• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक खेलाडीको अपमान

64x64
ऋग्वेद शर्मा बुधबार, असार ३१, २०७७  १२:३७
1140x725

काठमाडौं-  खेल क्षेत्रमा लाग्न सञ्जु चौधरीले ठूलो मेहनत गरिन्। परिवारको साथ बेगर पनि क्रिकेट, दौड, लङजम्प हुँदै भारोत्तोलनसम्मको यात्रा तय गरिन्। भारोत्तोलनमा सागको ऐतिहासिक स्वर्णले नै उनको खेल जीवनको सफलता चुलियो। 

क्रिकेटदेखि भारोत्तोलनसम्म पुग्नुको सञ्जुको एउटै मूल कथा हो- खेलप्रेम। तर अहिले त्यही खेलप्रेम र अन्तर्राष्ट्रिय स्वर्णका कारण उनी अनावश्यक रुपमा अपमानित हुनुपरेको छ। 

१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन महिला ५९ केजी तौल समूहमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्। जुन नेपाली महिला खेलाडीले सागमा भारोत्तोलनमा जितेको पहिलो स्वर्ण हो। त्यसले उनको चर्चा चुलियो। 

नेपालले १३औँ सागमा जितेको ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित कुल २ सय ७ पदकमा सञ्जुको भारोत्तोलन पदक उचो बनिरहेको थियो। हुन त खेलाडीको मेहनतको कथा सधैँ पदकसँग मात्र जोडिँदैन तर पनि पदकले हौसलाको एउटा शिखर भने दिन्छ नै। 

नेपालगञ्ज धम्बोझीमा सञ्जुले सानैदेखि बाबाको गाली खाँदै पनि खुब खेलिन्। एकचित्त भएर। ‘खेलेर पनि केही हुन्छ?’ भन्ने बुबाको सोच र कहिलेकाहिँ त्यही वाक्य प्रश्न बनेर आउने निषेधको त्यसबेला सञ्जुसँग जवाफ थिएन। त्यसैले लुकेर भए पनि खेल्न निस्कन्थिन्। 

त्यस्तै मेहनतका कारण सागको ऐतिहासिक स्वर्णपछि पहिले गाली गरिरहने बुबाले पनि भनेका थिए- ‘छोरी तिमीले नाम उच्च राख्यौ, सधैँ हामी तिमीसँगै हुन्छौँ। सधैँ राम्रो गर्नु।’ 

सञ्जुको खेलले उनको बुबाको ‘खेलेर पनि केही हुन्छ’ भन्ने प्रश्नको जवाफ दिएको थियो। उनले बनाएका कीर्तिमान र जितेका उपाधिहरुले ‘खेलेर केही हुने रहेछ’ भन्ने देखाएको थियो। तर भविष्य फेरि त्यस्तै प्रश्नले फेरिएला या जवाफ नबोलिकनै दिन सकिएला, त्यो त सञ्जुलाई पनि थाहा छैन। अरु नेपाली खेलाडीलाई जस्तै। अहिले उनीमाथि भएको व्यवहारले उनलाई डर छ- ‘अब नयाँ पुस्ता खेलमा लाग्छु भन्दा यस्तो देखेर उनीहरुको परिवारले खेल्न देलान्?’ 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबार सातौँ नगरसभाको अवसर पारेर खेलाडीको सम्मान गर्ने कार्यक्रम तय गरेको थियो। सम्मान कार्यक्रम हुने दुई घन्टाअघि सञ्जुले उपमहानगरपालिकाका कर्मचारीले टेलिफोन गरेर भने- ‘तपाइँको सम्मान हुँदैछ साढे १ बजेसम्म यहाँ आइपुग्नु होला।’ 

काठमाडौंमा रहेकी सञ्जु दुई घन्टामा नेपालगञ्ज पुग्न सम्भव थिएन नै। त्यसैले उनले आफू उपस्थित हुन नसक्ने जनाइन्। परिवारका सदस्यलाई पठाए पनि हुन्छ भन्ने जवाफपछि सञ्जुले घरमा फोन गरेर बुबा ममिलाई भनेकी थिइन्। छोरीले सम्मान पाउने विषयमा बुबा ममि खुसी नहुने कुरै भएन। त्यसैले भनेकै समयमा उनका बुबा कार्यक्रममा पुगे। तर आवश्यक प्रमाण नभएको भन्दै खाली हात फर्काइयो। सम्मान लिन गएका बुबा निराश भएर फर्किए।

