काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चर्चा नभएको कुनै दिन पार्टी एकताको घोषणा हुने बताएका छन्।
राष्ट्रिय सभागृहमा आयोजत नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीमा नेकपा एमाले र माओवादी केन्द्रद्वारा आयोजित संयुक्त कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अब हल्ला भएको दिन होइन थाहै नभएको दिन पार्टी एकता हुने बताए।
उनले अब दायाँ-बायाँ गर्ने ठाउँ नभएको बताउँदै भने, 'अब हल्ला भएको दिन होइन, थाहा नभएको दिन ड्याम्मै पार्टी एकता हुन्छ।' उनले अब पार्टी एकताबाट कोही भाग्न नसक्ने दोहोर्याउँदै थपे, 'हेर्दै जानुहोला- तपाईंहरूले थाहा नपाएको दिन पार्टी एकता हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।