काठमाडौं- रत्न पुस्तकालयले राष्ट्रिय पुस्ताकालयको भवन निर्माण अवरोध हटाउन सरकारसँग आग्रह गरेको छ। रत्न पुस्ताकालयकी अध्यक्ष शशी विक्रम राणाले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय पुस्तकालय रहेको हरिहर भवन विनाशकारी भूकम्पले भत्काएपछि पुस्तकहरुको उचित व्यवस्थापन नभएकाले छिटो पुस्तकालय भवन निर्माण गरी पुस्तकको व्यवस्थापन गर्नसमेत माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘दुई वर्षअघिमात्र त्रि.विबाट जमलको जग्गाको भोग अधिकार पाएर विधिवत् रुपमा भवन निर्माणमा जुटेको बेला हठात् निर्माण नगर्न आएको आदेशले शिक्षा मन्त्रालय स्वयं लाचार र विक्षिप्त भएकोछ। यसबाट पुनर्निर्माण प्राधिकरणलाई शिखण्डी बनाएर माफियाले चलखेल गरेको दाउपेच बुझ्न गाह्रो पर्दैन। तत्काल, सरकारसँग निर्माणलाई निरन्तरता दिन पुस्तकालय प्रेमीहरुको तर्फबाट अनुरोध गर्दछौं।’
जमलमा राष्ट्रिय पुस्तकालयको भवन निर्माणकार्य साउन ५ गते रोक्का गरेपछि पुस्ताकालय संघहरुले विज्ञप्तिमार्फत् विरोध जनाउँदै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।