काठमाडौं- नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। आइतबार तुलनामा सोमबार प्रतितोला २ सय रुपैयाँले घटेको हाे। आइतबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि २ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आइतबार ९२ हजार ६५ रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य सोमबार ९१ हजार ८ सय ६५ रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको छ। आइतबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १ हजार रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।