• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खेलाडीको सम्मान कि आफ्नो प्रचार? 

64x64
ऋग्वेद शर्मा बुधबार, साउन ७, २०७७  १४:००
1140x725

काठमाडौं- हुन त मानिस आफ्नै नामको भोको हो। तर नाम कमाउने भोकका लागि नाम कमाइसकेका अरुमाथिको विभेद जायज होला त? त्यसमा पनि अनवरत खेलकुदमा लागेर सफलता पाएका खेलाडीलाई ‘दर्जा छुट्टाएर’ सम्मान गर्दा उनीहरुमाथि के बित्दो हो? 

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा नै आयोजना भयो। जसमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित नेपालले २ सय ७ पदक जित्यो। सरकारको प्रमुख उपलब्धीमा परेको साग आयोजनामा यतिका पदकको प्रचार हुने नै भयो। त्यसमा नै जोडिए सम्मान गर्नेहरु। प्रमाणपत्र, माला, खादादेखि केही हजार रुपैयाँसम्म। 

खेल क्षेत्रको विकासमा र खेलाडीको मनोबल बढाउन यस्ता सम्मानको महत्व हुन्छ नै। तर सम्मान गर्नेहरुले खेलको वृहतम महत्व र खेलाडीको भावना नबुझिदिँदा उल्टो असर पनि परिरहेका छन्। सम्मानका नाममा अपमान र विभेदका श्रृंखला देखिएका छन्। 

यसैको पछिल्लो क्रममा जोडिएको छ नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभाग। झण्डै सात महिनाअघि मात्रै बनाइएको विभागले १३औं सागमा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने उद्घोष गर्‍यो। तर एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र। जसले विभेदमा अर्को क्रम थप्ने डर मात्र बढ्यो। 

स्वर्ण, रजत र कास्य जित्ने खेलाडीबीचको विभेदसँगै प्रशिक्षक र व्यवस्थापकमाथिको विभेद त भइरहेकै थिए, त्यसमा एक कदम अघि बढेर कांग्रेसले स्वर्ण पदककै बीचमा पनि विभेद ल्याइदियो। जसमा एकल स्पर्धामा एक स्वर्णलाई १० हजार, दुईलाई १५ हजार र ४ स्वर्णलाई २५ हजार रुपैयाँसहित सम्मान गर्न लागिएको छ।

‘गर्ने भनेपछि गर्ने भन्ने हाम्रो बानी हो। स्रोत साधन भएर सहयोग गरौँ भन्ने सोचेका होइनौँ, साथीभाइ मिलेर सम्मान गर्न लागेका हौँ। नगदबिना सम्मानपत्र दिएर पनि सबैलाई सम्मान गर्न त सकिन्थ्यो तर त्यसले खेलाडीको कोठामा चाङ बढाउने मात्र हो, कुनै मद्धत हुँदैन’, विभाग प्रमुख मोहनबहादुर बस्नेत भन्छन्, ‘खेल क्षेत्रको मेहनत हामीले बुझेका छौँ। सरकारको प्राथमिकतामा खेल क्षेत्र कहिल्यै परेको छैन। अहिले हामीले गर्न लागेको काम प्रोत्साहनका लागि हो, विस्तारै अरुलाई पनि गर्दै जान्छौँ।’ 

लकडाउनअघि नै खेलाडीको सम्मानको सोच आफूहरुले बनाएर अघि बढेको नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागका प्रमुख बस्नेत बताउँछन्। सयौँको संख्यामा खेलाडीलाई सम्मान गर्दा अहिले कोरोनाको जोखिमका बेला दुरी पनि कायम नहुने भएकाले पनि सबैलाई सम्मान गर्न नसकेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

साग सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता खेलाडीहरुलाई बालुवाटार बोलाइ पुरस्कार रकमको घोषणा गरेका थिए। जसमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख तथा टिममा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कास्यलाई २ लाख साथै एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँ पुरस्कार दिने बताएका थिए। अहिले पुरस्कार रकम खेलाडीको खातामा गइसकेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। 

सरकारले पदकको उपलब्धीमा खेलाडीलाई केही सहयोग हुनुका साथै सम्मान र हौसला मिलोस् भनेर गरेको काम राम्रो हुँदै हो। तर त्यससँगै लहर र लहडका रुपमा भइरहेको कतिपय कार्यक्रमले भने खेल क्षेत्रलाई नै गिज्याइरहेको छ। 

गएको हप्ता नेपालगञ्ज उपमहानगरपालिकाले सातौँ नगरसभाको अवसरमा आफ्नो क्षेत्रबाट सागमा स्वर्ण जित्ने खेलाडीलाई सम्मान गर्ने कार्यक्रम गर्‍यो। त्यहीँ भारोत्तोलनमा ऐतिहासिक स्वर्ण जितेकी सञ्जु चौधरीको भने अपमान हुनपुग्यो। त्यसैले उनले भनिन्- ‘खेलाडीको स्वाभिमान हुँदैन र? खेलाडीलाई पैसा चाहिएको होइन, स्वाभिमान चाहिएको हो।’

सञ्जुमाथिको व्यवहार एउटा उदाहरण मात्र हो। खेलाडीले यसरी चित्त दुखाएको घटनाहरु अरु पनि छन्। आफ्नो मेहनतको मूल्यांकन नभएको र उल्टो हेपिएको महसुस हुने गरी गरिएका सम्मानले सम्मान गर्नेकै उद्देश्य पनि मेल खाएको छैन। 

