काठमाडौं-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत् वाणिज्य बैंकले ऋणपत्र जारी गर्ने समय २ वर्ष थप गरेको छ।
वाणिज्य बैंकहरुले २०७७ असार सम्ममा चुक्ता पुँजीको कम्तीमा २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नुपर्ने समयावधि २०७९ असारसम्म कायम गरिएको हो।
ऋणपत्र जारी गर्नका लागि अब वाणिज्य बैंकले २ वर्ष थप समय पाएका छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।