काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरी छिटै नयाँ केन्द्रीय समिति घोषणा गर्ने बताएका छन्।
राष्ट्रिय सभागृहमा आयोजत नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीमा आयोजित संयुक्त कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले दुई पार्टी एकता अन्तिम बिन्दुमा पुगेको बताए।
'दुई पार्टीबीच वैचारिक, सैद्धान्तिक, सांगठनिक र भावनात्मक एकता मिलाउन यति मिहिनेत गर्यौं, कार्यक्रम आयोजनामा भनेजति ध्यान जान सकेन,' ब्यानर विवादले झन्डै ४ घन्टा ढिलोगरी सुरु भएको कार्यक्रममा अध्यक्ष दाहालले भने, 'नेतृत्वको संकल्प अझ बलियो भएको छ, पार्टी एकता गरेरै छाड्छौं।' उनले ह्रस्व-दीर्घमा समेत विवाद गरेर बस्ने हामीहरु एकठाउँमा आएका छौं, अब दायाँ बायाँ गर्ने छुट छैन।'
उनले आफू वा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायाँबायाँ गरे जनताले छुट नदिने बताए। उनले पार्टी एकता जनताको सम्पत्ति भएको जनाए। उनले भने, 'हामीबीच सम्मानजनक एकता गर्ने सहमति भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।