त्यस्तो खबर सुनेर त्यसभन्दा बढी निराश भइन् सञ्जु। त्यसरी अपमानित हुनुपर्दा बुबाको मनमा के बित्यो होला उनले सोच्नसम्म सकिनन्। त्यसैले मंगलबार त उनले बुबासँग टेलिफोनमा कुराकानी गर्नसम्म सकिनन्। दिनभर पिरोलिइरहिन्। बुधबार बिहान मात्र उनको बुबासँग कुराकानी हुन पायो। जे भयो त्यसमा सञ्जुको कुनै गल्ती थिएन।

राष्ट्रको शीर उचो बनाउने गरी जितेको अन्तर्राष्ट्रिय स्वर्ण कुनै प्रमाणको आवश्यकता पर्ने विषय थिएन। अरु आवश्यक कागजात सम्मानपछि पनि मिलाउन सकिन्थ्यो नै। सरकारले नै पदक विजेता खेलाडीहरुको नगदसहित सम्मान गरिसकेको छ। स्थानीय स्तरमा खेलाडीहरुको सम्मानका कार्यक्रम साग सकिएपछि नै ठाउँ ठाउँमा भइरहेका छन्। तर सम्मान गर्ने भनेर अपमान गरिएको यस्तो घटना भने पहिलो हो। 

यसैले अपमानले पिरोलिएकी सञ्जुले प्रश्न गरेकी छिन्- ‘खेलाडीको स्वाभिमान हुँदैन र? खेलाडीलाई पैसा चाहिएको होइन, स्वाभिमान चाहिएको हो।’ 

सञ्जुले सागमा मात्रै होइन त्यसअघि २०७३ मै ‘युथ एण्ड जुनियर एसियन च्याम्पियनसिप’ को स्वर्णदेखि दक्षिण कोरिया, उज्वेकिस्तान, थाइल्याण्ड जस्ता स्थानमा गएर पनि नेपालको नाम उचो राखेकी छिन्। सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाउँदा पनि सञ्जुको चर्चा खुब थियो। 

खेलमा एकछत्र लागिरहन एक खेलाडीले धेरै कुरासँग जुध्नुपर्ने हुन्छ। त्यसमाथि सम्मानको नाममा हुने यस्ता अपमानको सामना गर्नुपर्दा खेलाडीको इच्छाशक्तिमा नै असर परिदिन्छ। कार्यक्रमबारे ढिलो जानकारी दिने र उल्टो सम्मान लिन बोलाएर वडाको सिफारिस र प्रमाण खोज्दा कसरी होला त? 

‘कम्तिमा दुई, तीन दिनअघि जानकारी आएको भए पनि हो भन्न हुन्थ्यो। कार्यक्रम सुरु हुने बेला जानकारी दिने अनि यसो भएन उसो भएन भन्दा त कसरी हुन्छ र?’, सञ्जु भन्छिन्, ‘म सानैदेखि त्यही पढेँ त्यहिँ हुर्किएँ। आफ्नै ठाउँमा त्यस्तो हुँदा साह्रै चित्त दुःखेको छ।’ 

अहिले यसै पनि कोरोना जोखिमका कारण खेलाडीहरु अभ्यासस्थलसम्म पुग्न सकेका छैनन्। यो समय उनीहरुलाई सबैभन्दा धेरै हौसलाको खाँचो परिरहेको छ। अब मैदान फर्कँदा पुरानै लय नरहला भन्ने चिन्ताले पनि उत्ति नै सताइरहेको छ। आफ्नो खेललाई कसरी सुधार गर्ने र पुरानो शैली कायम राख्ने भन्ने चुनौती छँदैछ। यस्तोमा खेलाडीको मनोबल गिराउने काम अत्ति नै नराम्रो हो। 

सञ्जुले पाएको उपलब्धी नेपालगञ्जको मात्र होइन। न त उनको परिवारका लागि मात्र गर्वको विषय हो। त्यसले राष्ट्रकै शान बढाउन पसिना बगेको हो। खेल क्षेत्रमा लागेर असुरक्षित भविष्य देख्दादेख्दै पनि मेहनत गरिरहेका सञ्जु जस्ता खेलाडीको आश ठूलो पनि होइन। उनले सम्मानका लागि खेलेकी पनि होइनन्, तर कम्तिमा सम्मानका नाममा अपमान भने नहोस्।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्ट र दुई नयाँ रंगमा बिहीबार, असोज १, २०८३
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको भेटवार्ता बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्