• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हटस्पट विराटनगर : मेयर पराजुली भन्छन्- कोरोना समुदायमा गइसक्यो, देशभर लकडाउन गरौं

64x64
दुर्गा दुलाल आइतबार, साउन १८, २०७७  २२:१८
1140x725

विराटनगर- विराटनगर महानगरपालिकाले साउन १६ गते सूचना जारी गर्दै नगरभित्र लकडाउनकाे लागू गरिएको घोषणा गर्‍याे। विराटनगरमा समुदायस्तरका कोरोना संक्रमण फैलिएको भन्दै मेयर भीम पराजुलीले साउन महिनाभरका लागि लकडाउन घोषणा गरे। फलफूल दूध, ग्यास, अक्सिजनलगायतका अत्यावश्यक वस्तु तथा सेवा प्रदान गर्नेबाहेकका अन्य पसलहरु बन्द भए।

संघीय सरकारले साउन ७ गते खुलाएको लकडाउनपछि देशका विभिन्न स्थानमा कोरोना संक्रमणको जोखिम बढेको छ। विराटनगरमा भारतीय क्षेत्रबाट मानिस छिर्ने नाका पर्ने भएकाले संघीय सरकारले जारी गरेको लकडाउन खुलाएसँगै वृद्धि भएको देखिन्छ।

प्रदेश १ मा सबैभन्दा बढी जोखिम भएका जिल्ला मोरङ र झापा हुन्। मोरङमा अहिले ३१४ जना कोरोना संक्रमित रहेका छन्। २५६ जना पुरुष र ५८ जना महिलामा कोरोना संक्रमण देखिएकाे छ। यीमध्ये विराटनगर महानगरभित्र मात्रै १२१ जना संक्रमित छन्।

ट्राभल हिस्ट्री नभएका मानिसमा देखियो कोरोना
‘साउन ७ गते संघीय सरकारले लकडाउन खोलेपछि विराटनगरमा संक्रमितको संख्या ह्वात्तै बढ्याे,’ मेयर पराजुलीले भने, ‘अहिले बाहिरबाट आएका मानिसभन्दा ट्राभल हिस्ट्री नभएका धेरै संक्रमित देखा परेका छन्। यसको अर्थ हो समुदायमा फैलिएको छ।’ ट्राभल हिस्ट्री नभएका ७१ जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको मेयर पराजुलीले नेपाल लाइभलाई बताए। समुदायलाई थप जोखिममा पुग्न नदिन लकडाउन घोषणा गरेको मेयर पराजुलीको भनाइ छ। 

मेयर पराजुलीले अब वास्तविक लकडाउन लगाउनुपर्ने समय भएको बताएका छन्। देशभर १४ दिनसम्म अब लकडाउन गर्ने हो भने संक्रमण रोक्न सकिने नत्र भयावह हुने देखिएको उनले बताए। ‘कोरोना संक्रमण भारत तथा अन्य मुलुकबाट आएकाबाट सुरु भएको थियो,’ मेयर पराजुलीले भने, ‘यसरी बाहिरबाट आएका मानिसभन्दा समुदायमा रहेका मानिसमा बढी देखिन थाल्यो। ट्राभल हिस्ट्री नभएका व्यक्तिमा काेराेना पोजेटिभ भएपछि लकडाउनको विकल्प नभएको विज्ञहरुको सुझावपछि महानगरले लकडाउन घोषणा गरेको हो।’

संक्रमितसँग सम्पर्कमा रहेकाहरूको पहिचान र परीक्षणतर्फ महानगरको जोड रहेको मेयर पराजुलीको दाबी छ। ‘प्रदेश र केन्द्रलगायतका निकायसँग आग्रह गरेर परीक्षणको दायर बढाउने काम गरिहेका छौँ,’ उनले भने, ‘संक्रमण भएकाको पहिचानलाई समाजबाट अलग राख्ने काम पनि सँगसँगै भइरहेको छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

यसरी संक्रमण पुष्टि भएकाहरुलाई विराटनगरको कोभिड अस्थायी अस्पतालमा राखिएको र त्यहाँ नआएकाहरुलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए। विराटनगरमा ५० बेडकाे अस्थायी अस्पताल रहेकोले बाँकीलाई धरानमा राखिएको छ।

कोरोना संक्रमणको पहिलो कारण खुल्ला सीमा 
विराटनगरमा कोरोना संक्रमण फैलिनुको कारण अनियन्त्रित खुल्ला सीमाना भएको मेयर पर‍ाजुलीको ठहर छ। सरकारले लकडाउन खुला गरेसँगै खुला सीमाना क्षेत्रबाट लुकिछुपी भारतबाट मानिसहरु छिरेको र उनीहरू सजक नबन्दा कोरोना संक्रमण समुदायसम्म पुगेको उनले बताए। 

‘बोर्डर केन्द्र सरकारको नियन्त्रणमा छ। सशस्त्र प्रहरी पनि परिचालन भएको छ। तर, आवतजावत राेक्न नसक्दा संक्रमणको जोखिम बढेको छ,’ उनले भने, ‘यसरी समुदायमा फैलनुमा हामी पनि दोषी छौं, मास्क लगाएनौं, हात धएनौं र सचेत भएनौं।’

अब देशभर लकडाउन गरौं 
मेयर पराजुलीले आफ्नो क्षेत्रमा मात्र लकडाउन गरेर संक्रमण रोक्न सक्ने अवस्था नरहेको बताए। ‘२१ दिनसम्म यहाँ रोकेर के गर्नु? अन्य क्षेत्रमा खुला छ। त्यहाँबाट फेरि सरिहाल्छ,’ मेयर पराजुलीले भने, ‘अब मेरो सुझाव विराटनगर मात्र होइन, देश नै लकडाउन गर्नुपर्छ। सरकारले अब वास्तविक लकडाउन गर्ने समय भएको रहेछ।’

विराटनगरको वडा नम्बर ३, ६ र १४ मा धेरै संक्रमित रहेको उनले बताए। भारतसँग नजिक भएका यी क्षेत्रमा उतैबाट आएका मानिसहरूले सावधानी नपुर्‍याउँदा समुदायमा पुगेको उनको अनुभव छ। ‘अहिले समुदायमा धेरै देखिन थालेको छ,’ उनले भने, ‘समुदायमा सरेपछि हामीले बाध्य भएर साउन महिनाभर लकडाउन गरेका छौं, सँगै परीक्षण बढाउने काम हुन्छ।’

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  २२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्