काठमाडौं-आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले मुद्रास्फीति ७ प्रतिशतभित्र सीमित गर्ने व्यवस्था गरेको छ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिँदै आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुर्ने गरि तरलता व्यवस्थापन गरिने जनाएका छन्। मौद्रिक नीतिले ऋणीको कर्जा पुनर्तालिकिकरण, पुनर्कर्जा तथा रिस्ट्रक्चरिङको व्यवस्था गरेको छ।
अधिकारीले सबैभन्दा धेरै ऋणीलाई सहुलियत दिने गरि नीतिगत व्यवस्था गरिएको जनाएका छन्। तत्कालका लागि बैकहरुको नाफा घटे पनि बैकहरुले प्रवाह गर्ने कर्जाको सीमालाई बढाइएको छ।
यस्तो छ चालु आर्थिक वर्षको मौद्रिक नीति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।