• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जमलमै राष्ट्रिय पुस्तकालय किन ? 

यादवचन्द्र निरौला शुक्रबार, साउन ९, २०७७  १४:३८
1140x725
जमल, कान्तिपथमा निर्माण हुने भनिएको नेपाल राष्ट्रिय पुस्तकालयको भवनको स्केच। सरकारले सो स्थानमा भवन निर्माणको कुनै पनि प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ।

२०१३ साल पुस १९ गते तत्कालीन सिंहदरबारको सिक्री ढोकामा स्थापना भएको नेपाल राष्ट्रिय पुस्तकालय २०१८ सालदेखि २०७२ को विनाशकारी भूकम्पअघिसम्म ललितपुरको हरिहरभवनको  पहिलो तलाको दक्षिणी लङमा थियो। भूकम्प गएको दिन शनिबार पर्दैनथ्यो भने सायद पुस्तकालयका कर्मचारी जिउँदा भेटिदैनथेँ। धन्न संयोगले शनिबार भूकम्प गयो।

भूकम्प गएको दोस्रो दिन कार्यालय पुग्दा मेरो कार्यकक्षको भित्तो पुरै उप्किएर जान सकिने अवस्थामा थिएन। सुरुमा त त्यहाँ जान सबै डराएका थिए। जसै पत्रकारहरूले पुस्तकालयको अवस्था कस्तो छ भनेर हेर्न तथा फोटो खिच्न सँगै जान आग्रह गरे भत्किएर र मक्किएको भवनमा दिनकै तीन-चारचोटि पुग्न थाले। यो क्रम हप्तौँसम्म रह्यो।

वैशाख २९ गते आएको दोस्रो ठूलो भूकम्पले झनै पुराना किताब असरल्ल भए, पुस्तकालय भवन रहेको छानो पुरै भत्कियो। तीन सय वर्षसम्म पुराना किताबको बिजोग हेरिनसक्नु थियो।

जसै भूकम्प थामियो, शिक्षा मन्त्रालयको निर्णय र निर्देशानअनुसार हामी पुस्तकालयका कर्मचारी, सशस्त्र प्रहरी बल दक्षिणकाली गुल्म, शिक्षा मन्त्रालयका कर्मचारी तथा स्वयंंसेवकको समेत साथ लिएर अर्को व्यवस्थित भवन नबनुन्जेलसम्मका लागि सानोगौचरणमा रहेको महेन्द्र भवन माध्यमिक विद्यालयका दुईवटा कोठामा र केही किताब हरिहरभवनकै घोडा तबेलामा रहेको बाल शाखामा राख्ने काम भयो।

यादवचन्द्र निरौला

२०७५ सालमा सानो गौचरणमा रहेका किताबमध्येबाट करिब २२  हजार पुस्तक सानोठिमीमा रहेको तत्कालीन शैक्षिक जनशक्ति विकास केन्द्र (हालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको दुइ नम्बर भवन) को पुरानो पुस्तकालय रहेको ठाउँमा राखियो। अहिलेसम्म पनि ती पुस्तकको उचित व्यवस्थापन हुन सकेको छैन। यसो हुनुको प्रमुख कारण व्यवस्थित पुस्तकालय भवन नभएरै हो। 

२०६४ काे चैत महिनाभर अन्तर्राष्ट्रिय पुस्तकालय महासंघको आयोजनामा सिंगापुरको पुस्तकालय प्रणालीको अध्ययन तथा तालिम गर्ने अवसर मिल्यो। पुस्तकालय विज्ञानमा स्नातक गरेर निजामती सेवामा छिर्नुभन्दा अगाडि नै प्रशासन सेवावाट निजामती सेवामा प्रवेश गरेकाले हुनुपर्छ सिंगापुर जानु अगाडिसम्म म पुनः निजामती सेवाको मूल प्रवाह भनिने प्रशासन सेवामै फर्कनु पर्छ भन्ने सोचमा थिएँ।

दुःखका साथ भन्नुपर्छ पुस्तकालयको पहुँचमा नागरिकहरू छैनन्। लोकतन्त्रमा विचारविमर्श अध्ययन, अनुसन्धानका लागि स्थान नहनु भनेको राष्ट्रका लागि घाटा हो, लाजमर्दो कुरा हो।

