• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १५, २०८२ Sun, Mar 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वायु प्रदूषण बढे पनि तत्काल 'सङ्कटकाल' घोषणा गर्न सरकार 'अनिच्छुक'

64x64
नेपाल लाइभ शुक्रबार, चैत २२, २०८१  २०:१७
1140x725

काठमाडौं– गत सातादेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर खस्किँदै निरन्तर अस्वस्थकर तह कायम भएपछि सरकारले विलम्ब नगरी 'प्रदूषण सङ्कटकाल' घोषणा गर्नुपर्ने माग केही विज्ञहरूले गरेका छन्।

अधिकारीहरूका अनुसार उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाले एक्यूआई सूचकाङ्क ३०० भन्दा माथि पुगेमा सङ्कटकाल घोषणा गर्न सक्ने व्यवस्था पनि छ।

प्रदूषण सङ्कटकाल घोषणा भएको अवस्थामा विद्यालय र उद्योगहरू निश्चित अवधिका लागि बन्द हुने छन् भने वायु प्रदूषण घटाउनका लागि विभिन्न उपाय अवलम्बन गरिने छ। तिनमा सवारीसाधनमा जोरबिजोर प्रणाली लगाउने वा अत्यावश्यकबाहेक अन्य सवारीसाधन चलाउन नदिने व्यवस्था पनि पर्न सक्ने बताइएको छ। साताको दुई दिन बिदा दिनुपर्नेबारे पनि चर्चा हुन थालेको छ।

"यस बेला वायु सामान्यतया अस्वस्थकर नै हुन्छ तर अहिले डढेलोमा वृद्धि भएसँगै प्रदूषण ह्वात्तै बढेको हो। तर आपत्काल घोषणा गर्नका लागि अर्को तहमा पुग्नुपर्छ जुन अवस्था आइसकेको छैन," वातावरण विभागका प्रदूषण, नियन्त्रण तथा नियमन शाखाका प्रमुख दीपक ज्ञवालीले भने।

"केही [प्रदूषण मापन] केन्द्रहरूमा केही समयका लागि उक्त तह पुगेको भए पनि दैनिक औसत ३०० नाघेको अवस्थालाई मात्र हामीले आपत्काल घोषणा गर्ने समय मान्नुपर्ने हुन्छ।"

वातावरण विभागले देशका २७ स्थानमा वायु प्रदूषण मापन गर्ने उपकरण राखेको छ। तिनले ती ठाउँको वायुको नमुना सङ्कलन गरेर प्रदूषण मापन गर्छन्।

बिहीवार काठमाडौं उपत्यकाका अधिकांश मापन केन्द्रमा प्रदूषण 'अस्वस्थकर' देखिएको थियो भने शुक्रवार दिउँसो उपत्यकाबाहिर दाङ देउखुरीमा प्रदूषण 'हानिकारक' तहमा पुगेको थियो।

चिन्ता किन
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बिहीवार सरोकारवाला विज्ञ र अधिकारीहरूसँग गरेको छलफलमा समेत प्रदूषणका कारण सङ्कटकाल घोषणा गर्नुपर्ने विषय उठेको थियो।

Ncell 2
Ncell 2

छिट्टै ठोस कदम चाल्न आवश्यक रहेकोमा सबै पक्ष सहमत भएको भए पनि विद्यमान समस्यालाई सङ्कटकाल नभनीकनै अन्य तरिकाले समाधान गर्ने कुरा भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सङ्कटकाल घोषणा गर्दा मानवाधिकार हनन हुने गरी कदम चाल्नुपर्ने भएकाले तत्काल त्यसका पक्षमा रुचि नदेखिएको हो।
विगतमा नेपालमा पनि एक्यूआई ३०० नाघ्दा विद्यालय बन्द गर्नेसहितका विविध कदम चालिएको थियो।

