछि हट्यो? : सुशील ज्ञवाली [अन्तर्वार्ता]

64x64
प्रजु पन्त बुधबार, साउन २१, २०७७  १३:५५
1140x725

त्रिचन्द्र क्याम्पस र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच बृहत्तर टुँडिखेल गुरुयोजनाका विषयमा विवाद देखिएको छ। गुरुयोजनामा घण्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवनलाई प्रबलीकरण गरी जस्ताको जस्तै बनाउने र जमलमा रहेको राष्ट्रिय पुस्तकालयको जग्गामा त्रिचन्द्रका भवन पुनर्निर्माण गर्ने योजना प्राधिकरणको छ। तर यसमा त्रिचन्द्र कलेजले आपत्ति जनाइरहेको छ। क्याम्पस बिस्तार हुन सक्ने तर स्थान्तरण हुन नसक्ने त्रिचन्द्रको भनाइ छ भने प्राधिकरण त्रिचन्द्रले पहिले सहमति गरेर पछाडि हटेको बताइरहेको छ।  यसै विषयमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीसँग प्रजु पन्तले गरेको कुराकानीको सम्पादित अंश

घण्टाघर रहेको त्रिचन्द्रको अहिलेको भवन रेट्रोफिटिङ गर्ने, घण्टाघर पछाडिपट्टि अर्काे भवन बनाउने, रानीपोखरी छेउको सरस्वती सदनमात्रै राखेर अन्य भवन भत्काउने गुरुयोजना प्राधिकरणले सार्वजनिक गरेको छ, खास कुरा के हो ?
रानीपोखरी साइडको सरस्वती सदन बाहेकको अरु भवन हटाउने र ओपन स्पेश बनाउने हाम्रो योजना छ। त्यसलाई विद्यार्थीले पनि प्रयोग गर्न सक्छन् । घण्टाघर भएको भवनलाई रेट्रोफिटिङ गर्ने, घण्टाघरको पछाडिपट्टिको खाली जग्गामा भवन बनाउने योजना हो।  घण्टाघरको भवनलाई असर नपर्ने गरि बनाउने हो।  

एउटा भवनचाहिँ पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जमलको जग्गामा बनाउने हो । सरस्वती सदनमात्रै राख्ने, त्यहाँको पुस्तकालय पनि जस्ताको तस्तै राखेर अरु सबै भत्काउने  योजना हो त्यो क्षेत्रको। 

तर गुरुयोजना सार्वजनिक गरिसकेपछि त्रिचन्द्रले प्राधिकरणसँग कुनै सहमति नभएको भनि वक्तव्य निकाल्यो, किन ‘बायस’ गर्नुभएको ?
त्रिचन्द्र क्याम्पसको अहिलेको अवस्था भनेको त एकदमै दयनीय हो। उहाँहरुले नै त्योभन्दा पछाडि पनि भवन बनाइदिनुपर्‍यो भनेर डेलीगेशन गरेको हो। जसको भवन बनाउने उसैसँग छलफल गरेनौँ होला त ?

वक्तव्यमा त सरस्वती सदनबाहेक रानीपोखरीतिरको अन्य भवन हटाउने कुरा भ्रामक र गलत भएको क्याम्पसको भनाइ छ नि?
 अहिले नयाँ क्याम्पस चिफ आउनु भएको रैछ। प्राधिकरणसँग विभिन्न चरणको छलफल भएको छ। उहाँहरुसँग विभिन्न चरणमा छलफल भएको माइन्युट सुरक्षित छन्। मलाई लाग्छ फर्मल बैठक नै पाँच वटा बसियो। इन्फर्मल त धेरै बसियो।

तत्कालीन उपकुलपति तीर्थ खनीयाँ, रजिस्ट्रार डिल्लीराम उप्रेती, त्रिचन्द्रका तत्कालीन क्याम्पस चिफ  प्रदीप न्यौपानेसहितको बैठक भएको छ। उहाँहरुले जमलको  जग्गा हामीलाई चाहिएको हो भन्नुभएको हो । नयाँ उपकुलपतिसहितको बैठकले पनि जमलको त्यो जग्गामा त्रिचन्द्रका लागि भवन बनाउने कुरा गरेको हो। त्यो जग्गा शिक्षा मन्त्रालयअन्तर्गत भएका कारणले आफूलाई चाहिने जग्गाका बारेमा आफै कुरा गर्नुस् भनेर मैले भनेको हुँ। 

