काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिबारे निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएका छन्।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मौद्रिक नीतिले व्यवसायीको क्षेत्रलाई सम्बोधन गर्न खोजेकाे बताइन्।
‘प्रारम्भिक रुपमा भन्दा मौद्रिक नीतिले व्यवसायी क्षेत्रलाई प्रोत्साहन दिन खोजेको बुझेको छु,’ उनले भनिन्, ‘विस्तृत विषय अध्ययनपछि महासघंले संस्थागत रुपमा नै आफ्नो धारण सार्वजनिक गर्नेछ।’
कर्जा निक्षेप अनुपातको विषय पनि व्यवसायीले भनेअनुसार नै रहेको र कर्जाको संरचनाको विषयमा पनि सम्बोधन भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।