त्यसबेला समान तहको समान पदमा पनि लोक सेवा दिन पाउने व्यवस्थासमेत थियो । तर सिंगापुरको एक महिने तालिम र सिकाइले पुस्तकालय विज्ञानको अथाह क्षेत्रका बारेमा आधारभूत कुरा सिकेपछि मैले प्रशासन सेवातिर जाने विचारलाई त्यागिदिएँ र पुस्तकालय क्षेत्रमै रहेर सेवा गरिरहने अठोट गरेँ।

Ncell 2
Ncell 2
nimb
nimb

सिंगापुरमा रहँदा त्यहाको राष्ट्रिय पुस्तकालयको अवस्थिति, पुस्तकालयले प्रदान गरेको सेवा देखेपछि हरिहरभवन नेपाल राष्ट्रिय पुस्तकालयका लागि उपयुक्त स्थान होइन रहेछ भन्ने बोध भयो। नेपाल राष्ट्रिय पुस्तकालयका लागि उपयुक्त ठाउँ कहाँ होला त भनेर सिंगापुरमा रहँदै सोच बनाएको थिएँ। संयोग नै भनौ, जतिबेला म सिंगापुरको तालिममा थिएँ,  त्यसबेला मैले जीवनमा नेपाल राष्ट्रिय पुस्तकालयको प्रमुख भएर कुनै दिन काम गर्न पाउनेछु भनेर सोचेको समेत थिइनँ।

तर २०६८ सालमा उपसचिव सरहको पुस्तकालय प्रमुख पदमा लोक सेवा पास गरेपछि करिब पाँचवर्ष पाँच महिना सो पुस्तकालयको प्रमुख भएर सेवा गर्ने अवसर मिल्यो र सिंगापुरमा देखेको सपना साकार पार्नका लागि भूमिका खेल्ने ठाउँमा पुगेको अनुभूति भयो।  

जमलमा प्रस्तावित राष्ट्रिय पुस्तकालयको एनिमेसन भिडियो

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पुस्तकालय भवन कहाँ बनाउने भन्ने चर्चा भएपछि मैले सिंगापुरको सिकाइ अनुसारको योजना बनाएँ। त्यसमा सिंहदरबार परिसरमा नागरिकलाई पनि पहुँच हुने गरी पुस्तकालय स्थानान्तरण गर्नु सबैभन्दा उत्तम विकल्प हो भन्ने कुरा थियो। तर सिंहदरबारभित्र आम नागरिकको पहुँच हुँदैन, त्यसैले राष्ट्रिय पुस्तकालय सिंहदरबारमा स्थानान्तरण गर्न हुँदैन भनेर तत्कालीन पदाधिकारीहरुले नमानेपछि त्यो योजना सफल हुन सकेन। 

वास्तवमा मैले सिंहदरबारको बीचमा भनेको थिइनँ, पुतलीसडक र अनामनगरको छेउमा रहेको कुनामा भनेको थिएँ। यसो भन्नुको कारण अन्य मुलुकहरुको उदाहरण प्रमुख थियो। पाकिस्तानको राष्ट्रिय पुस्तकालय त्यहाँको संसद र राष्ट्रपति भवनको बीचमा छ। त्यो बनाउनुको रणनीतिक उद्देश्य राष्ट्रपति र सांसदले पनि सहजै प्रयोग गर्न मिल्ने ठाउँको चयन हो। हामीकहाँ जनप्रतिनिधिले पढ्ने ठाउँ खोइ? उहाँहरूलाई केही नीतिनिमार्णमा सघाउ हुने पुस्तक चाहियो भने भन्नेबित्तिकै पाउने अवस्था छैन। 

अर्को कारण अमेरिकाको लाइब्रेरी अफ कंग्रेसको मोडालिटीजस्तो पनि हुन्छ भन्ने लागेको थियो। जस्तो त्यो पुस्तकालय सासंद र नागरिकले प्रयोग गर्न सक्छन्। अझ पुस्तकालय प्रमुख चयन गर्ने प्रक्रिया पनि रोचक छ। प्रमुख छान्दा सभामुखले सिफारिस गर्ने र राष्ट्रपतिले प्रमाणीकरण गरि योग्यलाई छान्ने प्रक्रिया अपनाइन्छ।

जापान, फिलिपिन्स लगायतका देशमा पनि यही प्रक्रिया अपनाइन्छ। यसबाट अनुभवी र ज्ञान भएकालाई पुस्तकालय प्रमुख बनाउने परम्परा रहेको कुरा सहजै बुझ्न सकिन्छ। पुस्तकालय प्रमुखको पद राज्यमन्त्रीसरहको हुने व्यवस्था केही मुलुकहरुमा छ। 

