• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वाणिज्य विभागले नदेखेको ‘नेचर हर्ब्स’को अवैधानिक नेटवर्किङ धन्दा 

‘गाडी, घर किन्नेदेखि विदेश घुम्नेसम्ममा प्रलोभन देखाएर उपभोक्ता ठगिँदै, नियामक निकाय संरक्षक’
64x64
हेमन्त जोशी बिहीबार, साउन १५, २०७७  ०६:४६
1140x725

काठमाडौं-विभिन्न प्रलोभन देखाएर उपभोक्तालाई अवैध नेटवर्किङ व्यवसायमा आवद्ध गराउने र ठगी धन्दा चलाउने काम खुलेआम भईरहँदा पनि नियामक निकायहरु भने त्यसलाई संरक्षण र प्रोत्साहन गर्न लागिपरेका छन्।

विगतमा अर्बौ रुपैयाँ ठगेका व्यक्तिहरु अहिले फेरि नेटवर्किङ धन्दामा सल्बलाउन थाले पनि सरकार र मातहतका निकाय भने यसलाई रोक्ने र कारबाही प्रकृया अघि बढाउनुको साटो प्रतिरक्षामा देखिन थालेका हुन्। 

वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि भन्दै वाणिज्य विभागबाट इजाजत पाएका कम्पनीहरु पिरामिड शैलीको पुरानै नेटवर्किङ धन्दा ब्युँताईरहेका छन्। उनीहरुले सर्वसाधारण उपभोक्तासँग सदस्यता शुल्क असुल्ने, कुनै वस्तु किन्नैपर्ने बाध्यकारी नियम बनाउने, ठूलो सञ्जाल(नेटवर्क) बनाएर कमिसन लिनेदेखि घर, गाडी किन्ने र विदेश घुमाउनेसम्मका प्रलोभन देखाएर कानुनविपरीत काम गरिरहेका छन्।

तर नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने उल्टो उनीहरुको संरक्षणमा लागिपरेको छ। विभागबाट वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत लिए पनि हालसम्म कुनै पनि कम्पनीले आफ्नो व्यवसाय नै सञ्चालन नगरेकाले उनीहरुले कानुनविपरीत काम नगरेको भन्ने तर्क विभागको छ, जुन आफैमा गलत हो। इजाजत पाएका अधिकांश कम्पनीहरु यसअघि पनि लुकिछिपी नेटवर्किङ चलाईरहेको उनीहरुकै गतिविधिबाट प्रस्ट देखिन्छ।  

नेचर हर्ब्स को ‘ग्राहक’ बन्दा‍...

वाणिज्य विभागबाट ७ वटा कम्पनीले वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि भन्दै इजाजत पाएका छन्। विभागबाट यसरी इजाजत पाउने दोस्रो कम्पनी हो-नेचर हर्ब्स इन्टरनेसनल प्रालि। यो कम्पनीका सञ्चालकहरु विगतमा हर्बो र युनिटी ठगी काण्डका मुछिएका व्यक्ति हुन्। राजनीतिज्ञदेखि उच्च तहका पूर्व प्रशासन र पूर्व सुरक्षा अधिकारीसमेत यसमा लागेका छन्।

यो पनि पढ्नुहोस्

नेटवर्किङ धन्दाको चक्रव्यूह : पूर्व प्रदेश प्रमुखदेखि पूर्व एआइजीसम्म संलग्न सोमबार, साउन ५, २०७७

यो कम्पनीले विभागबाट प्रत्यक्ष बिक्रीको इजाजत पाउनुअघि पनि लुकिछिपी गैरकानुनी रुपमा नेपालभित्र र केही अरु मुलुकहरुमा पनि नेटवर्किङ धन्दा गरिरहेको थियो। इजाजत पाएपछि भने खुलेआम काम गर्न थालेको छ।

नेचर हर्ब्सले पिरामिड शैलीको सञ्जाल बनाईरहेको भन्दै समाचार प्रकाशित भएपछि वाणिज्य विभागले स्पष्टिकरण सोधेको थियो। तर उसका गतिविधि शंकास्पदमात्रै देखिएको र पुष्टि हुने खालका कुनै प्रमाण नभेटाएका कारण कारबाही नगरेको विभागले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

अवैध नेटवर्किङ व्यवसाय गर्ने नेचर हर्ब्सलाई वाणिज्य विभागले सोध्यो स्पष्टीकरणबिहीबार, साउन ८, २०७७

तर त्यही कम्पनीले नेपाल लाइभकर्मीसँग बुधबार गरेको संवादमा भने आफूले नेटवर्किङ नै गर्ने गरेको र यसमा आवद्ध भएर सञ्जाल(नेटवर्क) बनाउन सके गतिलो पैसा कमाईने भन्दै प्रलोभन देखाएको छ। सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत उक्त कम्पनीसँग भएको संवादमा सदस्य बन्नुपर्ने देखि अरुलाई पनि सदस्य बनाउनुपर्ने र यसबाट कमिसनका रुपमा नाफा कमाउन सकिने उक्त कम्पनीले बताएको छ।

जबकि यस्तो काम वस्तुको प्रत्यक्ष बिक्री (ब्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ को दफा ११ ले तोकेको प्रावधानविपरीत हो। 

