• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

त्रिचन्द्र-प्राधिकरण जुहारी : 'बार्गेनिङ' गरियो- त्रिचन्द्र, सहमतिका 'माइन्युट' सुरक्षित छन्- प्राधिकरण

64x64
प्रजु पन्त मंगलबार, साउन २०, २०७७  १९:०९
1140x725

काठमाडाैं- त्रिचन्द्र क्याम्पस र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच बृहत् टुँडिखेल गुरुयोजनाका विषयमा जुहारी चलेको छ। प्राधिकरणले रानीपोखरीदेखि दशरथ रंगशालासम्मका क्षेत्र समावेश गरेर ‘बृहत टुँडिखेल गुरुयोजना’को प्रस्ताव गरेपछि यी दुई निकाय दोहोरीमा उत्रिएका हुन्। 

काठमाडौंको मौलिकता झल्काउने र खुल्ला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रंगशालासम्मका क्षेत्र समावेश गरेर प्राधिकरणले साउन १३ गते गुरुयोजना सार्वजनिक गरेको थियो। उक्त गुरुयोजनामा राष्ट्रिय पुस्तकालयको जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्ने उल्लेख छ।

गत शुक्रबार क्याम्पस स्थानान्तरणसम्बन्धी समाचार गलत र भ्रामक रहेको भन्दै वक्तव्य जारी गरेको थियो। जसमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले सार्वजनिक गरेको बृहत्तर टुँडिखेल गुरुयोजनामा आफ्नो कुनै सहमति नभएको प्रष्ट पारिएको थियो। उल्टो २०७२ को भूकम्पमा भएको क्षतिबारे प्राधिकरणमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै रोष प्रकट गरेको थियो।

तर, त्रिचन्द्र क्याम्पसका प्रमुख प्राध्यापक डा सुनील अधिकारी गुरुयोजनाप्रति पूरै असहमति राख्छन्। क्याम्पस बिस्तार हुन सक्ने तर स्थान्तरण हुन नसक्ने उनको भनाइ छ। ‘प्राधिकरणले अघि सारेको बृहत्तर गुरुयोजनामा त्रिचन्द्र क्याम्पसको कुनै सहमति छैन,’ अधिकारीले भने, ‘१२ हजार विद्यार्थी पढ्ने क्याम्पसमा भवनको अभाव अवश्य छ तर अन्य भवनको लागि त्रिचन्द्रले अहिले भएका कुनै पनि भवन र जमिन गुमाउन चाहँदैन।’

प्राधिकरण प्रमुख सुशील ज्ञवाली भने पहिलो गरेको सहमतिबाट त्रिचन्द्र किन पछाडि हट्यो भनेर आफूले बुझ्न नसकेको बताउछन्। 

‘औपचारिक रुपमा ५ पटक र अनौपचारिक धेरै पटक बैठक बसेर हामीले उहाँहरुले भनेबमोजिम नै काम गरिरहेका छौँ,’ ज्ञवालीले भने, ‘उहाँहरुको पे्रस वक्तव्य मैले पनि देखें, पहिले भएका सहमति छाडेर उहाँहरुले वक्तव्य निकाल्नु भयो, किन पछाडि हट्नु भयो मैले बुझेको छैन।’

यो पनि पढ्नुहोस्

राष्ट्रिय पुस्तकालय भवन बन्न नदिने अर्को खेल, प्रस्तावित जग्गामा त्रि-चन्द्र कलेज सार्ने प्राधिकरणको गुरुयोजनाबिहीबार, साउन १५, २०७७

उनले रानीपोखरीमा राम्रो काम गरेको देखेर प्राधिकरणलाई असफल बनाउने प्रयास गरिएको आशंका गरे। ‘रानीपोखरीको पानी पनि भरिने भयो, कतै राम्रो हुन थाल्यो भनेर नराम्रो देखाउने प्रयासमा त हैनन् यिनिहरु?’, उनले भने। 

उनका अनुसार बृहत्तर गुरुयोजनामा घण्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवनलाई प्रबलीकरण गरी जस्ताको जस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको राष्ट्रिय पुस्तकालयको जग्गामा त्रिचन्द्र कलेजका भवन पुनर्निर्माण गर्ने योजना छ। यस्तै, सरस्वती सदनमा रहेको रानीपोखरी छेउतिरको दुइ वटा भवन हटाइने छ। जसमा अहिले रहेका ‘साइन्स विल्डीङ’ र ‘ट्युटोरियल’ भवन भत्काइ गुरुयोजनामा समेटी आवतजावतका लागि खुला गरिने छ। 

Ncell 2
Ncell 2

प्राधिकरणले बार्गेनिङ गर्‍यो : त्रिचन्द्र 
घण्टाघरतर्फ भएको त्रिचन्द्रको भवन भूकम्पले पूर्णरुपमा क्षति गर्‍यो। भवनमा रातो स्टीकर लगाइयो। तर त्यही भवनमा विद्यार्थी पढ्न बाध्य छन्। भूकम्प गएको ५ वर्ष भइसक्दा पनि पुनर्निमाणको केही काम हुन सकेको छैन। ‘भवन निर्माण गरिदिनुपर्‍यो भनेर हामी पटक–पटक प्राधिकरणमा डेलिगेसन गयौँ,’ पूर्वक्याम्पस प्रमुख प्रदीप न्यौपानेले भने, ‘तर हामीलाई झुलाउने काममात्रै भयो भवन बनेन, प्राध्यापक र विद्यार्थी त्रासका बीच त्यही भवनमा पढ्न बाध्य छन्।’