हामीकहाँ यस्तो प्रक्रिया छैन। दुःखका साथ भन्नुपर्छ पुस्तकालयको पहुँचमा नागरिकहरू छैनन्। लोकतन्त्रमा विचारविमर्श अध्ययन, अनुसन्धानका लागि स्थान नहनु भनेको राष्ट्रका लागि घाटा हो, लाजमर्दो कुरा हो।

सिंहदरबारमा नबन्ने भएपछि जग्गा खोजी गर्दै जाँदा साविक काठमाडौ नगर पञ्चायत वडा नम्बर १ जमलमा रहेको शिक्षा मन्त्रालयको नाममा रहेको र त्रिभुवन विश्वविद्यालयले २०३२ सालमा भोगाधिकार पाएर भोगचलन गरिरहेको जग्गा उपयुक्त लाग्यो। 
शिक्षा मन्त्रालयकै जग्गा भएको र त्रिविले प्रभावकारी रुपमा उपयोगसमेत गर्न नसकेको सन्दर्भमा नेपाल सरकारलाई निर्णय गर्नसमेत सहज हुने भएकाले सो जग्गा प्राप्त गर्नका लागि पहल भएको हो  मन्त्रिपरिषदको निर्णयपछि त्रिविले पटक–पटक बखेडा झिक्यो। शंकरदेव क्याम्पसका केही कक्षाहरू त्यहाँ सञ्चालन गरियो। तर पुस्तकालयको नाममा लालपुर्जासमेत आइसकेका कारण हामीलाई अघि बढ्न सहज भयो।

त्रिविले त्यो जग्गाको उपयोग राम्रोसँग गरेको थिएन। साँच्चै भन्नुपर्दा त्रिविले पदाधिकारीको पार्किङ स्थलमात्र बनाएको थियो। आफूले पनि प्रयोग नगर्ने पुस्तकालयलाई पनि प्रयोग गर्न नदिन खोज्दा मलाई दुःख लाग्यो। १२ वटा त्रिविकै आंगीक क्याम्पसनजिक पर्ने स्थानमा पुस्तकालय बनाउँदा त्रिविकै शाख बढ्थ्यो। विद्यार्थीहरू अनुसन्धानकर्ता भएर निस्कन्थे। निरन्तर पढ्न पाउँथे।

म सरुवा भएर शिक्षा मन्त्रालयमा र शिक्षा मन्त्रालयका उपेन्द्रप्रसाद मैनाली मेरो ठाउँमा जानुभयो। मन्त्रिपरिषदको निर्णयले जग्गा पुस्तकालयको हातमा पनि आयो। अहिले भत्काउने काम भइरहेको थियो। तर सोमबारको मन्त्रिपरिषदको निणर्यले पुस्तकालय निर्माण कार्य स्थगन भएको छ। काम ढिलो-चाँडो सुरु होला, नहोला। तर किन जमलमै नेपाल राष्ट्रिय पुस्तकालय आवश्यक छ भनेर मलाई लागेका कुरा यस लेखमार्फत् राख्न चाहन्छु। 

सबैको पहुँचमा पुग्नुपर्छ  

केही समयअघि एउटा अनुसन्धानले रत्नपार्कबाट भोटाहिटी जाने आकशेपुलबाट दैनिक ५ लाख जनाले आवतजावत गर्छन भन्ने देखाएको थियो।  रत्नपार्कबाट जमल ३ मिनेटको पैदल दुरीमा छ। त्यसैले रत्नपार्क वा जमल क्षेत्र भनेका नागरिकहरूको सहजै पहुँच हुने स्थान हुन्। यो स्थानमा पुस्तकालय बनाइयो भने नागरिकको पनि सहजै पहुँच पुग्छ।

कतिपयले हल्ला हुन्छ, सहरको बीचमा किन बनाउने भन्ने पनि तर्क गरेको सुनिन्छ। तर यो जमानामा साउण्डप्रुफ सिस्टम राख्न सकिन्छ। सिंगापुरको राष्ट्रिय पुस्तकालय पनि सहरको मुटुमा छ। त्यहाँबाट लाखौं सवारीसाधन आवतजावत गर्छन्। अरु ठाउँमा हुन्छ, हाम्रोमा किन हुन सक्दैन। कोलकातामा पनि केन्द्रमा नै छ। 

