• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हटस्पट वीरगञ्ज : खुल्ला सीमा-नाका व्यवस्थापन नहुँदा समुदायमा पुग्यो कोरोना

उद्योगी र नागरिक पनि बेपर्वाह
64x64
दुर्गा दुलाल शनिबार, साउन १७, २०७७  २१:१९
1140x725

काठमाडौं- पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका अहिले कोरोना संक्रमणको हटस्पट बनेको छ। वीरगञ्जमा मात्र १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने हाल ६ जना संक्रमितको अवस्था गम्भीर छ। वीरगञ्जमा अन्य जिल्लाका ४ जनाले ज्यान गुमाएका छन्। कुनै समय नियन्त्रण उन्मुख रहेको भनिएको वीरगञ्ज लकडाउन खुलेसँगै पुनः कोरोनाको हटस्पट बनेको छ। 

सरकारले लकडाउन गरेको समयमा वीरगञ्जमा संक्रमितको संख्या विस्तारै कम हुँदै गएको थियो। तर लकडाउन खुलेसगै यहाँ भारतबाट श्रमिक, भारतमा रहेका नेपाली र भारतीय नागरिकहरू भित्रन थालेपछि संक्रमण बढ्दै गयो। 

शुक्रबार प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये ३ जना महिला ६१ जना पुरुष रहेका छन्।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार सांसद यादवसहित उनीसँगै स्वाब दिएका थप २ जना, नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, मास टेस्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको छ।  

वीरगञ्ज नगरपालिका वडा नम्बर १३ राधेमाई बस्ने ४० वर्षीय सांसद प्रदीप यादवसँगै उनका सवारी चालक र पिएसओ पनि संक्रमित भएका छन्। रौतहटको चन्द्रनिगाहपुर घर भई नारायणी अस्पतालमा कार्यरत ३४ वर्षीय डाक्टर र अस्पतालमै कार्यरत एक जना पारामेडिक्समा पनि कोरोना संक्रमण देखिएको छ।

वीरगञ्जको व्यस्त मिना बजारमा कन्ट्र्याक्ट ट्रेसिङका क्रममा परीक्षण गर्दा ३३ जनामा कोरोना पोजिटिभ देखिएको छ। मास टेस्टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको हो।

शनिबार संक्रमण पुष्टि भएकाहरूको पूर्ण विवरण प्राप्त हुन बाँकी छ।

बढ्दै मृतक
वीरगञ्जमा कोरोना संक्रमणका कारण पछिल्ला तीन दिनमा ६ जनाको मृत्यु भएको छ। बिहीबार वीरगञ्ज महानगरपालिका–१६ का ३५ वर्षीय युवक, वीरगञ्जको जगदम्बा इन्टरप्राइजेजका सिइओसमेत रहेका ५६ वर्षीय पुरुष र वीरगञ्ज २ का ७० वर्षीय वृद्धको मृत्यु भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

बुधबार वीरगञ्जमा नै दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो। शुक्रबार पनि त्यहाँ एक जनाको मृत्यु भएको छ। पर्सामा साउनमा मात्र ११ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। 

असार अन्तिम साता संक्रमितहरू निको हुँदै घर फर्किन थालेपछि कोभिड अस्पतालमा दुई जना मात्रै संक्रमित बाँकी थिए। तर साउन सुरु भएलगत्तै पर्सामा संक्रमित थपिँदै गएका छन्। दिनहुँ संक्रमित थपिँदै गएपछि समुदायमै संक्रमण फैलिएको भन्दै वीरगञ्जमा साउन १० देखि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ। 

खुल्ला सीमा, बेपर्वाह नागरिक र उद्योगी
असारको अन्तिममा ३ जनामा मात्र अस्थायी कोभिड अस्पलामा उपचाररत रहेका थिए। साउनबाटै समुदायमा कोरोना संक्रमण देखिन थाल्यो। संघीय सरकारले लकडाउन अन्त्य गरेपछि वीरगञ्जमा संक्रमण थप बढ्न थालेको हो।

सरकारले साउन ७ गते लकडाउन अन्त्य गरेको घोषणा गरेपछि भारतीय सीमाबाट पनि प्रवेश खुल्ला भयो। यही मौकाको फाइदा उठाउँदै भारतीय क्षेत्रबाट नागरिक वीरगञ्जको बाटो हुँदै नेपाल प्रवेश गरे। योसँगै व्यापारीहरूको समेत सीमापार आवतजावत हुन थाल्यो। उनीहरूलाई व्यवस्थित गर्ने काम कमजोर भयो। 