प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले भने विश्वविद्यालय अनुदान आयोगमार्फत् भवन बनाउने त्रिचन्द्रले बताएकाले भवनको काम नभएको दाबी गर्छन्। ‘शंकरदेव क्याम्पसले प्राधिकरणअन्र्तगत बनायो। शंकरदेवमा भवनका काम धमाधम हुँदैछन्,’ ज्ञवालीले भने, ‘उहाँहरुले विश्वविद्यालय अनुदान आयोगमार्फत् काम गर्ने भनेपछि हामीले हुन्छ भनेका हौँ तर धेरै वर्ष काम हुन नसकेपछि गत वर्ष नै मैले प्राधिकरणअन्तर्गत ल्याएको हुँ अहिले काम भइरहेको छ ।’

यो पनि पढ्नुहोस्

जमलमै राष्ट्रिय पुस्तकालय किन ? शुक्रबार, साउन ९, २०७७

पूर्व क्याम्पस प्रमुख न्यौपाने भने प्राधिकरणले पर्याप्त बजेट नपठाएको कारण काम नभएको बताउँछन्।  अहिले पनि काम नहुनुमा रानीपोखरी आडको भवन छोड्नेलगायतको सर्तै–सर्त तेस्र्याएका कारण काम हुन नसकेको उनको भनाइ छ। ‘त्रिचन्द्रको पुरानो स्वरुप नबिगारी भवन पुनर्निमार्ण गर्न क्याम्पसले केही अवरोध गरेको छैन,’ न्यौपानेले भने, ‘त्रिचन्द्रलाई यहाँ भवन बनाइदिन्छु यसको सर्तमा त्रिचन्द्र्रले यो भाग दिनुपर्छ भनेपछि हामीले मानेका छैनौँ सर्त तेर्स्याएर पुनर्निमाण काम रोक्नु भएन।’

त्रिचन्द्र क्याम्पस इतिहास विभागका प्रमुख प्रा. डा. गोविन्दमान सिंह कार्की पनि प्राधिकरणले योजना सार्वजनिक गर्दै हिँड्नेभन्दा पनि त्रिचन्द्रमा नै छलफल गरेर समाधान गर्नुपर्ने बताउँछन्। साइन्स  भवन भत्काउने भनेर बार्गेनिङ गरिएको उनको भनाइ छ। 

यो पनि पढ्नुहोस्

पुस्तकालय प्रेमीका लागि मंगलबार कसरी बन्यो ‘कालो दिन’?बुधबार, साउन ७, २०७७

‘त्रिचन्द्र देशकै पहिलो र पुरानो क्याम्पस हो यसको स्वरुप मास्ने हो कि संरक्षण गर्ने हो ?’ कार्कीले भने, ‘कुन देशमा पुरानो कलेजको स्वरुप बिगारिन्छ?इतिहास मेट्नु भनेको आफ्नो पहिचान मेटिनु हो। हामीमाथि प्राधिकरणले किन अनेक सर्त तेर्स्याउछ ?’

प्राधिकरण प्रमुख ज्ञवाली भने आफूहरुले सर्त नतेस्र्याएको बताउँछन्। ‘हामीले त्रिचन्द्रलाई पनि आवश्यक भवन बनाएर काम गर्ने भनेका छाैं । सरस्वती सदन बाहेकको अरु भवन हटाएर खुल्ला स्थान बनाउने योजना बनाएका हौ,’ ज्ञवालीले भने, ‘सहरलाई खुल्ला स्पेस बनाउने प्राधिकरणको मात्रै योजना हैन। यो त राष्ट्रको योजना हो।’

त्रिचन्द्र क्याम्पस प्रमुख सुनील अधिकारी भने सरस्वती सदन राख्ने र रानीपोखरीतर्फका अरु भवन भत्काउने भन्ने कुरा हुनै नसक्ने बताउँछन्। ‘अहिले राष्ट्रिय पुस्तकालय भवन बन्ने भनिएको जग्गा त्रिचन्द्रले भोगाधिकार पाएको हो त्यो जग्गामा हाम्रो भवन बनाउने कुरा हुन सक्छ,’ अधिकारीले भने, ‘रानीपोखरी साइडको दुई भवन भत्काएर त्रिचन्द्रलाई अर्काे स्थानमा स्थान्तरण हुन सक्दैन।’

थप समाचार
राष्ट्रिय पुस्तकालयको भवन निर्माणको अवरोध हटाऊ : रत्न पुस्तकालय

 

पुस्तकालय भवन निर्माण रोक्ने निर्णयमा पुनर्विचार गर्न प्रधानमन्त्रीसमक्ष माग

 

‘जमलको राष्ट्रिय पुस्तकालयको जग्गामा त्रिचन्द्र क्याम्पस सार्ने समाचार गलत र भ्रामक’

 

राष्ट्रिय पुस्तकालय जमलमै बनाउन पुस्तकालय संघका संस्थापक अध्यक्षको अपिल

 

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा जमलमै राष्ट्रिय पुस्तकालय बनाउन माग

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुद... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
चुनावमा उम्मेदवारी नदिने पम्फा भुसालको घोषणा आइतबार, पुस १३, २०८२
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ आइतबार, पुस १३, २०८२
पोखरा पुगेर कुलमानले भने: सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्