• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कोभिड-१९ का कारण तारे होटल  संकटमा, लगानीसमेत जोखिममा

64x64
उत्तम काप्री मंगलबार, साउन ६, २०७७  १०:४६
1140x725

काठमाडौं-कोरोना महामारीले पर्यटन क्षेत्र ठप्प भएसँगै होटल व्यवसायमा भएका लगानीसमेत जोखिममा परेका छन्। पर्यटक आगमन ह्वात्तै बढ्ने आशा गर्दै  पछिल्ला वर्षमा नेपालको आतिथ्य सेवामा ठूलो लगानी थपिएको थियो। कोरोनाका कारण यो लगानी संकटमा परेको हो। 

कोभिड-१९ को सन्त्रास बढेसँगै देशभर सञ्चालनमा रहेका तारे होटलको अकुपेन्सी घट्दो थियो। कोरोनाको संक्रमण चीन, युरोप, अमेरिका हुँदै छिमेकी राष्ट्र भारतमा समेत सुरु भएपछि सरकारले नेपाल आउने पर्यटन भिसामा प्रतिबन्ध लगाएको थियो। त्यससँगै तारे होटलको व्यापार शून्यजस्तै भएको छ।

सरकारले चैत ११ गतेबाट लकडाउन जारी गरेपछि सबै तारे होटल बन्द भए। ती सबै अहिलेसम्म बन्द नै छन्। होटल सञ्चालकहरुले असोजसम्म बन्द गर्दै कर्मचारीलाई समेत तलब कटौती गर्ने निर्णय गरिसकेका छन्।

होटल व्यवसायीले कर्मचारीलाई अप्रिल १३ देखि डिसेम्बरसम्म न्यूनतम ४३ सयदेखि १० हजार रूपैयाँसम्म तलब दिन गरी मजदूरसँग सहमति गरिसकेका छन्।

यस्ता छन् व्यवसायी र मजदूरबीच भएका सहमति 

  • डिलक्स पाँचतारे (दुई सयभन्दा माथि कोठा भएको) होटल तथा सोहीस्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले मासिक दश हजार रुपैयाँ पाउने।
  • दुई सय कोठाभन्दा कम भएको पाँचतारे होटल तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले मासिक ९ हजार रुपैयाँ पाउने।
  • सय कोठाभन्दा बढी भएको चार तारे होटल तथा सोहीस्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले मासिक ८ हजार ४ सय ५५ रुपैयाँ पाउने।
  • सय कोठाभन्दा कम भएको चार तारे होटल तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले मासिक ८ हजार रुपैयाँ पाउने।
  • तीन तारे तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले  मासिक ५ हजार रुपैयाँ पाउने।
  • दुई तारे तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले मासिक ४ हजार ३ सय रुपैयाँ पाउने।
  • एक तारे र पर्यटकस्तरीयको होटल तथा रिसोर्टहरूले आपसी समझदारीमा तलब दिने। 

होटल सञ्चालन गर्नका लागि आवश्यकताबमोजिम व्यवस्थापनले चक्रीयप्रणाली अनुसार आलोपालो गरी काममा लगाइएका श्रमिक–कर्मचारीहरुलाई साविक अनुसार पारिश्रमिक भुक्तान गर्ने सहमति भएको छ। सम्झौतामा भनिएको छ, ‘नबोलाइएका र काममा नलगाइएका काम, कर्मचारीहरुलाई यसै सम्झौतामा उल्लेख गरिए बमोजिमको रकम पाउने छन्।’

लकडाउनको अवस्था रहेसम्म प्रत्येक महिना २ दिन र लकडाउन खुलेपछि प्रत्येक ३० दिन काममा नबोलाएमा ४ दिनका दरले यो सम्झौताको अवधिभरि हुन आउने सञ्चित बिदाबाट कट्टा गर्ने विषयमा समेत सहमति भएको छ। सम्झौता अवधिभित्र स्वेच्छिक अवकाश लिन चाहने, स्वेच्छाले राजीनामा दिई सेवाबाट अलग हुन चाहने र उमेर हदका कारण अवकाश पाउने वा अन्य अवस्थामा श्रमिक, कर्मचारीको सेवा अन्त्य हुँदा लकडाउन अगाडि खाइपाई आएको सुविधा दिई सेवा अन्त्य गर्नसमेत पाइने सम्झौतामा उल्लेख छ।

कुनै श्रमिक वा कर्मचारीले उल्लेखित सम्झौता अवधिभर रकम प्राप्त गरी सम्झौता अवधि समाप्त भएपछि एक महिना अगावै सूचना नदिई तुरुन्तै कामबाट अलग हुन चाहेमा यो सम्झौता अनुसार निजले बुझिलिएको रकम प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शीर्षकको रकमबाट कट्टी नहुने समेत सम्झौतामा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

