काठमाडौं- आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आइतबारका लागि तेजावी सुनको मूल्य ९२ हजार ६५ रुपैयाँ तोकिएको छ। शुक्रबार तेजावी सुन ९१ हजार ७ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
चाँदीको मूल्य समेत १० रुपैयाँ प्रतितोला वृद्धि भएको छ। शुक्रबार ९ सय ९५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आइतबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।