• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन ८, २०८२ Fri, Feb 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कोभिड-१९ का कारण तारे होटल  संकटमा, लगानीसमेत जोखिममा

64x64
उत्तम काप्री मंगलबार, साउन ६, २०७७  १०:४६
1140x725

काठमाडौं-कोरोना महामारीले पर्यटन क्षेत्र ठप्प भएसँगै होटल व्यवसायमा भएका लगानीसमेत जोखिममा परेका छन्। पर्यटक आगमन ह्वात्तै बढ्ने आशा गर्दै  पछिल्ला वर्षमा नेपालको आतिथ्य सेवामा ठूलो लगानी थपिएको थियो। कोरोनाका कारण यो लगानी संकटमा परेको हो। 

कोभिड-१९ को सन्त्रास बढेसँगै देशभर सञ्चालनमा रहेका तारे होटलको अकुपेन्सी घट्दो थियो। कोरोनाको संक्रमण चीन, युरोप, अमेरिका हुँदै छिमेकी राष्ट्र भारतमा समेत सुरु भएपछि सरकारले नेपाल आउने पर्यटन भिसामा प्रतिबन्ध लगाएको थियो। त्यससँगै तारे होटलको व्यापार शून्यजस्तै भएको छ।

सरकारले चैत ११ गतेबाट लकडाउन जारी गरेपछि सबै तारे होटल बन्द भए। ती सबै अहिलेसम्म बन्द नै छन्। होटल सञ्चालकहरुले असोजसम्म बन्द गर्दै कर्मचारीलाई समेत तलब कटौती गर्ने निर्णय गरिसकेका छन्।

होटल व्यवसायीले कर्मचारीलाई अप्रिल १३ देखि डिसेम्बरसम्म न्यूनतम ४३ सयदेखि १० हजार रूपैयाँसम्म तलब दिन गरी मजदूरसँग सहमति गरिसकेका छन्।

यस्ता छन् व्यवसायी र मजदूरबीच भएका सहमति 

  • डिलक्स पाँचतारे (दुई सयभन्दा माथि कोठा भएको) होटल तथा सोहीस्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले मासिक दश हजार रुपैयाँ पाउने।
  • दुई सय कोठाभन्दा कम भएको पाँचतारे होटल तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले मासिक ९ हजार रुपैयाँ पाउने।
  • सय कोठाभन्दा बढी भएको चार तारे होटल तथा सोहीस्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले मासिक ८ हजार ४ सय ५५ रुपैयाँ पाउने।
  • सय कोठाभन्दा कम भएको चार तारे होटल तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले मासिक ८ हजार रुपैयाँ पाउने।
  • तीन तारे तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले  मासिक ५ हजार रुपैयाँ पाउने।
  • दुई तारे तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले मासिक ४ हजार ३ सय रुपैयाँ पाउने।
  • एक तारे र पर्यटकस्तरीयको होटल तथा रिसोर्टहरूले आपसी समझदारीमा तलब दिने। 

होटल सञ्चालन गर्नका लागि आवश्यकताबमोजिम व्यवस्थापनले चक्रीयप्रणाली अनुसार आलोपालो गरी काममा लगाइएका श्रमिक–कर्मचारीहरुलाई साविक अनुसार पारिश्रमिक भुक्तान गर्ने सहमति भएको छ। सम्झौतामा भनिएको छ, ‘नबोलाइएका र काममा नलगाइएका काम, कर्मचारीहरुलाई यसै सम्झौतामा उल्लेख गरिए बमोजिमको रकम पाउने छन्।’

लकडाउनको अवस्था रहेसम्म प्रत्येक महिना २ दिन र लकडाउन खुलेपछि प्रत्येक ३० दिन काममा नबोलाएमा ४ दिनका दरले यो सम्झौताको अवधिभरि हुन आउने सञ्चित बिदाबाट कट्टा गर्ने विषयमा समेत सहमति भएको छ। सम्झौता अवधिभित्र स्वेच्छिक अवकाश लिन चाहने, स्वेच्छाले राजीनामा दिई सेवाबाट अलग हुन चाहने र उमेर हदका कारण अवकाश पाउने वा अन्य अवस्थामा श्रमिक, कर्मचारीको सेवा अन्त्य हुँदा लकडाउन अगाडि खाइपाई आएको सुविधा दिई सेवा अन्त्य गर्नसमेत पाइने सम्झौतामा उल्लेख छ।

कुनै श्रमिक वा कर्मचारीले उल्लेखित सम्झौता अवधिभर रकम प्राप्त गरी सम्झौता अवधि समाप्त भएपछि एक महिना अगावै सूचना नदिई तुरुन्तै कामबाट अलग हुन चाहेमा यो सम्झौता अनुसार निजले बुझिलिएको रकम प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शीर्षकको रकमबाट कट्टी नहुने समेत सम्झौतामा उल्लेख छ।

