• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

राष्ट्रिय पुस्तकालय भवन बन्न नदिने अर्को खेल, प्रस्तावित जग्गामा त्रि-चन्द्र कलेज सार्ने प्राधिकरणको गुरुयोजना

64x64
प्रजु पन्त बिहीबार, साउन १५, २०७७  ०७:२८
1140x725
बृहत टुँडिखेल गुरुयोजना

काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले साउन १३ गते ‘बृहत टुँडिखेल गुरुयोजना’को प्रस्ताव सार्वजनिक गर्‍यो। काठमाडौंको मौलिकता झल्काउने र खुल्ला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रंगशालासम्मका क्षेत्र समावेश गरेर बृहत् टुँडिखेल निर्माण गर्ने गुरुयोजनामा प्रस्ताव गरिएको छ। सोही प्रस्तावमा जमलमा रहेको नेपाल राष्ट्रिय पुस्तकालयको करिब ८ रोपनी जग्गामा त्रिचन्द्र कलेज राख्ने विषय उल्लेख छ। 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सुशील ज्ञवाली)ले ट्विट गर्दै पहिले पनि राष्ट्रिय पुस्तकालय हरिहर भवनमा नै रहेको अब पनि सोही स्थानमा नै रहने गरि पुनर्निर्माणको काम अघि बढाइएको उल्लेख गरेका छन्। ‘राष्ट्रिय पुस्तकालय पहिले पनि हरिहर भवनमा रहेको थियो। अब पनि हरिहर भवनमा रहने गरी राष्ट्रिय पुस्तकालयको सुझावअनुसार भारतीय एक्जिम बैंकको सहयोगमा भवन पुनर्निर्माणको कार्य अघि बढाइसकिएको छ,’ ज्ञवालीले ट्विटरमा लेखेका छन्।

राष्ट्रिय पुस्तकालय पहिले पनि हरिहर भवनमा रहेको थियो । अब पनि हरिहर भवनमा रहने गरी राष्ट्रिय पुस्तकालयको सुझाव अनुसार भारतीय एक्जिम बैंकको सहयोगमा भवन पुनर्निर्माणको कार्य अघि बढाइसकिएको छ ।

— Sushil Gyewali (@Sushilgyewali) July 28, 2020

प्राधिकरणको बृहत् टुँडिखेल गुरुयोजना सार्वजनिक भएसँगै राष्ट्रिय पुस्तकालयको जग्गामा पुस्तकालय बन्ने-नबन्नेबारेको अन्याेल थप बढेको छ। यसअघि पुस्तकालयको सोही जग्गामा पुस्तकालय भवन निर्माण गर्नका लागि असोजसम्म त्यसको शिलान्यास गर्ने गरी तयारी अघि बढाइएको थियो। तर साउन ५ गतेको मन्त्रिपरिषद्को बैठकले अर्को निर्णय नभएसम्म सो स्थानमा भवन निर्माण गर्ने सम्बन्धमा कुनै पनि काम अघि नबढाउने निर्णय गरेपछि सिर्जना भएको अन्यौल प्राधिकरणको गुरुयोजना सार्वजनिक भएसँगै थप अन्याेलमा परेको हो। 

सरकारले भवन निर्माण प्रक्रिया रोक्न निर्णय गर्ने र त्रि-चन्द्र कलेजलाई पुस्तकालयको जग्गामा सार्ने प्राधिकरणको गुरुयोजना सार्वजनिक भएपछि पुस्तकालय र शिक्षा मन्त्रालयका कर्मचारीले पुस्तकालय भवन नै नबन्ने हो कि भन्ने शंका व्यक्त गर्न थालेका छन्। ‘एक हप्ताअघि पुस्ताकालय भवन निर्माण प्रक्रिया रोक्न निर्णय मन्त्रिपरिषद्ले गर्नु र अहिले आएर प्राधिकरणले राष्ट्रिय पुस्ताकालयलाई 'बायस' गरेर जग्गा कब्जा गर्ने गरी गुरुयोजना सार्वजनिक गर्नुले पुस्तकालय बन्नेमा शंका उब्जिएको छ,’ मन्त्रालयका एक कर्मचारीले नेपाल लाइभसँग भने। 

