काठमाडौं-बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुन नसकेको खर्च सिधै कोरोना कोषमा जम्मा गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् उक्त व्यवस्था गरेको हो। बैंकहरुले नाफाको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था छ।
राष्ट्र बैंकले यस्तो खर्चको व्यवस्थापनका लागि भएकाे नीतिगत व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ। अर्थमन्त्रीले अघोषित रुपमा यस अगाडि नै वाणिज्य बैंकलाई कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा जम्मा गर्न निर्देशन दिएको थियो।
सरकारले वाणिज्य बैंकहरुबाट थप पैसा तान्न नीतिगत व्यवस्था नै गरेको हो। यस अगाडि पनि राष्ट्र बैंकले कोरोना कोषमा जम्मा गरेको पैसा सामाजिक उत्तरदायित्व अन्तर्गत हुने व्यवस्था गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।