"यतिखेर हामी प्रदूषणको मुख्य स्रोत नियन्त्रण गर्ने उपाय चाल्ने सोचेका छौँ। जस्तो, जहाँजहाँ डढेलो लागेको छ त्यहाँ ससानै स्वरूपमा भए स्थानीय रूपमै अग्रसरता लिएर नियन्त्रणका प्रयास थाल्ने भन्ने सोचिएको छ। कम सङ्ख्यामा सवारीसाधनहरू चलाउने विभिन्न उपायबारे पनि सोचिएको छ," डा बुढाथोकीले भने।

वायु गुणस्तरविज्ञ भूपेन्द्र दास सुरुमै डढेलो नियन्त्रण गर्ने प्रयास नभएकाले परिस्थिति बिग्रिन गएको हो।

"अमेरिकाजस्तो देश कसरी कैयौँ दिन क्यालिफोर्नियाको डढेलो नियन्त्रणमा लिन सकेन भन्नेबाट हामीले त्यसको जटिलता बुझ्छौँ। डढेलो नेपालमा अब सधैँको समस्या बनिसक्यो। कम्तीमा अब हरेक प्रदेशमा एउटा अग्निनियन्त्रक हेलिकप्टर हाम्रो लागि अत्यावश्यक भइसक्यो," दास भन्छन्।

"तर पनि नेपालका डढेलो अधिकांश मानवीय क्रियाकलापका नतिजा हुन्। त्यसैले स्थानीय तहहरू अग्रसर भएर त्यसलाई नियन्त्रण गर्ने उपायमा अग्रसर हुनुपर्छ।"

कहिले होला सुधार
शुक्रवार वायुको गति बढेकाले विगत केही दिनको तुलनामा अवस्था केही सुधार भएको देखिएको अधिकारीहरू बताउँछन्।

यसपालि आइतवार रामनवमी परेको र दुई दिनको सार्वजनिक बिदाले अवस्था केही सहज हुन सक्ने प्रवक्ता बुढाथोकीले बताए।

"तुलनात्मक रूपमा प्रदूषणको तह केही कम होला कि भन्ने हाम्रो अनुमान छ। नत्र उक्त बिदालगत्तै केही कदम चाल्ने तयारी छ।"

बिहीवार फेसबुकमा एउटा पोस्ट लेख्दै चिकित्सक डा अनूप सुवेदीले यस तहको प्रदूषणबाट "हजारौँ [मानिस] अस्पताल पुगिसकेको हुनुपर्ने" र अहिले सङ्कटकाल मान्नुपर्ने तहको अवस्था रहेको औँल्याउँदै निर्णय गर्ने दिनदिनै ढिलो भएको टिप्पणी गरेका छन्।

"केही कुरा त तुरुन्तै गरिहाल्नुपर्छ होला नि यस्तो बेलामा, कि पर्दैन? डढेलो नियन्त्रणमा कति वटा सिन्को भाँचिए, खरखडाईको बारेमा के निर्णय गरिए? काठमाडौं वरिपरि धुवाँ धेरै निकाल्ने कलकारखाना, आदि स्रोतहरू को उत्सर्जन केही दिनलाई भए पनि कम वा बन्द गर्न के गरिए?" उनले लेखेका छन्।

"जीवाश्म इन्धनका गाडीहरू जोरबिजोर गर्नुपर्ने हो कि, धेरै प्रदूषण गर्ने ट्रक-ट्रिपरहरूबारे यी केही दिनका लागि विशेष नीति बनाउनुपर्ने हो कि?"

