• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

त्रिचन्द्र-प्राधिकरण जुहारी : 'बार्गेनिङ' गरियो- त्रिचन्द्र, सहमतिका 'माइन्युट' सुरक्षित छन्- प्राधिकरण

64x64
प्रजु पन्त मंगलबार, साउन २०, २०७७  १९:०९
1140x725

काठमाडाैं- त्रिचन्द्र क्याम्पस र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच बृहत् टुँडिखेल गुरुयोजनाका विषयमा जुहारी चलेको छ। प्राधिकरणले रानीपोखरीदेखि दशरथ रंगशालासम्मका क्षेत्र समावेश गरेर ‘बृहत टुँडिखेल गुरुयोजना’को प्रस्ताव गरेपछि यी दुई निकाय दोहोरीमा उत्रिएका हुन्। 

काठमाडौंको मौलिकता झल्काउने र खुल्ला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रंगशालासम्मका क्षेत्र समावेश गरेर प्राधिकरणले साउन १३ गते गुरुयोजना सार्वजनिक गरेको थियो। उक्त गुरुयोजनामा राष्ट्रिय पुस्तकालयको जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्ने उल्लेख छ।

गत शुक्रबार क्याम्पस स्थानान्तरणसम्बन्धी समाचार गलत र भ्रामक रहेको भन्दै वक्तव्य जारी गरेको थियो। जसमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले सार्वजनिक गरेको बृहत्तर टुँडिखेल गुरुयोजनामा आफ्नो कुनै सहमति नभएको प्रष्ट पारिएको थियो। उल्टो २०७२ को भूकम्पमा भएको क्षतिबारे प्राधिकरणमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै रोष प्रकट गरेको थियो।

तर, त्रिचन्द्र क्याम्पसका प्रमुख प्राध्यापक डा सुनील अधिकारी गुरुयोजनाप्रति पूरै असहमति राख्छन्। क्याम्पस बिस्तार हुन सक्ने तर स्थान्तरण हुन नसक्ने उनको भनाइ छ। ‘प्राधिकरणले अघि सारेको बृहत्तर गुरुयोजनामा त्रिचन्द्र क्याम्पसको कुनै सहमति छैन,’ अधिकारीले भने, ‘१२ हजार विद्यार्थी पढ्ने क्याम्पसमा भवनको अभाव अवश्य छ तर अन्य भवनको लागि त्रिचन्द्रले अहिले भएका कुनै पनि भवन र जमिन गुमाउन चाहँदैन।’

प्राधिकरण प्रमुख सुशील ज्ञवाली भने पहिलो गरेको सहमतिबाट त्रिचन्द्र किन पछाडि हट्यो भनेर आफूले बुझ्न नसकेको बताउछन्। 

‘औपचारिक रुपमा ५ पटक र अनौपचारिक धेरै पटक बैठक बसेर हामीले उहाँहरुले भनेबमोजिम नै काम गरिरहेका छौँ,’ ज्ञवालीले भने, ‘उहाँहरुको पे्रस वक्तव्य मैले पनि देखें, पहिले भएका सहमति छाडेर उहाँहरुले वक्तव्य निकाल्नु भयो, किन पछाडि हट्नु भयो मैले बुझेको छैन।’

यो पनि पढ्नुहोस्

राष्ट्रिय पुस्तकालय भवन बन्न नदिने अर्को खेल, प्रस्तावित जग्गामा त्रि-चन्द्र कलेज सार्ने प्राधिकरणको गुरुयोजनाबिहीबार, साउन १५, २०७७

उनले रानीपोखरीमा राम्रो काम गरेको देखेर प्राधिकरणलाई असफल बनाउने प्रयास गरिएको आशंका गरे। ‘रानीपोखरीको पानी पनि भरिने भयो, कतै राम्रो हुन थाल्यो भनेर नराम्रो देखाउने प्रयासमा त हैनन् यिनिहरु?’, उनले भने। 

उनका अनुसार बृहत्तर गुरुयोजनामा घण्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवनलाई प्रबलीकरण गरी जस्ताको जस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको राष्ट्रिय पुस्तकालयको जग्गामा त्रिचन्द्र कलेजका भवन पुनर्निर्माण गर्ने योजना छ। यस्तै, सरस्वती सदनमा रहेको रानीपोखरी छेउतिरको दुइ वटा भवन हटाइने छ। जसमा अहिले रहेका ‘साइन्स विल्डीङ’ र ‘ट्युटोरियल’ भवन भत्काइ गुरुयोजनामा समेटी आवतजावतका लागि खुला गरिने छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्राधिकरणले बार्गेनिङ गर्‍यो : त्रिचन्द्र 
घण्टाघरतर्फ भएको त्रिचन्द्रको भवन भूकम्पले पूर्णरुपमा क्षति गर्‍यो। भवनमा रातो स्टीकर लगाइयो। तर त्यही भवनमा विद्यार्थी पढ्न बाध्य छन्। भूकम्प गएको ५ वर्ष भइसक्दा पनि पुनर्निमाणको केही काम हुन सकेको छैन। ‘भवन निर्माण गरिदिनुपर्‍यो भनेर हामी पटक–पटक प्राधिकरणमा डेलिगेसन गयौँ,’ पूर्वक्याम्पस प्रमुख प्रदीप न्यौपानेले भने, ‘तर हामीलाई झुलाउने काममात्रै भयो भवन बनेन, प्राध्यापक र विद्यार्थी त्रासका बीच त्यही भवनमा पढ्न बाध्य छन्।’

