काठमाडौं- सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब २० करोड रुपैयाँ कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ दशमलब ३२ प्रतिशतले बढी हो।
अघिलो वर्षको तेस्रो त्रैमासमा बैंकले ९४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकले ब्याज आम्दानी २५ दशमलब ४५ प्रतिशतले बढाएर २ अर्ब ७ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ कमाएको थियो।
८ अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी वार्षिक २० रुपैयाँ २२ पैसा छ। बैंकले अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७३ पैसा घटाएको हो।
बैंकसँग जगेडा कोषमा २ अर्ब २५ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पुँजी कोष अनुपात १३ दशमलब १५ प्रतिशत छ। खराब कर्जा एक वर्षमा शून्य दशमलब शून्य ४ प्रतिशतबाट बढेर शून्य दशमलब १७ प्रतिशत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।