Ncell 2
Ncell 2

होटलको संख्या बढ्दो

सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै तारे र पर्यटकीय होटेलमा ३ हजार १ सय ४३ वटा बेड थपिएका छन्। नेपालमा सन् २०१८ मा तारे होटेलको संख्या कुल १२९ रहेकोमा २०१९ मा यो बढेर १३८ पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। भ्रमण वर्षलाई लक्षित गरी व्यवसायीले लगानी बढाएका थिए। त्यसैको प्रतिफलस्वरुप सन् २०१९ मा धेरै होटेल बनेका हुन्। सन् २०१८ मा पर्यटकस्तरीय होटेलको संख्या ११२५ रहेकोमा सन् २०१९ मा बढेर ११ सय ५१ पुगेको छ। यसरी एक वर्ष अवधिमा थपिएका होटेलमा कुल ३ हजारभन्दा बढी बेड भएका छन्। 

यसअघि सन् २०१८ मा बेड संख्या ४० हजार ८ सय ५६ रहेको थियो। होटेलमा दैनिक औसत ५० प्रतिशत कोठा भरिदाँमात्र सञ्चालन खर्च उठ्ने उठछ। तर, नेपालका होटेलले फागुनपछि नै पाहुना पाएका छैनन्।  

नेपालको होटेल उद्योगमा पछिल्लो समय करिब ८१ अर्बको नयाँ लगानी आएको छ। केही समय अगाडि नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययन अनुसार नयाँ आएका २ सय ७१ वटा होटेलमा मात्र ८१ अर्ब ३ करोड रुपैयाँको लगानी देखिएको थियो। यो रकम बोर्डले होटेलले सर्वेमा उपलब्ध गराएको विवरणका आधारमा निकालेको हो। भ्रमण वर्षलाई लक्षित गरी १ खर्बभन्दा माथिको नयाँ लगानी आएको व्यवसायीहरु बताउँछन्। त्यसमध्ये कतिपय होटेल अहिले पनि निर्माणाधीन छन्। जसको काम कोरोना महामारीसँगै रोकिएको छ। 

व्यवसायीहरुका अनुसार अहिले होटेलले मात्र करिब १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान छ। 

कस्तो छ अवस्था?

नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको एक प्रमुख स्थान रहेको छ। हालसम्म नेपालमा तारेस्तरका १३८ र पर्यटकस्तरका १ हजार १५१  गरी जम्मा १ हजार २ सय ८९ होटल छन्। ती  होटलहरुमा रहेको बेड संख्या ४४ हजारभन्दा बढी छ। 

नेपाल होटल संघबाट प्राप्त तथ्यांकअनुसार नेपालमा यस व्यवसायमा करिब १४ खर्ब ३० अर्ब लगानी छ। होटल व्यवसायमा विभिन्न वाणिज्य बैंकहरुको ऋण लगानी १३ अर्ब ८७ करोड छ भने  होटलले तिर्ने मासिक ब्याज ५४ करोड ४४ लाख रहेको छ।

यस व्यवसायमा कार्यरत मजदूरको मासिक रुपमा तलब सुविधा वापत ८५ करोड २२ लाख खर्च हुने गरेको तथ्यांक छ। नेपालमा घरबहालमा लिएर सञ्चालित भएका होटलहरूले मासिक रूपमा १९ करोड ५७ लाख घरभाडा तिर्ने गरेका छन्। 

नेपालका होटलहरूको सन् २०१९ मा अकुपेन्सी ७५ प्रतिशत (पहिलो ८ महिनामा ७२ प्रतिशत, पछिल्लो ४ महिनामा ८० प्रतिशत) थियो। यस्तो अकुपेन्सी सन् २०१९ को जनवरीमा ५८ प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्चमा ८२ प्रतिशत थियो। सन् २०२० को अवस्था हेर्दा जनवरीमा ५० प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्च १५ सम्म २० प्रतिशतमात्र रहेको थियो। होटल क्षेत्रअहिले पूर्ण रुपमा बन्द छ। 

निर्माणाधीन दर्जनौ ठूला होटलको लगानी जोखिममा

कोभिड–१९ का कारण सञ्चालनमा रहेका होटलहरुमा १ खर्ब लगानी जोखिममा रहेको आँकलन भइरहेका बेला निर्माणाधीन होटलहरु अझै समस्यामा पर्ने अवस्था देखिएको छ। 

निर्माणका चरणमा पाँचतारे, चारतारेसहित डिलक्स रिसोर्टहरु सन् २०२० लाई केन्द्रित गरेर लगानी भएका थिए। अधिकांश होटलहरु सन् २०२१ को सुरुवात र सन् २०२० को मध्यसम्म ल्याउने तयारीमा थिए। नयाँ होटलहरुमा बैंकहरुको लगानी नै ४० अर्बभन्दा बढी रहेको छ। 

