काठमाडौं–शिक्षा मन्त्रालय मातहत रहेको जमलस्थित करिब ८ रोपनी जग्गामा राष्ट्रिय पुस्तकालय बनाउने भनिए पनि तत्काल नबन्ने भएको छ। सरकारले पुस्तकालय निर्माण स्थगित गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका पुस्तकालय विभाग प्रमुख यादवचन्द्र निरौलाले जानकारी दिए।
जमलस्थित ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गामा राष्ट्रिय पुस्तकालय बनाउने तयारी भइरहेको थियो।
त्रिविको जनप्रशासन क्याम्पस रहेको उक्त जग्गा हालै राष्ट्रिय पुस्तकालयले प्राप्त गरेको थिया। लामो समय बेवारिसे रहेपछि सो जग्गा सरकारले राष्ट्रियकरण गरी पुस्तकालय निर्माण गर्ने भन्दै राष्ट्रिय पुस्तकालयका नाममा हस्तान्तरण गरेको थियो।
याे पनि
जमलस्थित ८ रोपनी जग्गामा बन्ला त राष्ट्रिय पुस्तकालय?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।