बजेट व्यवस्थापन चै प्राधिकरणलाई समय लाग्छ। त्यो निर्णयअनुसार यो आर्थिक वर्षमा बजेटको पनि व्यवस्था गरेका छौँ। एक्जीम बैंकको दुई अर्ब बराबरको पैसा ल्याउनका लागि काम पनि गरिरहेका छौँ ।

त्रिचन्द्र क्याम्पसका प्रमुखले त विस्तार हुन सक्छ, स्थानान्तरण हुुन सक्दैन भन्नुभएको छ नि? 
त्रिचन्द्रको कुरा  कसरी बदलिन्छ, त्यो उतैको कुरा भयो। पटक–पटक छलफल भएको माइन्युट हामीसँग सुरक्षित छ। उहाँहरुले माग गर्नुभएको कुरा पनि हामीसँग सुरक्षित छ । त्रिचन्द्र कलेज व्यवस्थित गर्न खोजेको हो। कसको के इन्ट्रेस्ट हो मलाइ थाहा छैन। प्राधिकरणलाई राष्ट्रिय पुस्तकालयको जगेर्ना पनि गर्नुछ। रानीपोखरीको पनि  संरक्षण गर्नु छ।

nimb
nimb
Ncell 2
Ncell 2

रानीपोखरी संरक्षण गर्ने भनेर यसैको आधारमा विगतमा स्थानीय विकास मन्त्रालय बसेर योजना बनाएको थियो। त्यतिबेला त्रिचन्द्रलाई अन्यत्र सार्ने योजनाको आदेश सम्मानित  सर्वाेच्च अदालतबाट भएको थियो। शान्ति बाटिकामा टहराहरु थिए, तिनलाई हटाइएको हो । पहिले एकपटक गुरुयोजनाको छलफल भएकै हो। बीचमा बजेट आउन ढिला भएपछि काम रोकिएको हो। 

जमलको जग्गामा राष्ट्रिय पुस्तकालय भवनको शिलान्यास गर्ने अन्तिम तयारी भइरहेका बेला यो गुरुयोजना सार्वजनिक भयो, यसले त चारैतिर शंका उब्जाएको छ नि?
त्रिचन्द्र कलेजलाई नजिकै राख्ने र पहिले त्रिचन्द्रले नै भोगाधिकार पाएकाले हामीले त्यहाँ सार्ने भनेका हौं। राष्ट्रिय पुस्तकालय हरिहर भवनमा नै बनाउने निर्णय भएको हो। पैसा आउने–नआउने टुंगो नभएका कारण ढिला भएको हो ।  त्रिचन्द्र कलेजलाई जग्गा चाहिएको अवस्था छ। राष्ट्रिय पुस्तकालय भवन जहाँ थियो त्यही बनाउने भएपछि त ‘विन–विन’ अवस्था भयो नि हैन र? पुस्तकालयको पनि चासो छ। त्रिचन्द्रको पनि व्यवस्थापन हुने भयो नि। साँस्कृतिक धरोहर बनाउनै पर्‍यो। सबैलाई राम्रो हुनको लागि यो योजना ल्याइएको हो । 

२०७२ मा भूकम्प गयो। रातो स्टीकर लागेको भवनमा विद्यार्थीहरु पढिरहेका छन्,  अहिलेसम्म प्राधिकरणले पुनर्निर्माण किन गरेन?
प्रस्ट हौं, योभन्दा अघिल्लो वर्षसम्म विश्वविद्यालय अनुदान आयोगमार्फत् पुनर्निमाणका काम गर्छाैं भन्नुभयो।  पैसा सरकारले दिने, विश्वविद्यालयले काम गर्ने भनेर काम भइरहेको थियो । आयोगले काम गरेन। त्रिचन्द्रको भवन नबनेको र त्यहाँबाट काम हुन नसक्ने भएपछि अघिल्लो वर्ष पैसा निकालेर डिपीआर गर्ने काम सकिसक्यौं। यो  वर्ष १० करोड छुट्याइएको छ। 

