काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना एवं लेनिन जयन्तिको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको कार्यक्रममा ब्यानरको विषयमा विरोध प्रदर्शन भएको छ।
कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। माओवादी समर्थित अखिल क्रान्तिकारीले ब्यानरमा कार्ल मार्क्स, लेलिन, माओ जस्ता नेताको तस्बिर नराखिएको भन्दै नाराबाजी गरेपछि कार्यक्रम स्थलमा राखिएको ब्यानर झिकिएको छ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम स्थलबाट ब्यानर झिकिएपछि पनि प्रदर्शन रोकिएको छैन। उनीहरुले ब्यानरबिना कार्यक्रम गर्न नदिने जनाएका छन्। सभागृहको भिआइपी रूममा बसेका एमाले अध्यक्ष केपी शर्मा ओली र माअाेवादी अध्यक्ष पुषपकमल दाहाल 'प्रचण्ड' कार्यक्रम हुने सभाहलमा आउन सकेका छैनन्।
ब्यानरमा पुष्पलाल, मदन भण्डारी र मनमोहनको फोटो र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तस्बिर राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।