होटलको संख्या बढ्दो

सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै तारे र पर्यटकीय होटेलमा ३ हजार १ सय ४३ वटा बेड थपिएका छन्। नेपालमा सन् २०१८ मा तारे होटेलको संख्या कुल १२९ रहेकोमा २०१९ मा यो बढेर १३८ पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। भ्रमण वर्षलाई लक्षित गरी व्यवसायीले लगानी बढाएका थिए। त्यसैको प्रतिफलस्वरुप सन् २०१९ मा धेरै होटेल बनेका हुन्। सन् २०१८ मा पर्यटकस्तरीय होटेलको संख्या ११२५ रहेकोमा सन् २०१९ मा बढेर ११ सय ५१ पुगेको छ। यसरी एक वर्ष अवधिमा थपिएका होटेलमा कुल ३ हजारभन्दा बढी बेड भएका छन्। 

यसअघि सन् २०१८ मा बेड संख्या ४० हजार ८ सय ५६ रहेको थियो। होटेलमा दैनिक औसत ५० प्रतिशत कोठा भरिदाँमात्र सञ्चालन खर्च उठ्ने उठछ। तर, नेपालका होटेलले फागुनपछि नै पाहुना पाएका छैनन्।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालको होटेल उद्योगमा पछिल्लो समय करिब ८१ अर्बको नयाँ लगानी आएको छ। केही समय अगाडि नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययन अनुसार नयाँ आएका २ सय ७१ वटा होटेलमा मात्र ८१ अर्ब ३ करोड रुपैयाँको लगानी देखिएको थियो। यो रकम बोर्डले होटेलले सर्वेमा उपलब्ध गराएको विवरणका आधारमा निकालेको हो। भ्रमण वर्षलाई लक्षित गरी १ खर्बभन्दा माथिको नयाँ लगानी आएको व्यवसायीहरु बताउँछन्। त्यसमध्ये कतिपय होटेल अहिले पनि निर्माणाधीन छन्। जसको काम कोरोना महामारीसँगै रोकिएको छ। 

व्यवसायीहरुका अनुसार अहिले होटेलले मात्र करिब १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान छ। 

कस्तो छ अवस्था?

नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको एक प्रमुख स्थान रहेको छ। हालसम्म नेपालमा तारेस्तरका १३८ र पर्यटकस्तरका १ हजार १५१  गरी जम्मा १ हजार २ सय ८९ होटल छन्। ती  होटलहरुमा रहेको बेड संख्या ४४ हजारभन्दा बढी छ। 

नेपाल होटल संघबाट प्राप्त तथ्यांकअनुसार नेपालमा यस व्यवसायमा करिब १४ खर्ब ३० अर्ब लगानी छ। होटल व्यवसायमा विभिन्न वाणिज्य बैंकहरुको ऋण लगानी १३ अर्ब ८७ करोड छ भने  होटलले तिर्ने मासिक ब्याज ५४ करोड ४४ लाख रहेको छ।

यस व्यवसायमा कार्यरत मजदूरको मासिक रुपमा तलब सुविधा वापत ८५ करोड २२ लाख खर्च हुने गरेको तथ्यांक छ। नेपालमा घरबहालमा लिएर सञ्चालित भएका होटलहरूले मासिक रूपमा १९ करोड ५७ लाख घरभाडा तिर्ने गरेका छन्। 

नेपालका होटलहरूको सन् २०१९ मा अकुपेन्सी ७५ प्रतिशत (पहिलो ८ महिनामा ७२ प्रतिशत, पछिल्लो ४ महिनामा ८० प्रतिशत) थियो। यस्तो अकुपेन्सी सन् २०१९ को जनवरीमा ५८ प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्चमा ८२ प्रतिशत थियो। सन् २०२० को अवस्था हेर्दा जनवरीमा ५० प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्च १५ सम्म २० प्रतिशतमात्र रहेको थियो। होटल क्षेत्रअहिले पूर्ण रुपमा बन्द छ। 

निर्माणाधीन दर्जनौ ठूला होटलको लगानी जोखिममा

कोभिड–१९ का कारण सञ्चालनमा रहेका होटलहरुमा १ खर्ब लगानी जोखिममा रहेको आँकलन भइरहेका बेला निर्माणाधीन होटलहरु अझै समस्यामा पर्ने अवस्था देखिएको छ। 

निर्माणका चरणमा पाँचतारे, चारतारेसहित डिलक्स रिसोर्टहरु सन् २०२० लाई केन्द्रित गरेर लगानी भएका थिए। अधिकांश होटलहरु सन् २०२१ को सुरुवात र सन् २०२० को मध्यसम्म ल्याउने तयारीमा थिए। नयाँ होटलहरुमा बैंकहरुको लगानी नै ४० अर्बभन्दा बढी रहेको छ। 

