काठमाडौं- निर्धन उत्थान बैंकले ग्रामीण ट्रस्ट बंगलादेशको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले बोल-कबोल मार्फत ३ लाख ५७ हजार ८३ दशमलब १२ कित्ता सेयर बिक्रि गर्न लागेको हो।
बैंकले जारी गर्न लागेको लिलामी सेयरमा बैशाख १६ गतेदेखि जेठ गतेसम्म आवेदन दिन सकिनेछ। बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ।
बैंकको सेयर प्रतिकित्ता न्यूनतम ५ सय २३ रुपैयाँको दरले बिक्री खुला गरिने भएकाले बोलपत्र पेस गर्दा सो भन्दा बढी अंकित मूल्य तोकेर पेस गर्नुपर्ने कम्पनीले जनाएको छ। बोल-कबोल मार्फत आवेदन दिँदा न्यूनतम एक सय कित्ता र अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कहाँबाट दिने आवेदन?
बैंकले जारी गर्न लागेको लिलामी सेयरमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट र शाखा कार्यालयहरु लगनखेल, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर वीरगंज र गोल्छाचोक विराटनगरबाट लिलामी सेयरमा आवेदन दिन सकिनेछ।
साथै, बैंकको संस्थापक सेयरमा इन्भेष्टमेन्ट बैंकको धनगढी, सुर्खेत, नेपालगञ्ज, र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।