• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पुस्तकालय प्रेमीका लागि मंगलबार कसरी बन्यो ‘कालो दिन’?

64x64
प्रजु पन्त बुधबार, साउन ७, २०७७  २०:४४
1140x725
जमल, कान्तिपथमा निर्माण हुने भनिएको नेपाल राष्ट्रिय पुस्तकालयको भवनको स्केच। सरकारले सो स्थानमा भवन निर्माणको कुनै पनि प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ।

काठमाडौं- शिक्षा मन्त्रालयका पुस्ताकालय शाखा प्रमुखसमेत रहेका उपसचिव यादवचन्द्र निरौलाले फेसबुकमा मंगलबार एक स्टाटस लेखे। ‘ब्ल्याक ट्युस्डे फर नेप्लिज लाइब्रेरी लभर्स’ उनको स्टाटस थियो। उनको स्टाटससँगै पुस्ताकालाय प्रेमीहरु झस्किए।

हरिहर भवनमा रहेको राष्ट्रिय पुस्तकालयको साविकको भवन भूकम्पका कारण भत्किएर डेढ लाखभन्दा बढी संख्यामा रहेका पुस्तक पुस्तक भद्रगोल अवस्थामा छन्। पुस्तकालयमा सयौँ वर्ष पुराना पुस्तक छन्। ती पुस्तकको संरक्षण अभाव देखेका उनी राष्ट्रिय पुस्ताकालयको भवन सबैलाई पायक पर्ने स्थान जमलमा बनाउन दत्तचित्त भएर लागेका थिए।

भूकम्प जाँदा राष्ट्रिय पुस्ताकालय प्रमुखसमेत रहेका निरौला, अहिलेका पुस्ताकालयका प्रमुख उपेन्द्र प्रसाद मैनालीलगायतका ठूलै समूह पुस्ताकालय बनाउन मरिमेटेर लागेको छ। तर मगंलबार पुस्ताकालाय प्रेमीका लागि 'कालो दिन' भनी उनै निरौलाले फेसबुक स्टाटस लेखेपछि पुस्तकप्रेमी सबैको मन झस्किएको थियो। पुस्ताकालय प्रेमीलाई झस्काउने कारण थियो सोमबारको मन्त्रिपरिषदको निर्णय। 

सोमबारको मन्त्रिपरिषद्‍को निर्णयको १४ नम्बर बुँदामा ‘२०७५।६।२८ को बैठकबाट साविक काठमाडौं नगर पञ्चायत वडा नं.१ जमलस्थित कित्ता नं. १२७० को ७-१५-३-३ रोपनी जग्गामा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निमाण गर्न स्वीकृत गरिएकोमा अर्काे निर्णय नभएसम्म उत्त भवन निमार्णको कार्य नगर्ने/नगराउने निर्णय गर्‍यो।’

यसअघि नै नेपाल लाइभले सो स्थानमा पुस्तकालय बन्न नदिन र सो स्थानको जग्गा हात पार्न चलखेल सुरु भएको विषयमा समाचार प्रकाशन गरेको थियो। यो जग्गा हात पार्ने खेलमा यती समूहसमेत लागेको र उसले पुस्तकालय पदाधिकारीसँग पनि भेटघाट बढाएको चर्चा हुँदै आएको छ। 

सोमबार सरकारले गरेको निर्णयसँगै मगंलबारबाट साविकको जनप्रशासन क्याम्पस रहेको स्थानमा भवन बनाउने कार्य रोकिएको छ। २०७५/७/२८ गते काठमाडौँ जिल्ला मालपोत कार्यलयले नेपाल राष्ट्रिय पुस्तकालयको नाममा जग्गाधनीको हकहिस्सा एकलौटी हुने गरी पास गरेपनि मन्त्रिपरिषदले नै निर्माण कार्य स्थगित गर्ने निर्णय गरेपछि पुस्ताकालय प्रेमीहरू सामाजिक सञ्जालमा आक्रोशित देखिएका छन्। उनीहरुले सरकार भूमाफियाको खेलमा परेको, पुस्तकालय पेशा धर्म र सेवामा रहने बौद्धिक क्षेत्रमा तुषारापात भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ता चिनकाजी श्रेष्ठले सरकार भू-माफियाको खेलमा परेकै हो त भन्दै आशंका व्यक गरेका छन्। 'हेल्लो सरकार, के राष्ट्रिय पुस्तकालय भू-माफियाको खेलमा परेको नै हो त?,' उनले लेखेका छन्।

