काठमाडौं–सेयर धितोकर्जाको सीमा बढाइएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् मार्जिन ल्याण्डिङको सुविधा ५ प्रतिशतले बढाएको हो।
कर्जा सुरक्षण मूल्य अनुपात विद्यमान ६५ प्रतिशतबाट ७० प्रतिशत पु¥याइएको छ। सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्य मूल्यांकन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्य वा प्रचलित मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्थालाई परिवर्तन गरि १२० दिन कायम गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।