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै निजी क्षेत्रलाई लगानी गर्न दुई वर्षअगाडि नै आह्वान गरेको थियो। सोही अनुसार साना र ठूला लगानीकर्ताले होटल क्षेत्रमा लगानी गरेका थिए। काठमाडौंसहित पोखरा, चितवन, भैरहवा, विराटनगर, नेपालगञ्ज क्षेत्रमा समेत सयौको संख्यामा होटलहरु निर्माणका चरणमा रहेका छन्। काठमाडौंमा अन्तिम चरणमा रहेको हायात प्यालेस गत अप्रिल महिनाबाटै सञ्चालनमा ल्याउने योजना थियो। तर कोभिड–१९ को असरबाट आगामी अक्टोबरसम्मका लागि लम्बिएको छ। 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा उद्योग विभागमा ४६ वटा होटल तथा रेष्टुराँ दर्ता भएका छन्। दर्ता भएका होटलको कुल लगानी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। यी होटलले कुल १९ सय ९३ जनालाई रोजगारी दिने उल्लेख गरेका छन्। दर्ता भएका होटलमध्ये ६ वटा ठूला आकार छन्, मझौला ३० वटा र साना १० वटा रहेका छन्।  कुल होटलमध्ये ३८ वटा होटल शतप्रतिशत विदेशी लगानीका छन्।

होटल क्षेत्रमा अहिलेको बजार मूल्यअनुसार १० खर्ब लगानी रहेको अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको आठ महिनासम्ममा होटलमा बैकिङ क्षेत्रको लगानी (कर्जा प्रवाह) १ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलव १ प्रतिशत अर्थात् १५ अर्ब ६५ करोड १६ लाख रुपैयाँले बढी हो। 

यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलव १ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०७५/७६सम्म होटलमा बैंकको लगानी ९१ अर्ब ३० करोड रुपैयाँ थियो। जुन आव २०७४/७५को भन्दा ३५ दशमलब १ प्रतिशत अर्थात् २३ अर्ब ७१ करोडले बढी भएको राष्ट्र बैंकको तथ्यांक छ।

होटलहरुमा बैंकको १ खर्ब लगानी 

सन् २०२१ सम्म पर्यटक आगमन नहुने भएपछि होटलहरुको ९० प्रतिशत आम्दानी गुम्ने भएको छ। आम्दानी गुमेपछि कर्मचारी व्यवस्थापन र अन्य खर्च कटौती गर्न नसके धेरै होटलहरु बन्द गर्नुपर्ने अवस्था आउसक्ने चेतावनी व्यवसायीले दिएका छन्। होटलमा बैंकहरुले गरेको लगानीसमेत जोखिममा पर्न सक्ने देखिएको छ।

चालु आर्थिक वर्षको आठ महिनासम्ममा होटलमा बैकिङ क्षेत्रको लगानी (कर्जा प्रवाह) १ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलव १ प्रतिशत अर्थात् १५ अर्ब ६५ करोड १६ लाख रुपैयाँले बढी हो। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलब १ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०७५/७६ सम्म होटलमा बैंकको लगानी ९१ अर्ब ३० करोड रुपैयाँ थियो। जुन आव २०७४/७५को भन्दा ३५ दशमलव १ प्रतिशत अर्थात २३ अर्ब ७१ करोडले बढी भएको राष्ट्र बैंकको तथ्यांक छ।

साढे ११ अर्बका ४६ होटल दर्ता,  सञ्चालनमा आउलान्?

चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योग विभागमा ४६ वटा होटल तथा रेष्टुँरा दर्ता भएका छन्। दर्ता भएका होटलको कुल लगानी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। यी होटलले कुल १९ सय ९३ जनालाई रोजगारी दिने उल्लेख गरेका छन्। दर्ता भएका होटलमध्ये ६ वटा ठूला आकार छन्, मझौला ३० वटा र साना १० वटा रहेका छन्। कुल होटलमध्ये ३८ वटा होटल शतप्रतिशत विदेशी लगानीका छन्।

पूर्ण रुपमा रिभाईभ हुन २ वर्ष लाग्छ

शशिकान्त अग्रवाल, सञ्चालक, मारियट होटल 

कोरोना महामारीले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो। यसमा पनि एयरलाईन्स, होटललगायत क्षेत्रमा धेरै क्षति भएको छ। अझ लामो समय यी क्षेत्रहरु प्रभावित हुने भएकाले क्षतिको यकिन गर्न सकिदैन। यी क्षेत्रहरु पूर्णरुपमा रिभाईभ हुन २ वर्ष लाग्ने छ।

विश्वव्यापी कोरोना महामारी पूर्णरुपमा नियन्त्रण तथा रोकथाम नभएसम्म पर्यटन आगमन हुने छैन। यसले गर्दा होटल क्षेत्र अझ धेरै समय प्रभावित भइरहने छ। हामीलाई बैंकको ऋण तथा ब्याज तिर्नसमेत समस्या छ। 

(नेपाल आर्थिक पत्रकार समाज सेजनकाे सहयाेगमा)

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्री खनालको प्रतिबद्धता शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा शुक्रबार, फागुन ८, २०८२
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित बिहीबार, फागुन ७, २०८२
एमाले रसुवाका पूर्वअध्यक्षसहित झन्डै १०० कार्यकर्ता काँग्रेसमा प्रवेश बिहीबार, फागुन ७, २०८२
सुनको मूल्य बढ्यो बिहीबार, फागुन ७, २०८२
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको १८० दिने कार्ययोजना : ‘बंगलादेश फस्ट’ विदेश नीतिको घोषणा बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्