यसरी नेटवर्कमा अर्को व्यक्ति आवद्ध भइसकेपछि आवद्ध गराउने व्यक्तिलाई सिधै साढे ७ सय रुपैयाँ नगद आउने र सदस्य  बनाईसकेपछि प्रत्येक व्यक्तिले गर्ने वस्तुको बिक्रीमा २७ प्रतिशत कमिसन आउने उक्त कम्पनीको भनाइ छ। जबकि मौजुदा कानुन अनुसार यस्ता गतिविधि गर्नै पाईदैन। बढी नाफा कमाउनका लागि बढी रुपैयाँ खर्च गर्नुपर्ने पनि कम्पनीको नियम रहेको उनीहरुको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त कम्पनीले नेपाललाईभसँग गरेको म्यासेन्जर कुराकानीको स्क्रीनसट वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई जानकारी गराइए पनि उनले कुनै प्रतिक्रिया जनाएनन। जबकि कानुनविपरीत कुनै काम गरेको नदेखिएको भन्दै विभागले यही कम्पनीलाई क्लिन चिट दिएको छ।

यो पनि पढ्नुहोस्

अवैध नेटवर्किङ धन्दालाई राज्यको संरक्षण : बिहीबार स्पष्टीकरण, त्यसपछि २ दिन प्रशिक्षण, सोमबार ‘क्लीन चिट’मंगलबार, साउन १३, २०७७

यस्तो छ नेचर हर्ब्ससँग भएको संवादको अंश

नेचर हर्ब्ससँग जोडिन र आम्दानी गर्नलाई सिल्भर प्लान भन्ने ११ हजार ७ सय रुपैयाँबाट आउनैपर्छ। नियम नै हो यो। एकैपटक यति सकिन्न भने केही छैन...३ हजार रुपैयाँ बराबरको वस्तु किनेर पछि अपग्रेड गर्छु भन्न पनि पाईयो। यसमा चाहिँ अरुभन्दा यहाँ १५ प्रतिशत छुटमा पाउँछ। अनि एकजनालाई जोडेवापत सिधै ७ सय ५० रुपैयाँ आउँछ...आफ्नो बैंक अकाउन्टमा। 
यी सामान्य कुरा भए। अरु भन्दा मार्केटिङ प्लान नंम्बर १ यो कम्पनीको छ। मल्टिडिसिप्लिनरी प्लान (बहुआयामिक) प्लान छ। जस्तो कि आफूले (नेपाल लाइभकर्मी) यसमा जोडिए ७ सय ५० रुपैयाँ आयो। अब नेटवर्क मार्केटिङमा कसरी काम गर्छ... हामीले नेटवर्क बनाउने हो। जति जे गरेपनि मान्छे जोडेर मात्र कहिले पैसा आउन्न। धेरैजसो कम्पनीले भन्छ, आउ फ्रिमा जोइन होउ (जोडिउ) अनि पैसा कमाउ। यो झुटा हो। जहिले पनि मार्केटिङ कम्पनीमा बेचेरै पैसा कमाउने हो। 
अब नेचर हर्ब्सले पैसा कसरी कमाउँछ भन्दा.. जस्तै मैले तिमी (नेपाल लाइभकर्मी) लाई जोडेँ.. .तिमीले तिम्रो साथीलाई... तिम्रो साथीले अरुलाई...तिनीहरुले थप अरुलाई... यसरी जोड्दै जाने हो। यसमा मानौं मैले २० जनालाई उनीहरुले थप २०/२० जनालाई जोडे टिम कति पुग्यो त?–४ सय। यसैगरी बढ्दै जाने त हो नेटवर्क है। जति सेल्स हुँदै जान्छ, अनि टिममा हामीले २७ प्रतिशत कमिसनका रुपमा नगद पाउँछ। 
अनि अर्को राम्रो पक्ष भनेको कम्पनीले हाम्रो टिममा ३ सय जना पुग्ने बित्तिकै स्टार लेभल (माथिल्लो तह) का मान्छेहरुलाई आफ्नो कम्पनीको नाफाको १५ प्रतिशत बढाईदिन्छ। यतिखेर त आम्दानी महिनाको १ लाखभन्दा बढी हुन्छ। त्यसैगरी कार इन्सेन्टिभ(किन्ने प्रोत्साहन पैसा), हाउस (घर) इन्सेन्टिभ लगेर टुर (घुमघाम) का लागि पनि पैसा दिन्छ। अब घर बसीबसी नेटवर्क च्यानल बनाईन्छ भने किन जोईन नहुने होईन त? 

000

यसरी आम उपभोक्तालाई खुलेआम ठगी गरिरहेका व्यक्ति र संस्थालाई भने न त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय न त विभागले नै देखेको छ। देखेका विषयलाई पनि सरकार र नियामक निकायले ढाकछेप गरेका छन्।

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ धन्दा सुरु गराउन राज्य संयन्त्र उद्दत छ। यद्यपि संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग मन्त्री लेखराज भट्ट, मन्त्रालयका सचिव बैकुण्ठ अर्याल र विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई छलफलका लागि बोलाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ। बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब... बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैया... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्