काठमाडौं-भारतबाहेक तेस्रो देशबाट सामान आयात गर्दा ड्राफ्ट र टिटीमा हुने भुक्तानीका लागि उपलब्ध हुने विदेशी मुद्रा सटहीको सुविधा बढाएको छ। अहिले ३० हजार डलर सटही सुविधा पाउने व्यवस्था रहेकोमा त्यसलाई ३५ हजार अमेरिकी डलर पुर्याइएको छ।
नेपाल राष्ट्र बैंकले साइट एलसीमार्फत् औद्योगिक कच्चा पदार्थ र मेसिनरी सरसामान आयात गर्दा वाणिज्य बैंकहरूले परिवर्त्य विदेशी मुद्रामा प्रवाह गर्ने ऋणको ब्याजदरसम्बन्धी व्यवस्था परिवर्तन गर्ने भएको छ।
आयात व्यापारमा आवश्यक पर्ने बिमा र ढुवानीसम्बन्धी सेवाहरू सम्भव भएसम्म नेपाली सेवा प्रदायकबाट लिनुपर्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ। डकुमेन्ट्स अगेन्स्ट पेमेन्ट र डकुमेन्ट अगेन्स्ट एसेप्टेन्ससम्बन्धी व्यवस्थाबमोजिम आयात गर्दा प्रदान गरिने सटही सीमा ५० हजार अमेरिकी डलर कायम गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।