यस्तै अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता नीमा धितालले भूमाफियका पक्ष पोषणमा सरकारले कार गरेको आरोप लगाएकी छन्। उनले सरकारले गरेको निर्णयले बौद्धिक क्षेत्रमा तुषारापात गरेक भन्दै तत्काल निर्णय सच्याउन आग्रह गरेकी छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

'सरकार राष्ट्रिय पुस्तकालय जस्तो धरोहरमाथि धावा बोल्ने र निर्णय उल्टयाउने काम कुन माफियाको पक्षपोषणमा भयो? पुस्तकालय पेसा धर्म र सेवामा रहने बौद्धिक क्षेत्रमा तुषारापात हुने गरी भएको निर्णय तुरुन्त सच्याइयोस्। जय पुस्तकालय,' फेसबुकमा उनले लेखेकी छन्। 

यसैगरी गोविन्द चौलागाईंले पनि सरकारको सो निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्। नेपाल पुस्तकालय संघका केन्द्रीय सदस्यसमेत रहेका उनले पुस्तकालय भवन निर्माणको प्रक्रिया रोक्न गरेको निर्णयप्रति भर्त्सना गरेका छन्। 

Xtrem

Xtrem

'नेपाल राष्ट्रिय पुस्तकालयको बन्न लागेको अत्याधुनिक भवन सरकार माफियाहरुको चंगुलमा परी सरकारले तुहाउने प्रयास गरेको छ। यस निर्णयको हामी पुस्तकालयकर्मीहरु घोर भर्त्सना गर्दै तुरुन्त बदर गर्न माग गर्दछौँ,' उनले लेखेका छन्।

कहाँ पुगेर रोकियो काम?
आर्थिक वर्ष २०७६/०७७ मा सरकारले प्रस्तुत गरेको बजेटमा ४ करोड ९० लाख रुपैँया विनियोजन गरेको थियो। उक्त रकम मालपोत बुझाउन, नक्सा पास गराउन डिपिआर बनाउन भूकम्प प्रतिरोधी, वातावरणमैत्री बनाउनको लागि खर्च भइसकेको छ।

चालु आर्थीक वर्ष २०७७/०७८ मा १० करोड रुपैँया पुस्तकालयका लागि विनियोजन भएको छ। २०८१ सालसम्म साततले भवन निर्माण सम्पन्न गर्ने गरी हाल सो स्थानमा रहेको पुरानो भवन भत्काउने काम भइरहेको छ। तर लगभग पुरानो भवन भत्काउने काम सम्पन्न हुने अवस्थामा सोमबार मन्त्रिपरिषदले निर्णय गर्दै भवन निर्माण कार्य रोकेको छ। 

‘पुराना पुस्तकहरुको बिजोग छ,’ तत्कालीन पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाले भने, ‘भवन बनेर त्यसलाई जति सक्दो छिटो व्यवस्थापन गरौँ भन्ने थियो तर स्थगित भयो।’ भवन बन्न नसकेर पुस्तकहरु व्यवस्थापन हुन नसकेको अवस्थामा छिटोभन्दा छिटो काम हुनुपर्नेमा स्थगित हुनु दुखद् भएको उनको भनाइ छ। 

पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले स्थगित मात्रै भनिएकाले अहिले नै पुस्ताकालय बन्दैन कि भनेर सोच्न नहुने बताए। ‘सरकारले केही कारणवश स्थगित गरेको होला,’ मैनालीले भने, ‘हामीलाई विश्वास छ फेरि काम सुरु गर्न निर्देशन आउनेछ।’

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्