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै निजी क्षेत्रलाई लगानी गर्न दुई वर्षअगाडि नै आह्वान गरेको थियो। सोही अनुसार साना र ठूला लगानीकर्ताले होटल क्षेत्रमा लगानी गरेका थिए। काठमाडौंसहित पोखरा, चितवन, भैरहवा, विराटनगर, नेपालगञ्ज क्षेत्रमा समेत सयौको संख्यामा होटलहरु निर्माणका चरणमा रहेका छन्। काठमाडौंमा अन्तिम चरणमा रहेको हायात प्यालेस गत अप्रिल महिनाबाटै सञ्चालनमा ल्याउने योजना थियो। तर कोभिड–१९ को असरबाट आगामी अक्टोबरसम्मका लागि लम्बिएको छ। 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा उद्योग विभागमा ४६ वटा होटल तथा रेष्टुराँ दर्ता भएका छन्। दर्ता भएका होटलको कुल लगानी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। यी होटलले कुल १९ सय ९३ जनालाई रोजगारी दिने उल्लेख गरेका छन्। दर्ता भएका होटलमध्ये ६ वटा ठूला आकार छन्, मझौला ३० वटा र साना १० वटा रहेका छन्।  कुल होटलमध्ये ३८ वटा होटल शतप्रतिशत विदेशी लगानीका छन्।

होटल क्षेत्रमा अहिलेको बजार मूल्यअनुसार १० खर्ब लगानी रहेको अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको आठ महिनासम्ममा होटलमा बैकिङ क्षेत्रको लगानी (कर्जा प्रवाह) १ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलव १ प्रतिशत अर्थात् १५ अर्ब ६५ करोड १६ लाख रुपैयाँले बढी हो। 

यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलव १ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०७५/७६सम्म होटलमा बैंकको लगानी ९१ अर्ब ३० करोड रुपैयाँ थियो। जुन आव २०७४/७५को भन्दा ३५ दशमलब १ प्रतिशत अर्थात् २३ अर्ब ७१ करोडले बढी भएको राष्ट्र बैंकको तथ्यांक छ।

होटलहरुमा बैंकको १ खर्ब लगानी 

सन् २०२१ सम्म पर्यटक आगमन नहुने भएपछि होटलहरुको ९० प्रतिशत आम्दानी गुम्ने भएको छ। आम्दानी गुमेपछि कर्मचारी व्यवस्थापन र अन्य खर्च कटौती गर्न नसके धेरै होटलहरु बन्द गर्नुपर्ने अवस्था आउसक्ने चेतावनी व्यवसायीले दिएका छन्। होटलमा बैंकहरुले गरेको लगानीसमेत जोखिममा पर्न सक्ने देखिएको छ।

चालु आर्थिक वर्षको आठ महिनासम्ममा होटलमा बैकिङ क्षेत्रको लगानी (कर्जा प्रवाह) १ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलव १ प्रतिशत अर्थात् १५ अर्ब ६५ करोड १६ लाख रुपैयाँले बढी हो। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलब १ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०७५/७६ सम्म होटलमा बैंकको लगानी ९१ अर्ब ३० करोड रुपैयाँ थियो। जुन आव २०७४/७५को भन्दा ३५ दशमलव १ प्रतिशत अर्थात २३ अर्ब ७१ करोडले बढी भएको राष्ट्र बैंकको तथ्यांक छ।

साढे ११ अर्बका ४६ होटल दर्ता,  सञ्चालनमा आउलान्?

चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योग विभागमा ४६ वटा होटल तथा रेष्टुँरा दर्ता भएका छन्। दर्ता भएका होटलको कुल लगानी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। यी होटलले कुल १९ सय ९३ जनालाई रोजगारी दिने उल्लेख गरेका छन्। दर्ता भएका होटलमध्ये ६ वटा ठूला आकार छन्, मझौला ३० वटा र साना १० वटा रहेका छन्। कुल होटलमध्ये ३८ वटा होटल शतप्रतिशत विदेशी लगानीका छन्।

पूर्ण रुपमा रिभाईभ हुन २ वर्ष लाग्छ

शशिकान्त अग्रवाल, सञ्चालक, मारियट होटल 

कोरोना महामारीले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो। यसमा पनि एयरलाईन्स, होटललगायत क्षेत्रमा धेरै क्षति भएको छ। अझ लामो समय यी क्षेत्रहरु प्रभावित हुने भएकाले क्षतिको यकिन गर्न सकिदैन। यी क्षेत्रहरु पूर्णरुपमा रिभाईभ हुन २ वर्ष लाग्ने छ।

विश्वव्यापी कोरोना महामारी पूर्णरुपमा नियन्त्रण तथा रोकथाम नभएसम्म पर्यटन आगमन हुने छैन। यसले गर्दा होटल क्षेत्र अझ धेरै समय प्रभावित भइरहने छ। हामीलाई बैंकको ऋण तथा ब्याज तिर्नसमेत समस्या छ। 

(नेपाल आर्थिक पत्रकार समाज सेजनकाे सहयाेगमा)

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्