पुस्तकालय पायक पर्ने ठाउँमा हुनुपर्छ त माथि नै भनिसकियो। जमललाई केन्द्रविन्दुमा राखेर  हेर्दा त्यहाँबाट करिब दुर्इ किलोमिटर व्यासको दुरीमा त्रिविका मात्रै दर्जन आंगिक क्याम्पस छन्। पुस्तकालयका पाठक भनेका तिनै क्याम्पसमा पढ्ने विद्यार्थी हुन्। र, सबैभन्दा बढी फाइदा उठाउन तिनै विद्यार्थीहरुले सक्छन्। निजी क्याम्पस त यो क्षेत्रमा अझ धेरै छन्। विदेश जान पढाउने इन्सिच्युटहरु भएको पनि यही क्षेत्र हो। शैक्षिक हब नै रहेको यो क्षेत्रमा व्यवस्थित पुस्तकालय बनाउँदा मुलुककै शान बढ्छ।  

कतिपयलाई नजिकै केशर पुस्तकालय पनि छ, जमलमा किन चाहियो भन्ने पनि लाग्न सक्छ। तर केशर पुस्तकालय र राष्ट्रिय पुस्तकालयको प्रकृतिमात्र होइन, संकलनसमेत फरक छ । पाठक वा अनुसन्धानकर्ताले एउटा पुस्तकालयमा नभेटेको पुस्तक अर्कोमा खोज्नका लागि धेरै टाढा धाउनु पर्दैन।  सहज हुन्छ। 

कसैलाई अझै लाग्न सक्छ चीनको राष्ट्रिय पुस्तकालय सहरदेखि केही टाढा छ, हाम्रोमा किन नजिक चाहियो ? तर स्मरणीय कुरा के हो भने बेइजिङमा पुस्तकालयका लागि भनेर हरेक पाँच मिनेटमा गाडी छुट्छ वा सहज यातायातको व्यवस्था छ। हामीकहाँ सार्वजनिक यातायात त्यति सहज छ र? त्यसैले दैनिक लाखौँ मान्छे आवतजावत गर्ने ठाउँमा पुस्तकालय स्थापना गर्ने कि अनकन्टार स्थानमा? पुस्तकालय बनाएरमात्रै हुँदैन सबै नागरिकको पहुँचमा पनि पुग्नुपर्छ।

सिंगापुरकै उदाहरण लिऔं। त्यहाँ हरेक शैक्षिक सत्रको सुरुमा पुस्तकालयका कर्मचारीले प्रत्येक विद्यालय वा क्याम्पस वा शिक्षण संस्थामा गएर पुस्तकालयमा कस्ता–कस्ता पुस्तकलगायतका पठन सामग्री छन्? अनुसन्धानका लागि चाहिने सामग्री कति छन्? कसरी प्राप्त गर्न सकिन्छ? पठन संस्कृतिको विकास कसरी गर्न सकिन्छ? भन्नेजस्ता विषयमा जानकारी दिन्छन्। धेरै पाठकहरु पुस्तकालय नै गएर पढ्ने पनि हुन्छन्। त्यसकारण जमलमा राष्ट्रिय पुस्तकालय बनाउन सकियो भने सुनमा सुगन्ध हुन्छ।

पुस्तकालय पढ्ने थलोमात्र होइन। समाजका विभिन्न सरोकारवालाहरुको भेटघाट र अन्तक्र्रिया गर्ने साझा चौतारी पनि हो। प्रकाशकहरुले पुस्तकालयमा प्रदर्शन गरेका पुस्तकहरु पाठकले चाहेमा खरिदसमेत गर्न सक्छन्। 

हामी पुस्तकालयकर्मीहरुका पनि थुप्रै कमी–कमजोरी छन्। प्रभावकारी सेवा कसरी प्रदान गर्न सकिन्छ भनेर थोरै पुस्तकालयकर्मीहरु मात्र अद्यावधिक छन्। सूचना तथा सञ्चार प्रविधिले ल्याएका अवसरहरुको उपयोग गरी प्रभावकारी सेवा दिने पुस्तकालयकर्मी थोरै छन्। पुस्तक तथा पत्रपत्रिकाको संरक्षण, सम्बद्र्धनमा खासै चासो दिइएको पनि पाइँदैन। यस्ता कमी–कमजोरीलाई स्वीकार्दै अगामी दिनमा सबैको पहुँचमा पुग्ने र राम्रो पुस्तकालय बनाउनुको विकल्प छैन।

(नेपाल राष्ट्रिय पुस्तकालयका पूर्वप्रमुख निरौलासँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित) 
 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्