काठमाडाैं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारीको कारण फ्लोरिडामा हुने रिपब्लिकन पार्टीको सम्मेलन रद्द गरेका छन्। ट्रम्पले बिहीबार पत्रकारसँग सम्मेलन रद्द गर्नुको मुख्य उद्देश्य नै सुरक्षा रहेको बताएका छन्।
ट्रम्पले भने, ‘यो उपयुक्त समय होइन पार्टी सम्मेलनका लागि।’ उनले फरक स्वरुपमा सम्बोधन गर्ने बताए। अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेका छ। काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि चार रात चल्ने सम्मेलन रद्द भएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।