जगदम्बा उद्योगले भारतमा रहेका आफ्नो सिइओलाई कम्पनीमा बिनापरीक्षण भित्राएको थियो। कम्पनीमा आएपछि क्वारेनटाइनमा राख्नुपर्नेमा उनी क्वारेन्टाइन बसेनबसेको खुलेको छैन। उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिमा पनि फैलिएपछि उद्योग अहिले सिल गरिएको छ। त्यस्तै अन्य भारतबाट आएका व्यक्तिलाई खुलखुल्ला छोडिएको थियो। विस्तारै समुदायमा स्तरमा पुगेपछि बजारमा मानिसहरू खुल्ला हिँड्दा सबैमा सरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए। सडकमा र किनमेलमा निस्केकाहरू मास्कसमेत नलगाउने गरेको भन्दै उनले सबैलाई सुरक्षाका उपाय अपनाउन आग्रह गरे। 

१ सय ८२ जना होम आइसोलेसनमा  
पर्सामा मात्र १ सय ८२ जना कोरोना संक्रमित अस्पताल बाहिर छन्। ५० बेड मात्र रहेको नारायणी कोभिड-१९ अस्पतालमा बेड खाली नहुँदा पछिल्लो पटक संक्रमण फेला परिरहेकालाई घरमै होम आइसोलेसनमा राख्नुपर्ने बाध्यता रहेको अस्पतालका सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रतिनिधिसभामा सांसद प्रदीप यादव पनि होम आइसोलेसनमा छन्। सांसद यादवसँगै शुक्रबार पुष्टि भएका सबै संक्रमित होम आइसोलेनमा छन्। पर्सा जिल्लामा शनिबारसम्म ४७८ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। यीमध्ये ९४ जना महिला हुन् भने ३८४ जना पुरुष हुन्। 

स्वास्थ्यकर्मी  अभाव 
वीरगञ्जमा कोरोना परीक्षण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ। केही समयअघि महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

आइसोलेसनमा उपचारमा खटिने र स्वाब संकलनमा जाने स्वास्थ्यकर्मीको अभाव भएपछि नारायणी अस्पतालले ६० जना स्वास्थ्यकर्मी जिल्ला विपद् व्यवस्थापन केन्द्रसँग माग गरेको थियो। महानगरपालिकाले साउन ११ गते ३० जना स्वास्थ्यकर्मीको सूची अस्पतालमा पठाएको थियो। सूचीमा ४ जना स्वास्थ्य निरीक्षक, ११ जना सिनियर अहेब, ५ अहेब र ४ अनमीको नाम थियो। तर, साउन १५ गतेसम्म स्वास्थ्यकर्मी नआएपछि नियन्त्रणमा लिइएको बताइएको छ। उनीहरु रिहा भइसकेका छन्। जोखिमको काम गर्नुपर्ने तर सुविधा तथा उपकरण नभएको भन्दै स्वास्थ्यकर्मीले विरोध जनाउँदै आएका छन्। 

संक्रमित सांसद वीरगञ्जमा, मेयर काठमाडौंमा
प्रतिनिधिसभामा सांसद प्रदीप यादवसहित अन्य दुई जनाका कोरोना संक्रमण भएको शुक्रबार राती पुष्टि भयो। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भयो। उनीहरु होम आइसोलेनमा छन्। अस्पतालमा सिट खाली हुन बितिकै सांसद यादवलाई सारिने अस्पतालका मेसु डा उपाध्यायले बताए। 

वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ। काठमाडौंमा आएका बेला गरिएको पिसिआर परीक्षणमा मेयर सरावगीमा संक्रमण पुष्टि भएको थियो। 

संक्रमण पुुष्टि भएका मेयर सरावगी हाल काठमाडौं टंगालस्थित आफ्नै घरको आइसोलेसनमा छन्। स्वास्थ्यमा समस्या भएपछि सरावगी गत सोमबार वीरगञ्जबाट निजी सवारीमा काठमाडौं आएका थिए। बिहीबार संक्रमण पुष्टि भएपछि साँझ उनले फेसबुक पेजमा आफूलाई कोरोना संक्रमण भएको खुलाउँदै सुरक्षित हुन आग्रह गरेका थिए।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्