‘खेलाडीको मेहनतमाथि विभेद पक्कै भएको हो। त्यसले समग्रमा अरु खेलाडीलाई असर पर्छ नै। खेललाई बुझेर, खेलाडीको प्रोत्साहन बढाउनुपर्छ भनेर सम्मान गरेको भए गर्नेले सबैलाई सम्झिन्थ्यो होला, तर आफूले आफैलाई हाइलाइट गर्न सम्मान भन्दै कार्यक्रम भएका छन्’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ भन्छन्, ‘राज्यले गर्दा यस्तो गरेन भनेर हामीले कुरा उठाउने ठाउँ हुन्थ्यो। अब विभिन्न निकायहरुले आफ्नो सोचमा सम्मान कार्यक्रम गरिरहँदा उनीहरुको स्वइच्छामा केही भन्न मिलेन। तर सबैलाई सम्मान गरिदिएको भए हुन्थ्यो भन्न लाग्छ।’ 

सम्मान गर्दा खर्च पनि कम हुने र आफूले देखाउन खोजेको कुरा पनि देखिने सोचमा त्यस्तो भइरहेको अनुमान दीपक गर्छन्। उनी अघि भन्छन्- ‘दोस्रो हुने खेलाडी एकदमै झिनो अन्तरले हारिरहेको हुन सक्छ। स्वर्ण पदकबाट अलिकतिले चुकेको खेलाडी अहिले सम्मान पाउने बेला पनि अलिकतिले चुक्न पुग्छ। आफूले आफूलाई हत्तेरीका भन्दै धिकार्छ। यो एकदमै नराम्रो परिपाटी हामीकहाँ आएको छ। खेललाई बुझेर सम्मान गरेको भन्दिन म।’ 

गएको हप्ता नै प्रदेश १ सरकारले सागमा पदक जित्ने आफ्नो प्रदेशका ८८ जना खेलाडीलाई ८० लाख रुपैयाँ खर्च गरेर सम्मान गर्‍यो। तर त्यहीँ १९ जना प्रशिक्षक र पाँच जना टोली व्यवस्थापक भने आफूहरुको अबमूल्यन भएको भन्दै दुःखी भए। 

कार्यक्रमपछि राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक रहेका हरि खड्काले देखिने गरी नै असन्तुष्टी व्यक्त गरे- ‘प्रदेशले खेलाडीहरुलाई नगदसहित सम्मान गरेकोमा खेलाडीलाई बधाई अनि प्रदेश प्रमुख लगायत सबैलाई धन्यबाद तर प्रशिक्षक अनि व्यवस्थापकको भूमिका के? यदि भूमिका छैन भने भन्नुपर्‍यो।’

‘नेपालमा बसेर काम गर्ने चाहे त्यो प्रशिक्षक होस् चाहे व्यवस्थापक सबैको भूमिका महत्वपूर्ण हुन्छ र सबैले समान आफ्नो मूल्यांकन होस् भनेर काम गरेका हुन्छन्। मुख्यमन्त्री ज्यूलाई उहाँको जिम्मेवारी, उत्तरदायित्व र योगदानको कदर नभएको हो कि भन्ने मलाई लागेको छ’, उनी भन्छन्, ‘म गलत हुँला तर नेपालमा बसेर काम गर्ने प्रशिक्षक होस् या ब्यवस्थापक सबै सम्मानका भोका हुन्छन्। त्यसैले यसतर्फ ध्यानआकर्षण होस् भन्ने चाहन्छु।’ 

प्रदेश १ मा मात्र होइन खेलाडीबाहेक अन्य भूमिकामा त सबैले नदेखे जस्तो नै गरिरहेका छन्। त्यसमा खुलेर प्रश्न सोध्ने केही मात्र हुन्। प्रदेश १ मा पुरस्कार शीर्षकमा छुट्याइएको रकम कम भएकाले सबैलाई समेट्न नसकेको प्रदेश १ सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखाको भनाइ छ। 

राखेप कर्मचारी संघले त विज्ञप्ती नै निकालेर खेलाडीको मात्र होइन प्रशिक्षकको पनि सम्मान गर्न अनुरोध नै गर्‍यो। खेलाडीको पदकमा प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने हुँदा उनीहरुको अवमूल्यन गर्न नहुने संघका अध्यक्ष रञ्जन थापाले जनाएका छन्। 

अहिले साग खेलकुद पछाडि देखिएको सम्मानका कार्यक्रम र लहडमा लाग्नेहरुले खेल क्षेत्र बुझेर र राखेपसँग समन्वय गरेर काम नगरेकाले पनि यस्तो भइरहेको खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी बताउँछन्। 

‘पक्कै पनि यस्ता काम लोकप्रियताका लागि नै हो। प्रदेश र स्थानीय तहको विषयमा भने बजेट पनि विनियोजन भइसकेको हुँदा र असार मसान्तमा सकाउनुपर्ने हुँदा हतार हतारमा गरिरहेका छन्। त्यसमा सबै नबुझी काम भइरहेको छ। तयारी केही पनि छैन’, सुवेदी भन्छन्, ‘आफ्नो लोकप्रियता हेर्दा त्यसले खेलाडीको मनोविज्ञानमा नै असर गर्छ। अझ चित्त दुख्ने कुरा प्रशिक्षकमाथिको वेवास्ता पनि हो। त्यो राम्रो कुरा होइन।’ 

हुन त साग सकिएको पनि सात महिना भन्दा बढी भइसक्यो। कोरोना माहामारीका कारण रोकिएको खेल क्षेत्र कसरी अगाडि बढ्छ र पुरानै लयमा फर्कन्छ भन्ने यकिन छैन। यस्तोमा खेलाडीको मनोबल र हौसला बढाउने काम आवश्यक पनि छ। तर पुरानै उपलब्धीमा खुसी भइरहने हो या अगाडिको पाइला पनि बढाउने हो त? 

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्