क्याम्पसले त प्राधिकरणले बार्गेनिङ गरेर पुनर्निर्माणको काम नभएको आरोप लगाएको छ नि? 
बार्गेनिङ गरेको? मिडियाका साथीहरुले पनि के बुझन् पर्‍यो भने बृहत्तर टुँडीखेल गुरुयोजना सुशील ज्ञवालीका लागि ल्याउन खोजिएको हैन।  पुनर्निर्माणको काम सुरु हुँदै छ। डिपीआर गरेर काम अघि बढ्दैछ, कसरी बार्गेनिङ भयो? ओपन स्पेस त सबैका लागि हो। सरकारको योजना हो नि। सम्पदाविद् र सरोकारवाला सबैसँग कुरा गरेका हाैं।

त्रिचन्द्र क्याम्पस  र पुस्तकालयले समन्वय नभएको बताइरहेका छन्। प्राधिकरणले एकलौटी ढगंबाट योजना सार्वजनिक गरेको आरोप छ। समन्वयको  अभाव  त देखियो नि?
पाँच-पाँचवटा मिटिङ गरेर भएको कुरा समन्वय हैन? समन्वय नभए के हो? सम्भवतः रानीपोखरीको पानी पनि भरिने भयो, कतै राम्रो हुन थाल्यो भनेर नराम्रो देखाउने प्रयासमा त हैनन् यिनिहरु?

रानीपोखरीमा पानी भरिन थालेको छ। सकारात्मक सोचका साथ जान्छौँ। हामी अहिलेसम्म समन्वयका साथ नै अघि बढेका छौैं, अब पनि हाम्रो लाइन त्यही हो।

केही विद्यार्थीले अनौपचारिक रुपमा नयाँ भवन भत्काइयो, आगो बल्छ भनेका छन्। यता पनि समन्वय देखिएन नि?
प्राधिकरणले लामो समयअघि विद्यार्थीहरुसँग पनि कुरा गरेको थियो। अब त्रिचन्द्रलाई राम्रो गर्नुपर्छ भनेर अघि बढिरहेको योजना हो। हामी राम्रोसँग काम होस् भन्ने चाहन्छौैं। हैन त्रिचन्द्र जस्तो छ त्यस्तै राख्ने  हो भने मेरो भन्नु केही छैन। तर एकचोटि चाहिँ आँखा खोल्न जरुरी छ। प्राधिकरणले काम गर्न खोजेको छ। गुरुयोजना सफल नबनाउने भन्ने छ भने यो मास्टर प्लान आउँदैन । 

अब प्राधिकरण कसरी अघि बढ्छ ?
गुरुयोजना सार्वजनिक भएपछि त्रिचन्द्रले वक्तव्य निकाल्यो। सबैलाई माइन्युट देखाउन हामी लागेनौं। क्याम्पसले जसरी वक्तव्यबाजी गरेनौं। समन्वय गरेर अघि जाने  हो। विश्वविद्यालयको पनि नयाँ संरचना बनाउने सोचाइ हो। वाधा अवरोध आउँछ, वृहत टुँडीखेल गुरुयोजना नबन्ने सबैको चाहना हो भने बन्दैन, नत्र बन्छ ।  

सम्बन्धित समाचार

 

त्रिचन्द्र-प्राधिकरण जुहारी : 'बार्गेनिङ' गरियो- त्रिचन्द्र, सहमतिका 'माइन्युट' सुरक्षित छन्- प्राधिकरण

 

राष्ट्रिय पुस्तकालय भवन बन्न नदिने अर्को खेल, प्रस्तावित जग्गामा त्रि-चन्द्र कलेज सार्ने प्राधिकरणको गुरुयोजना

 

जमलमै राष्ट्रिय पुस्तकालय किन ? 

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
आबुधाबीमा मिसाइलको अवशेष खस्दा घाइते भएकामध्ये ६ जना नेपाली डिस्चार्ज शनिबार, चैत २१, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै शनिबार, चैत २१, २०८२
अमेरिकाका स्थल सेना प्रमुख बर्खास्त शनिबार, चैत २१, २०८२
रवि लामिछाने र ज्ञानेन्द्र शाही बीच भेटघाट, सत्ता समीकरणमा नयाँ संकेत शनिबार, चैत २१, २०८२
इरान–अमेरिका युद्ध: दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
यी हुन् एमाले सचिवालय बैठकका ६ निर्णयहरु शुक्रबार, चैत २०, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्