काठमाडौं-नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ७ प्रतिशतभित्र मूल्यवृद्धि कायम गरिने लक्ष्यसहित मौद्रिक नीति ल्याएको छ।
गत आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक वृद्धिदरको मूल्यवृद्धि हुने अनुमान गरिएकोमा यसपटक ०.५ प्रतिशत विन्दूले बढ्ने राष्ट्र बैंकले अनुमान गरेको हो।
केन्द्रीय बैंकले आर्थिक पुनरोत्थानका कार्यक्रमबाट थप आर्थिक कृयाकलाप बढ्ने र त्यसले मूल्यवृद्धिको चाप बढाउन सक्ने अनुमान गरेको छ। केन्द्रीय बैंकले आर्थिक विकास, रोजगारी सिर्जनामा वित्तीय क्षेत्रको परिचालन गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ।
गभर्नर महाप्रसाद अधिकारीले आउँदो वर्षका लागि अनिवार्य नगद अनुपातको यथावत राखिएको बताएका छन्। यसैगरी वैधानिक तरलता अनुपात यथावत् राखिएको छ भने बैंक दर पनि यथावत् गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।