काठमाडौं-नेपाल राष्ट्र बैंकले चालु आर्थिक आर्थिक वर्ष २०७७/७८ का लागि बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने नगद लाभांशमा क्याप लगाएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाको वितरणयोग्य मुनाफाको ३० प्रतिशतमात्रै नगद लाभांश घोषणा गर्न पाइने र ५ प्रतिशतभन्दा कम मुनाफा कमाउने बैंक तथा वित्तीय संस्थाले नगद लाभांश दिन नपाउने व्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त सबै बैंक वित्तीयले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म उक्त संस्थाको २०७७ असार मसान्तसम्म कायम निक्षेपको भारित औसत ब्याजदरभन्दा भन्दा बढी नहुने गरी मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरिएको छ।
त्यस्तै कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम खुद वितरणयोग्य नाफा भएका संस्थाहरुको नगद लाभांश वितरणमा रोक लगाउने पनि राष्ट्र बैंकले व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।