काठमाडौं-नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लाइसेन्स रोकेको छ। दर्ताको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थालाई समेत अनुमति नदिइने घोषणा चालु वर्षको मौद्रिक नीतिमार्फत् गरिएको छ।
यसैगरी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ। लघुवित्त संस्थाले ०.५ प्रतिशतभन्दा धेरै सेवा शुल्क लिन नपाउने व्यवस्था पनि नयाँ मौद्रिक नीतिमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।