प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले भने विश्वविद्यालय अनुदान आयोगमार्फत् भवन बनाउने त्रिचन्द्रले बताएकाले भवनको काम नभएको दाबी गर्छन्। ‘शंकरदेव क्याम्पसले प्राधिकरणअन्र्तगत बनायो। शंकरदेवमा भवनका काम धमाधम हुँदैछन्,’ ज्ञवालीले भने, ‘उहाँहरुले विश्वविद्यालय अनुदान आयोगमार्फत् काम गर्ने भनेपछि हामीले हुन्छ भनेका हौँ तर धेरै वर्ष काम हुन नसकेपछि गत वर्ष नै मैले प्राधिकरणअन्तर्गत ल्याएको हुँ अहिले काम भइरहेको छ ।’

यो पनि पढ्नुहोस्

जमलमै राष्ट्रिय पुस्तकालय किन ? शुक्रबार, साउन ९, २०७७

पूर्व क्याम्पस प्रमुख न्यौपाने भने प्राधिकरणले पर्याप्त बजेट नपठाएको कारण काम नभएको बताउँछन्।  अहिले पनि काम नहुनुमा रानीपोखरी आडको भवन छोड्नेलगायतको सर्तै–सर्त तेस्र्याएका कारण काम हुन नसकेको उनको भनाइ छ। ‘त्रिचन्द्रको पुरानो स्वरुप नबिगारी भवन पुनर्निमार्ण गर्न क्याम्पसले केही अवरोध गरेको छैन,’ न्यौपानेले भने, ‘त्रिचन्द्रलाई यहाँ भवन बनाइदिन्छु यसको सर्तमा त्रिचन्द्र्रले यो भाग दिनुपर्छ भनेपछि हामीले मानेका छैनौँ सर्त तेर्स्याएर पुनर्निमाण काम रोक्नु भएन।’

त्रिचन्द्र क्याम्पस इतिहास विभागका प्रमुख प्रा. डा. गोविन्दमान सिंह कार्की पनि प्राधिकरणले योजना सार्वजनिक गर्दै हिँड्नेभन्दा पनि त्रिचन्द्रमा नै छलफल गरेर समाधान गर्नुपर्ने बताउँछन्। साइन्स  भवन भत्काउने भनेर बार्गेनिङ गरिएको उनको भनाइ छ। 

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

पुस्तकालय प्रेमीका लागि मंगलबार कसरी बन्यो ‘कालो दिन’?बुधबार, साउन ७, २०७७

‘त्रिचन्द्र देशकै पहिलो र पुरानो क्याम्पस हो यसको स्वरुप मास्ने हो कि संरक्षण गर्ने हो ?’ कार्कीले भने, ‘कुन देशमा पुरानो कलेजको स्वरुप बिगारिन्छ?इतिहास मेट्नु भनेको आफ्नो पहिचान मेटिनु हो। हामीमाथि प्राधिकरणले किन अनेक सर्त तेर्स्याउछ ?’

प्राधिकरण प्रमुख ज्ञवाली भने आफूहरुले सर्त नतेस्र्याएको बताउँछन्। ‘हामीले त्रिचन्द्रलाई पनि आवश्यक भवन बनाएर काम गर्ने भनेका छाैं । सरस्वती सदन बाहेकको अरु भवन हटाएर खुल्ला स्थान बनाउने योजना बनाएका हौ,’ ज्ञवालीले भने, ‘सहरलाई खुल्ला स्पेस बनाउने प्राधिकरणको मात्रै योजना हैन। यो त राष्ट्रको योजना हो।’

त्रिचन्द्र क्याम्पस प्रमुख सुनील अधिकारी भने सरस्वती सदन राख्ने र रानीपोखरीतर्फका अरु भवन भत्काउने भन्ने कुरा हुनै नसक्ने बताउँछन्। ‘अहिले राष्ट्रिय पुस्तकालय भवन बन्ने भनिएको जग्गा त्रिचन्द्रले भोगाधिकार पाएको हो त्यो जग्गामा हाम्रो भवन बनाउने कुरा हुन सक्छ,’ अधिकारीले भने, ‘रानीपोखरी साइडको दुई भवन भत्काएर त्रिचन्द्रलाई अर्काे स्थानमा स्थान्तरण हुन सक्दैन।’

थप समाचार
राष्ट्रिय पुस्तकालयको भवन निर्माणको अवरोध हटाऊ : रत्न पुस्तकालय

 

पुस्तकालय भवन निर्माण रोक्ने निर्णयमा पुनर्विचार गर्न प्रधानमन्त्रीसमक्ष माग

 

‘जमलको राष्ट्रिय पुस्तकालयको जग्गामा त्रिचन्द्र क्याम्पस सार्ने समाचार गलत र भ्रामक’

 

राष्ट्रिय पुस्तकालय जमलमै बनाउन पुस्तकालय संघका संस्थापक अध्यक्षको अपिल

 

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा जमलमै राष्ट्रिय पुस्तकालय बनाउन माग

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्