यो पनि पढ्नुहोस्

पुस्तकालय प्रेमीका लागि मंगलबार कसरी बन्यो ‘कालो दिन’?बुधबार, साउन ७, २०७७

जग्गा पुस्तकालयको, छलफल त्रिविसँग 
जमलस्थित पुस्तकालयको जग्गामा त्रि-चन्द्र कलेज सार्ने विषयमा पुस्तकालयसँग भने कुनै छलफल नै नगरी एकतर्फी रूपमा प्राधिकरणले गुरुयोजना बनाएको पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले बताएका छन्। जग्गाको स्वामित्व रहेको पुस्तकालयसँग कुनै छलफल नै नगरी सो जग्गामा अर्कै संस्था राख्ने गरी गुरुयोजना नै बनाउँदासमेत कुनै छलफल नहुनु दुखद् विषय भएको पुस्तकालयका प्रमुख मैनालीले उल्लेख गरे। ‘राष्ट्रिय पुस्तकालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको निकाय हो,’ उनले भने, ‘यदि शिक्षा मन्त्रालयमा जानकारी आएको भए पुस्तकालय प्रमुखका हैसियतमा मैले पनि जानकारी पाउनुपर्ने हो। गुरुयोजनाबारे मलाई कुनै जानकारी आएको छैन।’ 

टुँडिखेल गुरुयोजना निर्माणबारे केही विषय सार्वजनिक भएपछि पुस्तकालयका पदधिकारी प्राधिकरणमा डेलिगेसनका लागि गएको थियो। त्यतिबेला नै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुस्तकालय भवन बनाउने प्रक्रिया अघि नबढाउन भनेको सिइओ ज्ञवालीका प्रेस सल्लाहकार भुवन केसीले दाबी गरे। ‘उहाँहरू प्राधिकरणमा डेलिगेसनका लागि आउनु भएको थियो,’ केसीले भने, ‘त्यतिबेला नै निर्देशकज्यूले काम रोक्न भन्नुभएको थियो।’

मन्त्रिपरिषद्‍ले पुस्तकालय बनाउनका लागि जग्गा उपलब्ध गराएको र बजेट समेत विनियोजन भइसकेकाले आफूहरूले त्यसबेला काम नरोकेको पुस्तकालय अधिकारीको भनाइ छ। 'मन्त्रिपरिषद् बैठकले नै निर्णय गरिसकेको थियो। मन्त्रिपरिषद्को निर्णय भएको र प्रक्रियागत निर्णयबाट लालपुर्जासमेत आइसकेको थियो। प्राधिकरणले भन्दैमा तत्कालै काम रोक्ने कुरा भएन,' ती कर्मचारीले भने, ‘प्राधिकरणका सिइओ मन्त्रिपरिषद्‍को खिलाफमा जाने कुरा त नहुनुपर्ने हो। भूकम्पमा भत्किएको भवन बनाउने जिम्मा प्राधिकरणको हो। अनेक थरी योजना ल्याएर बन्नै लागेको भवन सम्बन्धित संस्थालाई जानकारी नै नदिई नयाँ नयाँ योजना सार्वजनिक गर्नु उचित हुँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

प्राधिकरणले गुरुयोजना आउनुअघि पटकपटक छलफल गरेको थियो तर यी छलफलमा जग्गाको स्वामित्व भएको राष्ट्रिय पुस्तकालयलाई भने सहभागी गराएको देखिएको छैन। बरु जमलस्थित पुस्तकालयको जग्गामा त्रिचन्द्र कलेज सार्ने विषयमा त्रिभुवन विश्वविद्यालयसँग भने छलफल भएको थियो। २०७६ भदौ ५ गते प्राधिकरणका सिइओ ज्ञवालीको, सचिव शिवहरि शर्मा, त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ, शिक्षाध्यक्ष, रजिष्ट्रार त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख लगायतबीच छलफल भएको बताएको छ। 