मौसमविद्हरूका अनुसार अहिलेसम्म आगामी एक साता वर्षा गराउने खालको मौसमी प्रणाली देखा परिसकेको छैन। पानी नपरेसम्म अवस्थामा सुधार नआउने विज्ञहरू बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ।

त्यो सूचक १५० बाट उकालो लागेपछि सबै किसिमका मानिसका लागि अस्वस्थकर मानिन्छ। तर संवेदनशील समूहका मानिसका लागि १०० र १५० बीचको सूचक भएको वायुबाट पनि हानि पुग्न सक्छ।

एक्यूआई २०० माथि पुगे अस्वस्थकर र ३०० भन्दा माथि पुगे खतरनाक वा हानिकारक मानिन्छ। तर ४००-५०० पुग्दा त्यसलाई "गम्भीर" अथवा "अति नै हानिकारक" मानिन्छ।

नेपालमा बर्सेनि चैत र वैशाख महिनामा वायु प्रदूषण उच्च हुने गरेको छ। डढेलोलाई त्यसको प्रमुख कारक ठानिएको छ।

रोग
स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार प्रदूषणका कारण स्वास्थ्यमा पर्ने समस्यासहित मानिसहरू अस्पताल जाने क्रम बढेको छ।

"औ‍‍षधि लिइरहेका दीर्घरोगीहरूले थप औषधि प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ। आँखा चिलाउने, छालाजन्य रोगका बिरामी बढ्नुमा प्रदूषणकै असर देखिन्छ।"

स्वास्थ्य मन्त्रालयले १११५ नम्बरको 'हेलो स्वास्थ्य' नामक हटलाइन सुरु गरेको बताएको छ। तर त्यो सीधा चिकित्सकीय परामर्शका लागि नभएर अस्पताल जानुपर्ने अवस्था भए नभएको निर्क्योल गर्न 'परामर्श' र गुनासो सुन्नका लागि भएको बताइएको छ।

डब्ल्यूएचओका अनुसार वायुमा हुने 'पार्टिक्युलेट म्याटर' (पीएम) र अन्य प्रदूषक तत्त्वले श्वासनली र फोक्सोमा सुजन गराउँदै प्रतिरक्षा प्रणाली कमजोर पार्छ र रगतको अक्सिजन बोक्ने क्षमतालाई कमजोर पार्छन्।

प्रदूषित हावाले श्वासप्रश्वासमा सङ्क्रमण, हृदयरोग, मस्तिष्काघात र फोक्सोको क्यान्सर गराउँछ। त्यसको असर खास गरी बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका मानिसहरूमा पर्ने डब्ल्यूएचओले जनाएको छ।बीबीसी नेपाली

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय
ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति
सम्बन्धित सामग्री
रवि लामिछानेको सहकारी ठगी प्रकरणमा वैशाख १४ गते अर्को पेशी तोकियो अदालतका अनुसार आगामी वैशाख १४ गतेका लागि पेशी निर्धारण गरिएको हो। आइतबार, चैत १५, २०८२
रवि लामिछानेको मुद्दामा सुनुवाइ जारी, आज निर्णय आउन सक्ने महान्यायाधिवक्ता कार्यालयले सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गरेको निर्णयविरुद्ध दायर रिटमाथि बहस जारी... आइतबार, चैत १५, २०८२
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते राती करिब १ बजे बर्दघाट नगरपालिका–४ स्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको... शनिबार, चैत १४, २०८२
ताजा समाचारसबै
पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति आइतबार, चैत १५, २०८२
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय आइतबार, चैत १५, २०८२
ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति आइतबार, चैत १५, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालको मुद्दामा बहस नोट पेस गर्न आदेश आइतबार, चैत १५, २०८२
रविको मुद्दा संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा सुनुवाइ हुने आइतबार, चैत १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
इजरायल-इरान युद्धमा हुथीको प्रवेश: इजरायली सैन्य अखडामा ब्यालिस्टिक मिसाइल प्रहार शनिबार, चैत १४, २०८२
बलात्कार आरोपमा एमालेका पूर्व सां‍सद मल्ल बलात्कार पक्राउ शनिबार, चैत १४, २०८२
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात शनिबार, चैत १४, २०८२
एमाले प्रदर्शनकारीले तोडे प्रहरी ब्यारिगेट, माइतीघर तनावग्रस्त शनिबार, चैत १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्