काठमाडाैं- विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेडरोस अधानोम घेब्रेयससले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओको आरोप खारेज गरेका छन्। चीनको कारण डा टेडरोस अधानोम घेब्रेयसस विश्व स्वास्थ्य संगठनको प्रमुख बनेका बताइएकाे थियाे। अमेरिकी विदेश मन्त्रालयले मंगलबार लन्डनमा उनी बारे याे टिप्पणी गरेकाे थियाे।
बिहीबार जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेडरोस भने, 'उनकाे भनाई गलत, अस्वीकार्य र आधारहीन छ। अहिले संगठनको ध्यान जनताको जीवन कसरी बचाउने भन्नेमा केन्द्रित छ। त्यस्ताे टिप्पणीले संगठनको बिचलित हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।