त्यस्तै, २०७६ साल माघ १५ मा पनि गते पनि प्राधिकरणका  सिइओ ज्ञवाली र त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालगायतको टोलीले घण्टाघरतर्फको भवन प्रबलीकरण गर्ने र प्रबलीकरणको अवस्थामा पठनपाठन निरन्तरताका लागि ३० कोठाको प्रिफ्याब भवन पुस्तकालयमा बनाउने गरी छलफल भएको बताइएको छ। प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत् त्यसरी प्रिफ्याब भवन निर्माण कार्य अघि बढाउनेबारे छलफल भएको थियो।

पुस्तकालयको जग्गाका विषयमा त्रिभुवन विश्वविद्यालयसँग मात्र छलफल गर्नुले प्राधिकरणको समेत कमजोरी देखिएको छ। पुस्तकालयको जग्गामा त्रिचन्द्र कलेज सार्ने विषयमा प्राधिकरणले कुनै जानकारी नदिएको शिक्षा मन्त्रालयले उल्लेख गरेको छ। ‘यो विषयमा प्राधिकरणले मन्त्रालयलाई जानकारी दिएको मलाई थाहा छैन,’ शिक्षा मन्त्रालयका प्रवत्ता दीपक शर्माले भने, ‘यसमा मन्त्रालयलाई जानकारी दिएको छैन।’

०७६ भदौमा जमलको उक्त जग्गा नेपाल राष्ट्रिय पुस्तकालयको स्वामित्वमा आइसकेको थियो। २०७५/६/२८ गतेको मन्त्रिपरिषद्‍को निणर्यले जमलको सो जग्गामा राष्ट्रिय पुस्तकालय भवन बनाउने निर्णय गरेको थियो भने २०७५/७/२९ गते राष्ट्रिय पुस्तकालयले एकाधिकार हुने गरी करिब ८ रोपनी जग्गाको लालपुर्जा प्राप्त गरिसकेको छ। 

Xtrem

Xtrem

त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले चार चरणमा प्राधिकरणसँग छलफल भएको स्वीकार गरे। ‘प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले गुरुयोजनाबारे छलफल गर्न मलाई पनि बोलाउनु भएको थियो,’ उपकुलपति बाँस्कोटाले भने, 'यो योजना सफल भयो भने त्यहाँ त्रिचन्द्र बस्ने कुरा भएको छ। शंकरदेवका केही कक्षा र त्रिचन्द्र कलेजका लागि त्रिविलाई सो जग्गा चाहिन्छ।’ 

पुस्तकालयलाई थाहा नदिनु त्रुटीपूर्ण
राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलले व्यक्ति वा संस्थासँग समन्वय/छलफल र सहमति नगरी प्राधिकरणले कुनै पनि काम गर्न नहुने र त्यो म्यान्डेट प्राधिकरणलाई नभएकोसमेत बताएका छन्। ‘प्राधिकरणको काम भूकम्पले क्षति भएको स्थान पुनर्निर्माण गर्नु हो,’ पोखरेलले भने, ‘कुनै पनि निर्णय गर्दा सम्बन्धित संस्था वा व्यक्तिसँग सहमति त गर्नैपर्छ। टुँडिखेल गुरुयोजनामा पनि प्राधिकरणले पुस्तकालयसँग समन्वय गर्नुपर्थ्याे।’

पुनर्निर्माण प्राधिकरण सिइओ सुशील ज्ञवालीले योजनाको प्रस्ताव गरिएको र प्राप्त सुझावलाई लिएर योजना अघि बढ्ने बताएका छन्। ‘बृहत्तर गुरुयोजना छलफलका लागि प्रस्ताव गरिएको हो,’ उनले भने, ‘प्राप्त सुझावलाई लिएर काम अघि बढ्छ। कसैलाई 'बायस' गर्ने भन्ने हुँदैन।’

याे पनि

जमलस्थित ८ रोपनी जग्गामा बन्ला त राष्ट्रिय पुस्तकालय?

जमलमा राष्ट्रिय पुस्तकालय तत्काल नबन्ने

जमलमै राष्ट्रिय पुस्तकालय किन ? 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  ०७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्