काठमाडौं-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकले कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा ५० प्रतिशतले बढाएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि क्षेत्रका लागि वाणिज्य बैंकले २०८० असार मसान्तसम्म कुल कर्जा लगानी न्यूनतम १५ प्रतिशत गर्ने व्यवस्था गरिएको बताए।
त्यस्तै मौद्रिक नीतिमार्फत कृषि कर्जा गणना विधिमा पनि परिमार्जन गरिएको छ।
फलफूलमा आत्मनिर्भर हुने गरी गरिएको व्यवसायिक खेतीमा आँप सुन्तला, मौसम, जुनार, किवि, ड्रागन फ्रुट, कागती, लिची एभोकाडोजस्ता फलफूल खेतीका लागि लिईएको कर्जामा पहिलो वर्ष शून्य दशमलव २ प्रतिशत, दोस्रोवर्ष शून्य दशमलव ६ प्रतिशतमात्र कर्जा नोक्सानी कायम गरिनुपर्ने व्यवस्था गरिएको छ।
रेसम, कपास र जुटलगायत कपडासँग सम्बन्धित वस्तुको उद्योगसँगको सम्बन्ध स्थापित गर्न यी क्षेत्रमा प्रवाह हुने कृषि कर्जाको नोक्सानीमा पनि लचकता अपनाउने नीति राष्ट्र बैंकले लिएको छ। त्यस्तै राष्ट्र बैंकले कृषि, उर्जा, पर्यटनलगायत प्राथमिकतामा प्राप्त क्षेत्रमा वाणिज्य बैंकबाट प्रबाह हुने कर्जाको अनिवार्य सीमाको दर हेरफेर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।