काठमाडौं– चलचित्र पत्रकार संघको आयोजनामा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। आइतबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार आचारसंहिता, अनलाइन पत्रकारिता र फोटो पत्रकारिता विषयमा गोष्ठी सम्पन्न भएको हो।
पछिल्लो समय बढ्दो अनलाइन पत्रकारिता र यसभित्र फैलँदै गएको विकृतिमाथि आधारित भई गोष्ठीमा छलफल भएको थियो। कार्यक्रममा पत्रकारितामा देखिएका विसंगतिहरु न्यूनीकरणका विषयमा छलफल भएको थियो।
कार्यक्रममा अनलाइन पत्रकार संघका संस्थागत अध्यक्ष केपी ढुंगाना र फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीले प्रशिक्षण दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।